कुवैतमा दुतावासको ढोकामा पति र बाउ खोज्दै आमा छोरी


अर्बिदा

राजन रिमाल

हेर्दै हलेदोको टुक्रा जस्ति सलसलाउदो  अनुहार कि १० बर्षिय अर्बिदा छोरीका साथ नेपाली दुतावास कुवैत पुगिन अरबकी कुमारी आमा सिता सापकोटा धन कमाउने आश बोकेर आज भन्दा ११ बर्ष पहिला     भारतको बाटो हुदै कुवैत आएकि थिईन, बर्ष दिन मात्र के बितेको थियो मानबको मनमा दानब पसेपछि के लाग्छ उसको बाहुबाट उनी छुट्टिन सकिनन अन्तत: मालिककै बल्तकारबाट आमा बन्न पुगिन सबै भन्दा बलवान समय नै हो त्यो पिडा,चित्कार र वेदना लिएर उनि पुलिस थाना पुगिन पुलिसले त्यो पशुलाई 

झिकाई कार्वाहि अगाडि बढायो ३ महिना सम्म उनिलाई उसैले रुमदियाको हस्पिटल राखिदियो पछि आफै आई डिस्चार्ज गर्यो ,त्यसै दिन अन्तकतै  कोठा खोजि राख्नका लागि आश्वासन दिंदै कोठा खोज्न हिंडेको आज दश बर्ष भयो कोठा पाएको छैन भन्दै हाँस्छिन ।  मैले यहाँ पुलिस देखि कोर्टसम्म धाए तर उसले असली कागज पत्र लिएर भाग्यो ,यदि नेपाली दुतावास कुवैतले संबन्धित व्यक्तिलाई झिकाएर प्रत्यक्ष कुरा गर्न पाए मैले न्याय पाउँछु र मेरि छोरिले बाउ पाउँछे  ,कुराकानिकै शिलशिलामा उनले भनिन मेरो छोरीको बाउ मेरै मालिक हो उ कुवैतमा नै छ ,सम्बन्धित निकायले खोजि गरिदिनु पर्यो । मेरो छोरी र मैले यहाँको कानुन अनुसार न्याय र हक पाउनु पर्छ भन्दै म कुमारी नारीले कसरी बिना बाउको छोरी लिएर नेपाल जाउ सबैले सोध्छन नानिको बाउ खोई भनि तर म नाजावाफ हुनुपर्छ  भनिन। नेपाल एम बि सि कुवैतले यदि यहाँका महिलाहरुको बारेमा चासो राख्छ भनेम जस्ता धेरै महिलाहरुको उध्दार हुनुपर्छ । ऊनि नयाँ दुतावास पुगेर फर्केकोमा खुशि र ढुक्क छिन ,राजदुत मधुवन पौडेल सँग प्रत्यक्ष भेटेर कुराकानि गरि आफ्नो दुख पोख्न पाएकोमा उहाँले दिएको आश्वाशन हुन्छ हामी हेर्छौ कानुनी प्रकृया  बुझि के सहयोग गर्नु पर्छ दुतावास तयार छ भनेकोमा के साच्चै नै नेपाल एम बि सि कुवैतले सिता र अर्बिदाको हक दिलाउन सक्ला त ???? यो प्रश्न सबैका मनमा सलबलाउनु स्वभाविक हो किनकि यहाँको कानुन र वास्ता भन्ने शब्द देख्दा उत्तर पनि संभवत एऊटै हुन्छ खै भन्ने जे होस राजदुतले आश्वाशन दिनु भयो काम ढिलो चाडो होला पुराना र दक्ष कर्मचारि रहेको नेपाली दुतावास कुवैतले अहिले सम्म गरेका कामहरुमा राम्रै नतिजा निस्केको छ । आज २२ मार्च २०१० का दिन दुतावासले आधिकारिकतबरले काम शुरु गरेकै पहिलो दिन १० बर्ष देखि  रुमलिएको मुध्दा दर्ता भएको छ आशा गरौ ति दुईको हितमा काम भओस हाम्रो शुभकामना  ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: