मानव तस्करहरुको अर्को नमूना


बालकृष्ण घिमिरे / उत्तम कुमार न्यौपाने, कुवैत

हिजो अर्थात मार्च २२ तारिख, कुवेतमा रहेका नेपाली कामदारहरुको आशाको त्यान्द्रो नेपाली दुतावास कुवेतले आफ्नो कामको सुरुआत गरेको दिन | सोही अवसरमा राजादुत मधुवन प्रसाद पौडेल ज्युले प्रस्ट रुपमा खुलासा गरी दिनु भएको पाइयो त्यो के हो भने विदेसमा रहेका नेपाली दूतावासले आफूहरुले चाहेर पनि आफ्ना कामदारहरुको पक्षमा काम गर्न पाउँदैन किनकि स्वदेसका भ्रष्ट नेताहरुका कारण श्रममन्त्रालय मातहतको श्रमविभागले विदेसमा रहेका नेपाली दूतावासहरुले भने बमोजिमको श्रमकानूनको व्यवस्ता नगरि दिनाले विभिन्न मुलुकहरुमा रहेका नेपाली कामदारहरुले भोग्नु पर्ने समस्याहरु बढेर गएका छन वा अझै पनि बढेर जाने नै छन | यहाँ हेर्नुहोस राजदूतज्युले भन्नु भएका वाक्यहरु :- (नेपाल सरकारको श्रममन्त्रालयले विदेश जान खोज्ने नेपालीहरुलाई अँन्धाधुन्ध श्रम स्वीकृती दिने प्रवृतीले एकातिर अधिकारको लडाई शुरु भएको छ भने अर्कातिर दूतावासले अनावश्यक बोझ खेप्न परेको छ । वैदेशिक रोजगार व्यवस्थित गर्न बनेको श्रमऐनमा दूतावासको कुनै पनि भूमिका नहुने कुराले प्रवासका वास्तविक समस्या विद्यमान कानूनले सम्बोधन गर्न नसक्ने कुवेत स्थित नेपालका प्रथम राजदुत मधुवन प्रसाद पौडेलको तर्क छ । उहाँ भन्नुहुन्छ विगतमा श्रममन्त्री रघुजी पंत समक्ष दूतावासको भूमिका श्रमऐनमा हुन पर्ने कुरा आफूले राखेको तर सकरात्मक प्रतिक्रिया रहे पनि ऐनमा दूतावासको कुनै भूमिका नरहने विध्यमान व्यवस्थाप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।)२२ तारिख हाम्रो दुतावासले विधिवत रुपमा कुवेतमा काम सुरु गरेको दिन सोही दिन बिहान म र मेरा मित्र उत्तम कुमार न्यौपाने आफ्नो छुट्टी (२४ घन्टे बिदा )मनाउने क्रममा महाबुल्ला पुगेका थियौ |त्यहाँ रहेको बङ्गालीको सस्तो तर इल्लिगल टेलिफोन बुथमा हामी पनि गयौं कारण इल्लिगल भएपनी सस्तोमा नेपाल फोन गर्नु नै थियो |हामीहरुले बङ्गालीको त्यो कोठामा पनि हाम्रा देशका भ्रष्ट नेताहरुको सम्रक्षणमा हुर्किएका मानव तस्करहरुको सक्कली रुप मात्रै देखेनौ त्यहाँ देख्यौ नेपालीको आँखामा रोदन, अत्यास र चित्कार | रोदन, अत्यास र चित्कारको त्यो रुपको केही अंश हामी यहाँ राख्न चाहन्छौ | भाईहरुको घर कहाँ हो नि ? हामी नेपालीमा बोलेको सुनेर होला शायद रुन्चे सोरमै भए पनि केही साहारा पाएझै गरी एकजना बोले दाई हामी दुई जनाको सिन्धुपाल्चोक र उहाँको चाहीं मोरङ्ग | कती भयो कुवेत आएको र कम्पनी चाही कुन हो नी ?

सात दिन भयो, कम्पनी चाही……………… भन्दै अक्मकाउँछन, सायद नाम थाहा नभएर होला,फोन वाला बङ्गालीले भने यिनीहरु यही पछाडि रहेको तान्जिप्फ कम्पनीमा आएका हुन  अनि कती जना नेपाली आउनु भएको छ नि ? हामीहरु सात जना आएका छौं दाई  काम के गर्नु पर्छ र तलब चाही कती दिने भनेको छ नि ?नेपालबाट एयर्पोटमा क्लिनर काम गर्ने र तलब ७५ दिनार हुन्छ भनेर पठाएको थियो तर यहाँ त हामीलाई ट्वाइलेट सफा गर्ने काम अनि ४५ दिनार तलब दिने रे त्यही तलबबाट खाना खानु पर्ने रहेछ दाई | भाईहरुको उमेर त १४,१५ बर्षको जस्तो देखिन्छ, कसरी पासपोर्ट बनाएर आउनु भएको नि ?

रुन्चे हाँसोको अनुहारमा यसको जवाफ दिदैंनन उनिहरु एउटाले अर्काको मुखमा हेरेर टारी दिए ,कुन मेनपावरबाट आउनु भएको अनी कती पैसा लियो नि मेनपावरले ? खोइ दाई नाम त थाहा भएन त्यो छनी बानेश्वर बत्तिस पुतलिको भित्र, उता गौशालाबाट आए पनि हुन्छ  पैसा त एकलाख पाँचहजार देखी पच्चिस हजार सम्म लियो दाई | एतिकैमा उत्तम कुमार न्यौपानेले भन्नुभयो ए त्यो भाईहरुलाई पठाउने मेनपावर त द रिभर ओभर सिज रहेछ हैन ? अ हो दाई त्यही हो भन्दै अर्का मोरङ्का भाई बोले |यती कुराकानी गरे पछि हामीहरुले उनिहरुलाई सान्तोना सिवाए के नै दिन सक्छौ र केही सान्तोनाका शब्दहरु उनिहरुका सामु छाडी हामी बाटो लाग्यौ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: