एस.एल.सी को तयारी पूरा / चीट चोर्ने, चोराउनेलाई एकलाख जरिवाना हुने


यही चैत १२ गतेदेखि मुलुकभर एकैसाथ हुने प्रवेशिका (एलएलसी) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २० गतेसम्म सञ्चालन हुने परीक्षाका लागि ७५ वटै जिल्लामा प्रश्नपत्र, उत्तरपुस्तिका पुर्‍याइसकिएको छ ।उक्त परीक्षामा चारलाख ६६ हजार तीनसय परीक्षार्थी सहभागी हुनेछन् । परीक्षाका लागि एकहजार पाँचसय ५० परीक्षाकेन्द्र तोकिएको छ । यो वर्ष सबैभन्दा बढी काठमाडौँबाट ३२ हजार सातसय र सबैभन्दा कम मनाङबाट ९१ जना परीक्षार्थी सामेल हुनेछन् ।
परीक्षामा अनियमितता गर्नेलाई रु. एकलाखसम्म जरिवाना गरिने परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनटोली गठन गरिएको तथा अनियमितता गर्ने गराउनेलाई कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।

One Response

  1. खाने मुख लाई जुगाले छेक् छ र मनोज जि ५०००००० लाख जरिबाना गरे पनि लास्टामा तेही हो !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: