• nepalkuwait.com




  • photos

  • Advertise Here

कार्यवाहक लिन देउवा र कोइरालाको विवाद


                    नेपाल समाचारपत्र, (काठमाडौं), पार्टीसभापति कोइरालाको निधनपछि अबको नेतृत्व पार्टी वरिष्ठ नेता शेरबहादुर देउवाले गर्ने कि कावा सभापति सुशील कोइरालाले गर्ने भन्ने विषयमा भने विवाद देखिएको छ। पार्टीनेता देउवा पार्टीसभापति कोइरालाको निधनपछि आफू दोस्रो वरीयता क्रममा भएकाले अबको नेतृत्व आफूले गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने कावा सभापति कोइराला कावा सभापति भएकाले नेतृत्व आफूले लिन पाउनुपर्ने अडानमा हुनुहुन्छ। संसदीय दलका नेता रामचन्द्र पौडेल भने सामूहिक नेतृत्व भनेर बसिरहनुभएको छ, तर उहाँलाई संसदीय दलको नेतामा जिताउन कावा सभापति कोइरालाको भूमिका भएकाले उहाँले कोइरालालाई सहयोग गर्ने वातावरण बनेको छ।

नेतृत्वको विवादकै कारण मंगलबार कावा सभापति कोइरालाले आफ्नो निवासमा बोलाएको बैठकमा देउवा जानु भएन र यसै कारण बुधबारको बैठक संसदीय दलको बैठकमा बोलाइएको थियो।
नेतृत्वको विषयमा दुई नेताबीच विवाद भए पनि दुवै जनाले आपसमा बसेर यस विषयमा छलफल भने गरेका छैनन्।

बुधबारको बैठकवाट निस्कने क्रममा संवाददाताहरूको प्रश्नको जवाफ दिँदै वरिष्ठ नेता देउवाले पार्टीकीकरणको क्रममा आफू दोस्रो स्थानमा भएकाले सभापति कोइरालाको निधन भएपछि पहिलो स्थान आफ्नो हुने र कोइरालाको उत्तराधिकारी आफू हुने बताउनुभयो। ‘अब सोझै नेतृत्व ममा आइसक्यो, तपाईंहरू किन नेतृत्वको कुरा उठाउँदै हुनुहुन्छ ?’ -देउवाले प्रतिप्रश्न गर्नुभएको थियो।

उहाँले कांग्रेसलाई आफूले एकल नेतृत्व दिएर चलाउन सक्ने पनि बताउनुभयो। ‘मैले एउटा पार्टी(नेपाली कांग्रेस प्रजातान्त्रिक) चलाइसकेको छु नि’ – उहाँले आफ्नो अनुभवका ’boutमा पनि सुनाउनुभयो।

तर उहाँको भनाइलाई कावा सभापति कोइरालाले अस्वीकार गर्नुभयो। ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको, यसमा कोही पनि उत्तराधिकारी हुँदैन, सबै विषय प्रजातान्त्रिक ढंगले नै हल हुनेछ’ -कावा सभापति कोइरालाले भन्नुभयो।

पार्टीदाधिकारी र अन्य केन्द्रीय सदस्य भने पार्टीकल नेतृत्वको अभ्यास नभई सामूहिक रूपमा जानुपर्ने पक्षमा रहेका छन्।
‘पार्टींस्थागत र सामूहिक रूपमा नै जानुपर्छ भन्ने हाम्रो मान्यता हो’, प्रवक्ता केसीले भन्नुभयो- ‘यी विषयलाई चाँडो अधिवेशन गरेर टुंग्याउनुपर्छ।’

नेपाली कांग्रेसले शान्ति प्रक्रियाले अन्तिम पूर्णता नपाउँदासम्म संविधान जारी हुन नसक्ने निष्कर्षनिकालेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको पार्टीदाधिकारी र पार्टीको वार्ता कमिटीको संयुक्त बैठकले बाह्रबुदे सहमतिको कार्यान्वयन, माओवादीद्वारा कब्जा गरिएको सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैनिक संरचना भङ्ग, माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापना र हतियारको व्यवस्थापनलाई संविधानपूर्वका र्सतका रूपमा अगाडि सारेको छ।

पार्टीसभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि बसेको बैठकले पार्टीलाई शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व लिने गरी अगाडि बढाउने निर्णयपनि गरेको छ। ‘हामीले शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान निर्माण गर्ने विषयमा एमाले, माओवादी र मधेशवादी दलहरूसँग अविलम्ब वार्ता शुरू गर्ने निर्णयगरेका छौं’
-बैठकपछि पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले भन्नुभयो।

टिप्पणी छोड्नुहोस्