चलचित्र र मोडलिङको क्षेत्रमा देखिएको खुलापन र नग्नता


उत्तेजक र कामुक दृश्यका लागि पहिले नै मानसिक रूपमा तयार भएर आउनु हिजोआज सामान्य कुरा भएको छ भने कतिपय नवआगन्तुक र नवस्थापितसमेत घुमाउरो ढंगले शारीरिक सम्झौताको कुराका लागि समेत तयार देखिएका छन्  ।चलचित्र वा मोडलिङक्षेत्रमा टिक्नका लागि हिजोआज हट सिन र हट पोजयुक्त ग्ल्यामर अत्यावश्यक पक्षबराबर भएको छ । ग्ल्यामर अर्थात् छोटा वा पारदर्शी कपडा, उत्तेजक पहिरन, यौनोत्तेजक हाउभाउ । हिजोआज यस्तै परिभाषा बनेको छ,नेपाली चलचित्र र मोडलिङक्षेत्रमा ग्ल्यामरको । झरनाका उत्तेजक पोज र हाउभाउको चर्चा अहिले पनि सेलाएको छैन । एउटा कमिज र अन्डर गार्मेन्ट -भित्री वस्त्र) को भरमा आइटम सङमा प्रस्तुत भएकी उनले त्यसमा यति धेरै उत्तेजक हाउभाउ दिइन् कि हेर्नेहरू नै हायलकायल भए । त्यो हायलकायलको आवाज उनीसम्म पुगेपछि उनले भन्नुपर्‍यो कि त्यो फिल्म नेपाली दर्शकका लागि बनाएको होइन । त्यसैले ती सिन दिएकी हुँ ।’

हिजोआज चलचित्र तथा मोडलिङक्षेत्रमा नायिका तथा सुन्दरीहरू शुरूमै ग्ल्यामर सिन र पोज पस्कनका लागि मानसिक रूपमा तयार भएर आउने गर्छन् । फिल्मका लागि कुरा हुन पाएको छैन,साँझमै फोन गरेर केही नवप्रवेशी र नवस्थापितहरूले निर्माता वा निर्देशकलाई फोन गरेर म जस्तो रोल पनि गर्न तयार छु, जति खुल्न पनि तयार छु’ भन्ने गरिएको भेटिएको छ । अझ कसैकसैले त म फिल्म खेल्नका लागि तपाईंले भनेको जे पनि मान्न तयार छु बरु साइन कहिले गर्ने हो’भन्ने गरेको पनि पाइएको छ । उत्तेजक र कामुक दृश्यका लागि पहिले नै मानसिक रूपमा तयार भएर आउनु हिजोआज सामान्य कुरा भएको छ भने कतिपय नवआगन्तुक र नवस्थापितसमेत घुमाउरो ढंगले शारीरिक सम्झौताको कुराका लागि समेत तयार देखिएका छन्  ।यहाँनिरचाहिँ चर्चा गर्न खोजिएको खास गरी चलचित्र र मोडलिङको क्षेत्रमा देखिएको खुलापन र नग्नताको हो । नायिका र मोडलहरू हिजोआज आफना प्रस्तुतिहरूमा यसरी खुला भएर प्रस्तुत हुन थालेका छन् कि लाग्छ- यी क्षेत्रमा अभिनयक्षमताले मात्र टिक्न कठिन छ । हलिउड, बलिउड र तेलिउड मात्र होइन, अब कलिउडमा पनि कामुक र ग्ल्यामर दृश्य पहिलो र अनिवार्य र्सतसरह भइसकेको छ । त्यसैले त प्रत्येकजसो नायिकाले कुनै न कुनै फिल्मलाई यस्तो दृश्यले हट बनाइदिएका छन् ।

थोरै ग्ल्यामर दृश्यकै भरमा समेत हंगामा हुने यही नेपाली चलचित्रकै क्षेत्रमा हिजोआज हरप्रकारका कामुक र ग्ल्यामर दृश्य फेसन र अनिवार्य पक्षसरह भएको छ । टङकिस, लिप्सकिसदेखि लिएर नग्न यौनदृश्यसम्मले नेपाली चलचित्रको स्वरूपमा परिवर्तनको आभास दिन थालेको छ । एउटा जमाना थियो, करिस्मा मानन्धरले सन्तानमा उज्ज्वल घिमिरेसँग र विजय-पराजयमा रूपा रानाले सरोज खनालसँग दिएको बेडसिनलाई लिएर हंगामा भएको थियो । चलचित्र कस्तुरीमा करिस्माले नै त्यसका नायक अजयशेखरलाई पटकपटक चुम्बनदृश्य दिए पनि त्यसले दर्शक तताउन सकेन भने चलचित्र महादेवीमा भुवन केसी र करिस्मा मानन्धरबीच उत्तेजक चुम्बनदृश्य लिने क्रममा करिस्माले बबाल मचाइन् । मनकामनामा सरोज खनाल र करिस्माले दिएको अधरचुम्बनलाई सेन्सरले काटेन, फिल्म हेर्नेहरूले ज्रिब्रो टोके । चलचित्र झझल्कोमा नायिका कृष्टि मैनालीलाई अर्धनग्न रूपमा प्रस्तुत गरिए पनि फिल्मलाई त्यसबाट लाभ हुन सकेन । चलचित्र सम्पत्तिमा अर्जुन श्रेष्ठ र मौसमीले रोमान्सको गरमागरम दृश्य दिए पनि त्यसले फाइदा भएन । कसममा बिना बुढाथोकीले राजेश हमालका साथ समुद्रमा उत्तेजक पोज दिएकै भरमा नाक खुम्च्याउने र कुरा काट्नेहरू प्रशस्त भए, त्यो दृश्य देखेर गृहिणीहरू फिल्म हेर्ने हलमा जानै डराए ।

तर अब समय बदलिएको हो या सोच, नेपाली चलचित्रका नायिकाहरू धमाधम कोभन्दा को कम भन्ने शैलीमा कामुक र हट सिन दिइरहेका छन् । मिस नेपालबाट नायिका बनेकी झरना वज्राचार्यले बलिउडमा टर््राई मार्ने क्रममा एउटा फिल्म भेट्टाइन्, जसमा उनको भागमा एक-दुर्इ छोटामोटा सिन र एउटा यौनोत्तेजक आइटम सङ मात्र परेको थियो । केही वर्षगाडि प्रदर्शनमा आएको लभ इन नेपाल नाम राखिए पनि बलिउडले बनाएको त्यो हिन्दी फिल्म बरु फलप भयो तर झरनाका उत्तेजक पोज र हाउभाउको चर्चा अहिले पनि सेलाएको छैन । एउटा कमिज र अन्डर गार्मेन्ट -भित्री वस्त्र)को भरमा आइटम सङमा प्रस्तुत भएकी उनले त्यसमा यति धेरै उत्तेजक हाउभाउ दिइन् कि हर्ेर्नेहरू नै हायलकायल भए । त्यो हायलकायलको आवाज उनीसम्म पुगेपछि उनले भन्नुपर्‍यो कि ँत्यो फिल्म नेपाली दर्शकका लागि बनाएको होइन । त्यसैले ती सिन दिएकी हुँ ।’ केही वर्षभत्रै नेपाली चलचित्रक्षेत्रमा ग्ल्यामरको बाढी यति धेरै उर्लिसकेको छ कि लाग्छ-हिजोआज त ग्ल्यामर दृश्यबिना फिल्म बनाउनु नै बेकार छ । झरनाले पन्छिनका लागि हिजोका दिनमा लभ इन नेपालका लागि आफूले सोनु निगमका साथ दिएको उत्तेजक सिन ँनेपाली दर्शकका लागि होइन’भन्नुपरेजस्तो आजका नायिकाले भन्नुपरेको छैन । गालामा ओठ जोडेको सिन देखिँदा ज्रि्रो टोक्नेहरू अहिले चलचित्र सिलसिलामा राज तिमल्सिना र सोनिया केसीले दिएको अधरचुम्बनका दृश्यमा ताली पिट्न

थालेका छन् । चलचित्र मनकामनामा शिव श्रेष्ठ र करिस्मा मानन्धरले दिएको चुम्बनदृश्य देखेर सत्तोसराप गर्नेहरू अहिले द युगदेखि युगसम्ममा राजेश हमाल र नन्दिता केसीबीचको टङकिस हेरेर रोमाञ्चित हुन्छन् । नेपाली चलचित्रमा कामुक दृश्य यतिखेर यस्तो जादूको छडी बनेको छ कि यसो दुइ शब्द खोल्नासाथ सायदै कसैले यसका लागि अस्वीकार गर्छ । चलचित्र द युगदेखि युगसम्मकै उदाहरण लिऊँ न,त्यसमा लिप्सकिसको कुरा हुनासाथ शुरूमा नन्दिताले नाइँ भनेकी थिइन् । तर जब निर्माता-निर्देशकले एकमुख लाएर यो सिनले त्रि्रो पब्लिसिटी’ हुन्छ भनेर उचाले, उनी त्यो सट दिन खुसीखुसी राजी भइन् । दर्जनौं फिल्म खेलिसके पनि अहिलेसम्म दर्शकमाझ राम्ररी चिन्न नसकिएका बेला वास्तवमै उनलाई फलप भए पनि यो चलचित्रले दर्शकसामु चिनाइदियो । बरु उमेर ढल्कँदै गएका बेला दिएको यस्तो सटले नायक हमाललाई भने न केही फाइदा गरायो न त केही नोक्सानी नै । एउटा गाईजात्रे कार्यक्रममा नृत्य गर्ने क्रममा लगाएको कपडा ग्ल्यामर भयो भनेर कमेन्ट गरेकै कारण आक्रोशित सुजाता सिटौलाले चलचित्र पलपलमा अब केही बाँकी छ त’भन्ने शैलीमा दिलीप रायमाझीसँग सनसनीपूर्ण हटसिन दिएकी छिन् । जमानामै नो सेक्स प्लिज लेखिएको टिर्सट लगाएका कारण विवाद चुलिएपछि दर्शकहरूसँग माफी माग्न बाध्य भएकी नायिका रूपा रानाले पनि सोही चलचित्रमा दिलीप रायमाझीसँगै अर्को हटसिन दिइन् ।

डिजे शिशिर सिङताङसँगको आफनो सेक्सभिडियो सार्वजनिक भएकै कारण उनैसँग बिहे गरेकी नायिका तथा मोडल पूजा लामाले ग्ल्यामर र हटभन्दा हट फिल्म बनाउन माहिर निर्देशक दीपक रायमाझीको लभस्टोरी २०६६ मा अर्जुन कार्कीसँग त्यत्तिकै गरमागरम हटसिन दिएकी छन् ।  चलचित्र मन परेपछिमा नवनायिका कल्पना शाहले नग्न दृश्य नै दिन सहमति जनाएकी छिन् तर त्यो दृश्यको सुटिङ हुन बाँकी छ ।चलचित्रमा ग्ल्यामर र कामुकता पस्कने मामलामा रेखा थापा सबैभन्दा अगाडि छिन् । जस्तोसुकै फिल्म होस् र कुनै पनि प्रकारको रोल, केही न केही बहानामा कुनै न कुनै मौका पारेर कामुकता र्छन उनी खप्पिस छिन् । भन्ने पनि गर्छिन्-नेपालमा ग्ल्यामरको क्रेज शुरू गरेकै मैले न हो । म ५० वर्षे उमेरसम्म पनि हट भएर देखिन चाहन्छु । छोटो कपडा लगाएकी छु तर भल्गारिटी त दिएकी छैन नि ।’

 नायिका ऋचा घिमिरे पनि रेखाभन्दा कम छैनन् । भलै उनले छोडिगए पाप लाग्लामा लिप्सकिस दिन मानिनन् तर र्फज र फैसलामा उनले भएभरको कामुकता पस्किदिइन् । त्यसको धेरै चर्चापरिचर्चा भएपछि उनले भनिन्- नेपाली चलचित्रमा लैंगिक विभेद छ । एउटै फिल्ममा मेरो पुरुष कलाकार -रमित ढुंगाना) ले दिएको सिन अश्लील नहुने, मैले दिएको सिन अश्लील हुने – यो लैंगिक विभेदको नमुना हो ।’

कुनै बेला चेतनाजस्तो चेतनामूलक सिरियलमा कर्ुता-सुरुवालमा शालीन बनेर चेतना र्छर्ने नायिका रेजिना उप्रेतीले हंगामामा पछाडिको पूरै शरीर पर््रदर्शन गरेर हंगामै खडा गरिदिइन् । अर्जुनदेवको आइटम सङमा पनि त्यतिकै कामुक रूपमा प्रस्तुत भएकी छिन् । कामुक र ग्ल्यामर सिन दिन नायिका अरुणिमा लम्साललाई पनि समस्या छैन । उनी निर्देशकले मागेजति ग्ल्यामर दृश्य दिन पनि तयार त हुन्छिन् नै,उनलाई आफनो फिल्ममा कहिल्यै नछुटाउने नरेश पौडेलको पर््रदर्शनोन्मुख दीपशिखामा त नायक नीरज बरालसँग लिप्सकिस नै दिएकी छिन् । सानो संसारपछि निर्देशक आलोक नेम्वाङद्धारा निर्देशित दोस्रो चलचित्र को मेरोमा नायिका झरना वज्राचार्यलाई सोभर भूमिकामा प्रस्तुत गरिएको छ भने सीधासाधा भूमिका गर्दै आएकी संचिता लुइँटेललाई ग्ल्यामर भूमिकामा पेश गरिएको छ ।विगतका हुन् या हालका,केहीलाई छोड्ने हो भने सबैजसो नायिकाका लागि ग्ल्यामर र कामुक दृश्य स्वीकार्य प्रस्तुति भएको छ । सबैजसोलाई लाग्छ-यस्तो दृश्यले दर्शक आकषिर्त हुन्छन् र फिल्म भरमार चल्छ । हिजोका कृष्टि मैनाली,करिस्मा मानन्धर, गौरी मल्ल, मौसमी मल्ल, बिना बुढाथोकी, पूजा चन्द, सारंगा श्रेष्ठ, बिपना थापा, मुना कार्कीदेखि अहिलेका रेखा थापा, अरुणिमा लम्साल, ऋचा घिमिरे, रञ्जना शर्मा, उषा पौडेल, रेजिना उप्रेती, सोनिया केसी, जेनिसा केसी, जिया केसी, सञ्जिता गुरुङजस्ता नायिकासम्मले ग्ल्यामर र कामुक दृश्यलाई स्वीकार गरेका छन् । यसमा पनि खास गरी पछिल्लो समयमा आएका नायिकाहरू त यस्ता दृश्यका लागि कत्ति पनि अप्ठ्यारो मान्दैनन् । उनीहरूको तर्क छ- ँग्ल्यामर र हट सिनले नै हो हामीलाई माथि उठाउने ।’देखिएको यो पनि छ कि शुरूशुरूमा ग्ल्यामर र कामुक दृश्यबाट चर्चा बटुल्ने र पछि गएर यस्तो दृश्य दिन अस्वीकार गर्ने । अनि देखिएको यो छ कि चलचित्रक्षेत्रमा माग घट्न थालेपछि जस्तोसुकै ग्ल्यामर र कामुक दृश्यका लागि पनि तयार हुने ।

चलचित्र मात्र होइन, ग्ल्यामर र उत्तेजक दृश्यको बाढी म्युजिकभिडियो, र्‍याम्प मोडलिङ र साइबर मोडलिङमा पनि पसेको छ । यस्तो लाग्छ- ग्ल्यामरबिना चलचित्र र मोडलिङक्षेत्रमा अगाडि बढ्नै सकिन्न । चाहे लोक तथा दोहोरी गीतकै म्युजिकभिडियो किन नहोस्,भिडियो मेकरहरू गीतको भावना र सर्न्दर्भसँगभन्दा पनि त्यसमा मोडलिङ गर्ने सुन्दरीहरूको विशेष अंगतिर क्यामरालाई फोकस गर्न लालायित देखिन्छन् । वेबसाइटहरूको फोटोमा त्यस्तै छ । हरेकजसो नवआगन्तुक सेसनमा खुलेका देखिन्छन् ।वेबसाइटमा सजिलै हर्ेन सकिने तिनै तस्वीर पत्रपत्रिकामा प्रकाशित हुँदा भने उनीहरू स्वयंको समेत सातो जाने गरेको पाइएको छ । त्यसैले त कतिपय मोडलहरू वेबसाइट सञ्चालकहरूसँग भनिरहेका हुन्छन्- त्यो फोटो त वेबसाइटमा राख्न पो दिएको त,पत्रपत्रिकामा छापिएर आउँदा हाम्रा बाबुआमाले हेरे भने झन तर फिल्म होस् या फोटोसेसन, सबैले सजिलैसँग हर्न सक्ने र हेर्दा केही फरक नहुने खालको हुनुपर्ने होइन र ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: