के हुँदै छ त ? नेपाली दूतावास कुवेतमा


सुजन के.सी.  कुवैत

२४ मार्च कुवेत ,कुवेत नगरीलाई कर्मथलो बनाएका नेपालीहरु निकै उत्साहित देखिन्छ । खुशी देखिन्छन । खुशी पनि किन नहुनु । बिना अभिभावक बर्षऔं बिताई सकेका  नेपालीहरुले अभिभावकको रुपमा नेपाली दूतावास पाएका छन । वेवस्थापनाको जिम्मा लिएर कुवेत पुग्नु भएका महामहिम राजादूत कुवेत पुगेको १०० दिन पछि स्थापना भएको  दूतावासले सेवा दिन थालेको २ दिन मात्र भएको छ । दूतावासले काम शुरु गरेको थाहा पाउँदै सर्व साधरणको मनमा खुल्दुली भएको छ । दूतावास कुन ठाउँमा छ ? के कस्ता कर्मचारी छन ? के कस्ता कामहरु भाई रखेका छन ?
दूतावास खुलेको पहिलो दिन देखि नै पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइराला लाई संवेदना श्रद्धाञ्जली संकलन पुस्तिका  राखेकोले विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धीजिवि दूतावास पुगेका थिए । श्रद्धाञ्जली संकलन पुस्तिकामा हस्ताक्षर गर्न विदेशी र नेपाली गरी २५० को हाराहारिमा  पुगेका थिए । NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग श्रद्धञ्जली अर्पण पश्चात महामहिमसँग भेटवार्ता गर्नु भएको थियो । तामाङ्गले कुवेतवासी नेपालीहरु दूतावासलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको कुरा बताउँदै तमाङ्गले NRNAलगएतका संघ संस्था दूतावाससँग हातेमालो गरेर जानु पर्ने बताउनु भयो । दूतावास पुग्नेहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष किरण पौडेल ,नयाँ नेपालका उपाध्यक्ष फुर्मान लामा ,चर्चका धर्म गुरु अगम सुब्बा समाजसेवी बुद्धिजिवि प्रेम शाह पत्रकार तोया दाहाल,राजन रिमाल पुग्नु भएको थियो । २ दिनमा दूतावासमा ५० भन्दा धेरै पीडितहरु न्याय माग्न पुगेका छन् । निवेदन पर्ने सबै जसो घरेलु कामदार छन् । युगपुरूष गिरिजा प्रसाद कोइरालाको शोकमा दूतावासमा राखिएको नेपाली झण्डा आधा झुकाइएको थियो ।   

2 Responses

  1. realy iam very happy to open nepali embassy of
    kuwait

  2. I’M GLAD THAT OUR EMBASSY STARTED THE WORK BEST OF LUCK .
    I BELIEVE THAT ALL NEPALESE WILL GET GREAT SUPPOORT FROM THE EMBASSY.

    THANKS,

    KRISHNA

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: