मलेसिया आईपुगेका १३ जना नेपाली कामदार गास न बास हुन पुगे


 योगेन्द्र ”संघर्ष” मलेशिया 
चार वर्षअघि धन कमाउन भनि मलेसिया आई पुगेका १३ जना नेपाली कामदार अहिले गास न बासहुन पुगेका छन्।पाहाङ स्थित तेमरलो इन्ताङ र्सुय फर्निचर कम्पनिमा चार बर्षपहिला देखी काम गर्दै आएका ति नेपाली कामदारहरु चार महिना पहिला कम्पनी बन्द हुदा कम्पनी मालीकले कामदारको बेवास्ता गरी भागे पछी गांस न बासका हुन पुगेका हुन् । गास न बास भएका कामदारले तलब समेत नपाएको १० महिना भईसकेको छ ६ महिना काम गरेको तलब त पाएन्न नै अहिले ४ महिना देखी बेवारिसे भएका छन्, भने कम्पनी मालीक तेन स्वकाई अहिलेसम्म सर्म्पर्कमा छैन्न बन्द रहेको कम्पनीको अफिसमा २ जना मलेसियन कर्मचारी मात्र छन्, अहिले ।
तिन महिना पहिला देखी पिडीतहरुले आफ्नो उदार गरी पाउं भनी नेपाली दुतावास मलेसिया र यहांका सामाजिक संघ-संस्थाहरुमा निबेदन दिएको भए पनि सहयोग कही कतैबाट नपाएको गुनासो गरिरहेको बेला गत सोमबार एनेकपा माओवादीको भातृ संगठन नेपाल प्रगतीशिल श्रमिक मोर्चाको पहलमा डिजी कम्युनिकेशन र मोर्चाको एक टोली तेमरलो पुगी दाल, चामल, नुन, तेल, तरकारी, लगायत रासन वितरण गरे । पिडीतहरु अहिले कम्पनी नजिकै रहेको खाली चउरमा पाल टांगेर बसेका छन् । पानी समेत नभए पछि केहि टाडा रहेका नेपाली कामदारहरुकै कोठामा गएर ल्याउने गरेका छन् तेसरी नै चार महिना देखी काम चलाउदै आएका छन् । बिजुली बत्ती अहिलेसम्म भए पनि कती बेला काटीने हो थाहा छैन र्दाचुला ब्रमहादेब ४ का दिलीप धामी बताउछन् ।
घर न घाट्का भएका धनुषा हदुवा ४ का सुमन गिरी, दाङ नारायनपुर ३ का शेर बहादुर थारु, आत्मा राम आर्चाय, कन्चनपुरका मोहन नाथ, इलाम दानवारी ९ का ठगेन्द्र मगर, बझा ८ का देबेन्द्र सूब्बा, लेख राज र्राई, सिराहाका भोगेन्द्र यादब सिनधुली अर्मल ९ का सुमलाल थिङ, मोरङका बिजय र्राई, झापाका डिल्ली राम अधिकारी, एकै स्वरमा भन्छन् हामीलाई नेपाल फर्काइदिनुहोस, हामी यहा भोकभाकै मर्ने भयौं । ६ महिनाको तलब पनि दिएको छैन चार महिना भयो काम नगरी बसेका छौ, २ बर्षभयो कसैको पनि पासपोर्टमा भिसा लगाईएको छैन । हाल मोर्चाको पहलमा एक सामाजिक संस्था FWWMC का संचालक सेलनले पिडीत नेपालीहरुले काम गरेको तलब पाउनु पर्ने र सुरक्षित नेपाल फर्कन वातावरण बनोस् भनेर लेवर कोटमा मुद्दा दर्ता गराइदिएका छन् ।
तत्काल समस्या सामाधान नहुन्जेल मोर्चाले रासनको रेख देख गर्ने कुरा मोर्चाका सल्लहाकार तथा नेपाल पृष्टभुमीका अध्यक्ष सुनिल चालिसेले बताए । सल्लाहाकार चालीसेले पिडीत नेपाली कामदारहरुलाई अब चाडै नेपाल फर्काउँन दुताबास लगाएत हामी सम्पूर्ण निकायहरुलाई आव्हान गर्दै चाँडोभन्दा चाँडो नेपाल पठाउँने व्यवस्था गर्ने आश्वासन दिए । पीडितहरु त्रिशत्ती मेनपावर मार्फत मलेसिया पुगेका हुन्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: