आज विश्व क्षयरोग दिवस


                     विश्व क्षयरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी बुधबार मनाइदैछ । ‘क्षयरोग विरुद्धको अभियानमा लागौं, नयाँ कार्यको थालनी गरौं’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाइदै छ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा दिवसको अवसरमा प्रभातफेरि, पर्चा वितरण, गोष्ठि, अन्तर्क्रिया लगायत कार्यक्रम आयोजना गरिएको छ । क्षयरोगको किटाणु पत्ता लागेको एक सय बर्ष पुगेको अबसरमा पहिलो पटक सन् १९८२ देखि विश्व क्षयरोग दिवस मनाउन सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका क्षयरोगीमध्ये ३४ प्रतिशत क्षयरोगी दक्षिण एसियामा छन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा ६७ हजार ५ सय ४६ क्षयरोगी छन् । पछिल्लो एक वर्षमा ३५ हजार ५ सय १२ जना क्षयरोगी केन्द्रमा दर्ता भएका छन् । नेपालका चार हजार दुई सय ३४ स्वास्थ्य संस्थामध्ये एक हजार एक सय दुई केन्द्र तथा तीन हजार उपकेन्द्रमार्फत् डट्स विधिबाट क्षयरोगीहरुको निःशुल्क उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: