लियोनेल मेसीको लगातार दोस्रो हृयाटि्रक


             म्याडि्रड, चैत ९ गते । स्पेनी लिगमा लियोनेल मेसीको लगातार दोस्रो हृयाटि्रकको साथ पाएको बार्सिलोनाले आइतबार राति रियल जारागोजालाई सहजै ४-२ ले पराजित गरेको छ । जारागोजाविरुद्ध अर्को गोल स्विडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गरे ।
अर्जेन्टिनाका मेसीले बार्सिलोनालाई शीर्ष स्थानमा रहेको रियल म्याडि्रडसँगसँगै डोर्‍याउने काम एक्लैले गरिरहेका छन् । यस हप्तामात्र मेसीले आठ गोल गरेका छन् । बार्सिलोनाको पछिल्ला १४ गोलमध्ये एघारमा मेसीको नाम रहेको छ । बार्सिलोनाका लागि मेसीले पाँचौँपटक हृयाटि्रकको गौरव हासिल गरेका हुन् । गतहप्ता उनले भ्यालेन्सियाविरुद्ध पनि तीन गोल गरेका थिए भने च्याम्पियन्स लिगमा जर्मनीको स्टुटगार्टविरुद्ध दुई गोल गरेका थिए । मेसीकै प्रभावशाली खेलले बार्सिलोना स्टुटगार्टलाई सजिलै हराई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पनि पुगिसकेको छ ।

जारागोजाका प्रशिक्षक जोस अरिलियो गेले अन्यले जस्तै मेसीमात्र दुई टिमबीचको भिन्नता भएको प्रतिक्रिया दिएका छन् । हामीले असाधारण खेलाडीलाई रोक्न सकेनौँ, मैदानमा अझ परिस्कृत र तेज म्याराडोना पुनः खेलिरहेको भान भइरहेको थियो -प्रशिक्षक अरिलियो गेले बताए ।

भ्यालेन्सियाले पनि अल्मेरियालाई २-० ले हराएर च्याम्पियन्स लिगमा खेल्ने सम्भावना अझ बलियो पारेको छ । पछिल्ला तीन खेलमा जितविहीन बनेपछि भ्यालेन्सियाले तीन अङ्क हात पारेको हो । अर्को खेलमा रियल मायोर्काले घरेलु मैदानमा आप\mनो प्रभावशाली प्रदर्शन कायम राख्दै एट्लेटिको म्याडि्रडलाई ४-१ ले हराएको छ । यस नतिजासँगै मायोर्का चौथो स्थानमा उक्लेको छ । मायोर्का तेस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा चार अङ्कले पछाडि छ ।

इङ्ल्यान्ड

लन्डन । दक्षिण कोरियाली मिडफिल्डर पार्क जी सुङले निणर्ायक गोल गरेपछि म्यानचेस्टर युनाइटेड आइतबार राति लिभरपुललाई २-१ ले हराएर इङ्लिस पि्रमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सो दिन ब्ल्याकबर्नमा चेल्सी १-१ ले बराबरीमा रोकिएपछि पनि गतविजेता म्यानचेस्टर युनाइटेडलाई फाइदा पुग्यो ।

खेलको पाँचौँ मिनेटमा नै लिभरपुलका फर्नान्डो टोरेजको गोलले म्यानचेस्टर पछाडि परेको थियो तर वायने रुनीले पेनाल्टीमा गोल गरेपछि लिभरपुलको अग्रता सात मिनेटसम्म मात्र रहृयो । यस सत्रमा रुनीको यो ३३औँ गोल हो । त्यसपछि पार्कले खेलको ६०औँ मिनेटमा गोल गरी आप\mनो टिमलाई जिताए ।

म्यानचेस्टरले दोस्रो स्थानमा रहेको आर्सनलभन्दा दुई र तेस्रो स्थानमा रहेको चेल्सीभन्दा चार अङ्कले आप\mनो अग्रता फराकिलो पारेको छ । चेल्सीले डिडियर ड्रोग्बाको गोलले खेलको छैटौँ मिनेटमा नै अग्रता बनाएको थियो तर खेल सकिन २० मिनेट बाँकी छँदा अल हाजी डियोफले बराबरी गोल गरे ।

अर्को खेलमा म्यानचेस्टर सिटीले फुल्हमलाई २-१ ले हराएर आफूलाई पाँचौँ स्थानमा उभ्याएको छ । सिटीका लागि रोक सान्ता क्रुज र कार्लोस टेभेजले गोल गरे ।

इटाली

मिलान । नेपोलीसँग घरेलु मैदानमा १-१ ले बराबरीमा रोकिएर एसी मिलानले इटालीको सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेलको १३औँ मिनेटमा नेपोलीले हृयुगो काम्पाग्नारोको गोलबाट अग्रता बनाएको थियो । मिलानका लागि फिलिपो इन्जागीले २६औँ मिनेटमा गोल गरे । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले एक अङ्कले एसी मिलानलाई पछाडि पारेको छ । एएफपी

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: