नालीबेली ढिस्कानो र फलानोको


 भीम के. सी. ९९९२०७१२ कुवैत    

           मेरो एक जना हजुरबा पर्ने बुढाबाले भन्ने गर्नुहुन्थ्यो ”हेर केटा हो मर्द भएर जन्मे पछि नाम कमाउनु पर्छ । सक्छौ भने राम्रो काम गरेर नाम कमाउ सक्दैनौ भने नराम्रै कामा गरेर भएपनि नाम कमाउ तर नाम चाहिँ जसरी पनि कमाउ ।” वहाँको आशय फलानोको छोरो ढिस्कानोको छोरो भनेपछि सबैले चिनुन् भन्ने थियो । नराम्रो काम गरेर भएपनि गाउँमा सबैले चिनुन् फलानो र फलानोको छोरो भनेपछि सबै डराउन् भन्ने नै थियो । अब राम्रो काम सबैले गर्न सक्ने त कुरा भएन । बरु कसैले राम्रो काम गर्न खोज्यो भने हामी त खुट्टा पो तानिदिन्छौं । ”बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुको घर पनि भत्काइदिन्छ ”, भने झैं हामीहरुलाई अरुको प्रगति देख्न त हम्मे हम्मे पर्छ नै । हाम्रो त बानी नै भैसक्यो आँफुले गर्न नसके अरुलाई पनि गर्न नदिने । ”आफ्नो टाउको फुटेपछि मितको टाउको बेलसरी”, भनेर ढुङ्गा हान्ने त हामी नै हौं । आफ्नो घरको झ्यालबाट हावा पानी पात पतिङ्गर स्वागत गर्ने सबैलाई भित्र आउन दिने मान्छेले अर्काको घरमा भएका राम्रा रंगीन सिसाका झ्याल बाँकी राख्छ । आखिर स्वच्छ हावा पानी सबैलाई आवश्यक नै हो । त्यसैले होला सिसाको झ्याल ढोका देख्यो कि सानो निहँू पाउनासाथ ट्वाक्क ढुङ्गा हान्न मन लाग्छ । ”होला कहिल्यै छैन होला की ले छाडेन” भने झै सफल भइने कहिल्यै होइन प्रयास चाहिँ गरेको गर् यै छ । अब हेर्नुस न ४ वर्षदेखि सकि नसकि बडेमाको झोला बोकी खाइ नखाई स्कुल गयो लेख्यो पढ्यो साथीभाईको कुटाई खायो भोकभोकै लखतरान हुँदै जीन्दगीको महत्वपुर्ण बाल्यकाल तथा युवाबस्थालाई थाती राख्दै पढाई गर् यौ तर काम…… मेरी काम त भगवान भरोसा नै छ । ”बाँदरको पुच्छर लौरो न हतियार” भने झैं बल्ल बल्ल पढाइ सकेर प्रमाणपत्र लियो तर के अर्थ त्यो पढाइको । पढे अनुसार प्रमाण पत्रको आधारमा काम पाए पो मजा आउँथ्यो । अब काम पाउन कि त आफ्नो मान्छे ठुलो नेता वा मन्त्री हुनुपर् यो होइन भने सत्तारुढ दलको सकि्रय कार्यकर्ता हुनुपर् यो । अब हैन तपाई राजनीतिमा लाग्न चाहनुहुन्न वा कसैको कृपाले वा आशिर्वादले वा कसैको टिका थापेर नोकरी गर्न चाहनुहुन्न भने तपाइको योग्यता भएर पनि तपाईलाई स्थान दिइदैन । तपाई आफ्नो योग्यताको आधारमा जागिर खान चाहनुहुन्छ भने तपाइले सरकार वा राजनीतिक पार्टिलाई सहयोग गर्दै हुनुहुन्छ कारंण आफ्ना आसे-पासे भाइ-भतिजा अनि आफ्नो पार्टीका कार्यकर्तालाई जागिर दिन नसकेको अवस्थामा तपाई राजनीतिबाट निस्कृय भएपछि त ”बाखा्रको पुच्छर काटी बोकालाई सजीलो” भने झैं भएन र । वर्षौ धाएर लाखौं रुपैयाँ खर्च गरेर निद-भोक केही नभनी भए भरका इच्छा र आकांक्षा मारेर प्रमाणपत्र त पाइयो तर के गर्नु प्रमाणपत्रले खान लाउन त दिदो रहेनछ । न त त्यसैलाई खान हुने । अब पढेलेखेको मान्छ नराम्रो सानो तिनो झिनो मसिनो काम गर्न नसुहाउने । राम्रो काम पाईदैन । बिभिन्न अफिस धाई धाई वाक्क भएपछि बरु कसैले नदेख्ने ठाउँमा अरबको खाडी र युरोपमा गएर ट्वाइलेट साफ गर्नै बेस । कससेकम आफ्ना मान्छे आफ्ना साथीभाईले त देख्दैनन् । हुन त यहु पनि हामी नेपालीहरुको उही हाल हो । न भने जस्तो काम न सोचे जस्तो तलब नै । अनि भए न त ”चौटा खान गएकी बुढी झोलमा डुबेर मरी” भने झैं । ”अचानोको पीर खुकुरीलाई के थाहा” भने झैं यहाँको अवस्था नदेखे नभोगेकालाई के थाहा विदेशको पिरलो कस्तो हुन्छ भनेर । न रातमा सुत्न छ न भोक लाग्दा खान पाउनु छ १८÷२० घण्टा खटेर काम गर्नुपर्छ । कसले बुझी दिने यी कथा र ब्याथा । बिदेश यस्तो हुन्छ बिदेश उस्तो हुन्छ भनेर बिदेश पठाउनेहरुलाई सोझा साझाको पैसा कुम्ल्याउँदैको ठिक्क । बिदेशमा पैसा बुटामा फलेको हुन्छ पात टिपे झैं टिप्न पाइन्छ भन्नेहरु एक पटक बिदेश आएर त हेर्नुस कुन हविगत छ नेपालीहरुको बिदेशमा । कसरी र कति पैसा कमाएका छन् नेपालीहरुले । हक अधिकार र मानबअधिकारका कुरा गर्ने नेताज्यूहरु एक पटक मात्र बिदेश आएर हेर्नुहोस् त नेपालीहरुले कति हक र अधिकार उपभोग गर्न पाएका छन् प्रवासमा । आँ गरेर बोल्न समेत पाईदैन । ”देख्नेका आँखा फुटे सुन्नेको सही” भनेको यही हो । प्रंसग बदलौं मैले पहिल्यै उच्चारंण गरिसकें नाम कमाउने विषयमा । के नाम मर्दले मात्रै वा छोराले मात्रै कमाउने हो त फलानाको छोरा मात्रै भनेर चिनीनु पर्छ भन्ने छ र । फलानाकी छोरी ढिस्कानाकी छोरी भनेर पनि त चिनीन सकिन्छ नी । एकाइसौ शताब्दीमा छोरा-छोरी बराबरी भन्ने गरिन्छ । आजकल महिला पुरुष भन्दा कुनै पनि कुरामा कमि वा फरक छैनन् र हुनु पनि हुँदैन । नारी र पुरुषमा भेदभाव गर्न पाइदैन । आजभोली नारी पनि पुरुषसँग काँधमा काँध मिलाएर हिडेका छन् । कतिपय अवस्थामा त नारीले पुरुषलाई पछाडि पनि पारेका छन् पार्नु पनि जायज छ किनकी पूरुषले सदा-सर्वदा म श्रेष्ठ प्राणी हुँ भन्ने घमण्ड गरेको पाइन्छ । मलाई लाग्छ पुरषले यस्तो घमण्ड गर्नु भनेको ”म त माथि माथि मेरो……झन माथि” भने झैं गर्नु हो । आजकलका महिला पुरुष भन्दा पछाडि कदापि पर्दैनन् यदि समान अधिकार र समान अबसर पाएको खण्डमा । यहाँ त ”मन नपरेकी बुहारी पाहुनासँग सुतू् भनिन्छ र पो । किन मन नपरेकी बुहारी पाहुनासँग सुत्ने । मन नपरेको छोरो भैंसीसँग सुत पनि भन्न सकिन्थ्यो तर यसो भनिएको छैन । अब छोरालाई यस्तो भनेमा बुढा बाउलाई नै बजाइदेला भन्ने डर । बिचरा बुहारी त आँ गर्न पनि डराउंछिन् । अनि ”दाइलाई सक्दिन भाउजुलाई राख्दिनू भने झैं बोल्न नसक्नेलाई जे भनेपनि भयो । पुरुष प्रधान समाजको स्वरुपै यस्तै छ । छोरो वा मर्द भएर जन्मिए पनि आँफु त नाथे भए जस्तो लाग्छ । न त राम्रो काम गर्न सकियो न त नराम्रो नै । अब के गर्नु राम्रो काम गर्न अबसर र योग्यताले भ्याएन । नराम्रो काम गर्न मनले मानेन । यो जन्म नै बेकार भएजस्तो लाग्छ । न फलानाको छोरो भनेर कसैले चिन्न सक्ने भए न ढिस्कानाको बाउ भनेर चिनीने भइयो । अझ नढाँटीकन भन्नुपर्दा म त हुतिहारा पनि रहेछु जस्तो लाग्छ । किनकी न कसैलाई आफ्नो बनाउन सकियो न त कसैको मन जितेर वाह वाह गुणगान गाएको सुन्न पाइयो । बरु धेरै आफ्नाहरु बिरानो भए होलान् । धेरै आफ्ना मान्छेहरु पराई र रुष्ट भए होलान् । आशा गरौं अर्को जन्म पाएँ भने पक्कै पनि नाम कमाएर फलानाको छोरो ढिस्कानाको छोरो भनेपछि सबैले चिन्न सक्ने हुन सकुँ ।

2 Responses

  1. Bhim k.c. Sir namskasr sarbparthm ta makebhanchhu
    bhane hajurko LEKHA padn pauda khusi lagyo .
    Sir yo smsya bhneko hajurko matr nbhayar Nepali Aamako Dhartima Janmline 90partist Jantale bhogko hor malasi lagchh ra Aaune pidile pani bhognuparchh kinki Hamro desha SATIKOSRAPPAREKODESHHO.

  2. bhim sar namaskar tapaila laknuvayako lakpauda aafni gendaki saga mal khayo. faripani asto lak pathunuhola.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: