सकियो बाघ अनुगमनको स्थलगत कार्य


सुरज कुमार भुजेल
चितवन ११ चैत्र
               चितवन राष्ट्रीय निकुाजमा दुई महिना अगाडी देखी शुरु भएको बाघ अनुगमनको कार्यक्षेत्रमा गरिने काम सकिएको छ । चितवन राष्टीय निकुंञ्ज राष्टीय प्रकृति संरक्षण कोष र राष्टीय निकुंञ्ज तथा बन्य जन्तु संरक्षण बिभागको आयोजनामा भएको बाघ अनुगमनको स्थलगत रुपमा गरिने काम सकिएको सौराहामा आयोजित कार्यक्रममा जानकारी दिईको हो । बाघ अनुगमनको अन्तिम नतिजा आउँन भने केही समय लाग्ने चितवन राष्टीय निकुंञ्जका प्रमुख संरक्षण अधिकृति डाक्टर नरेन्द्रमान बाबु प्रधानले जानकारी दिनुभयो । 
             बाघ अनुगमनमा सहभागि प्राविधिक तथा निकुञ्जका कर्मचारीले यसबर्ष चुरिया क्षेत्रमा समेत अनुगमन गरिएको र अघिल्लो बर्ष बाघको अनुगमन पछि बाघ मारिएको नपाइएकाले अघिल्लो बर्षको तुलनामा यस बर्ष बाघको संख्या बढी आउने बताएका छन् ।
सन् २००८मा गरिएको अनुगमनमा ९१ बयस्क बाघ चितवन राष्टीय निकुंञ्जमा रहेको तथ्याड्क सार्वजनिक गरिएको थियो । अघिल्लो बर्ष नसमेटिएको चुरिया क्षेत्रमा समेत यसबर्ष अनुगमन गरिएको र त्यो क्षेत्र समेत बाघको बास स्थानका लागि महत्वपुर्ण क्षेत्र रहेको पाईएको राष्टीय निकुंञ्ज तथा वन्य जन्तु संरक्षण विभाग उपसचिव झमक कार्कीले जानकारी दिनुभयो ।बाघ अनुगमनको कार्यक्षेत्रको कार्य शुरु हुनु अघि एक महिना सर्वेक्षण समेत भएको थियो ।अनुगमनमा चितवन राष्ट्रीय निकुंञ्ज विश्व बन्य जन्तुकोष राष्ट्रीय प्राकृति संरक्षण कोषका कर्मचारी प्राविधिक तथा विभिन्न संस्थाका स्वय सेवक र प्रशिक्षार्थीको समेत सहभागिता रहेको थियो ।
         विभिन्न स्थानमा क्यामरा जडान गरेर खिचिएका दृष्यको विश्लेषण गरि बाघको तथ्यांक निकालिने र आगामि असार महिनाको अन्त्य सम्ममा बाघको तथ्यांक सहित अनुगमनको सबै नतिजा सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुंञ्जका प्रमुख संरक्षण अधिकृत नरेन्द्रमानबाबु प्रधानले जानकारी दिनुभयो ।
बाघ गणना कार्यका लागि प्रत्यक्ष रुपमा ७९ जना प्राविधिक तथा कर्मचारीहरु खटिएका थिए । निकुंञ्ज भित्र रहेको नेपाली सेनाको ९ वटा पोष्ट र त्यहाँका ९ वटा हात्तीले बाघ अनुगमनमा सघाएको निकुंञ्जले जनाएको छ । तीन सय ११ जोर क्यामरा तिन चरणमा फरक फरक स्थानमा राखेर बाघको दृष्य खिचिएको बाघ अनुगमनमा खटिएका प्राविधिकहरुले बताएका छन् ।
          अनुगमनमा सहभागिहरुलाई आज सौराहामा आयोजित कार्यक्रममा प्रमाण पत्र बितरण गरिएको थियो ।स्थलगत कार्यको समापनका अवसरमा प्रमाण पत्र बितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय निकुंञ्ज तथा बन्य जन्तु विभागका उपसचिव झमक बहादुर कार्की क्षेत्रीय वन निर्देशनालय हेटौंडाका निर्देशक तुलसी भक्त प्रजापति चितवन राष्ट्रिय निकुंञ्जका प्रमुख संरक्षण अधिकृत नरेन्द्रमानबाबु प्रधान राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षणकेन्द्र सौराहका निमित्त आयोजना संयोजक रामकुमार अर्याल लगायतले बोल्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: