कोइरालाको अन्तिम दाह संस्कार/सुजाताद्वारा दागबत्ती


                          काठमाण्डौं, चैत्र ८ – नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिरमा छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले दागबत्ती दिएकी छन् । सुजाताले पशुपति आर्यघाटमा साँझ ७ बजेर ४७ मिनेट जाँदा दागबत्ती दिएकी हुन् ।कोइरालाको पार्थिव शरीरलाई करिब ४ घण्टा शव यात्रासहित राजधानी नगर परिक्रमा गराइ आर्यघाटमा पुर्‍याइएको थियो । यसअघि उनको पार्थिव शरीरलाई ब्रम्हनालमा राखिएको थियो । त्यहाँ छोरी सुजाताले जल अर्पण गरिन् ।

सुजाताले जल अर्पण गरेपछि कोइरालाको शव चितामा राखिएको थियो । त्यसबेला आर्यघाट पुगेका विभिन्न व्यक्तित्व तथा सर्वसाधारणका आँखा चिसाएका थिए । कोइरालालाई राष्ट्रिय सम्मानसहित नेपाली सेनाले सलामी दिएको छ ।

चितामा राखिएपछि विभिन्न महानुभावहरुले कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, नेताहरु शेरबहादुर देउवा, सुशील कोइराला, रामचन्द्र पौडेललगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, सरकारका बरिष्ठ मन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, भारतीय नेता तथा मन्त्रीहरुले पनि कोइरालाप्रति श्रद्धाञ्जली  अर्पण गरे । 

कोइरालाको शवमा छोरी तथा उपप्रधानमन्त्री सुजाताले पशुपति आर्यघाटमा दागबत्ती दिएकी छन् । पशुपति आर्यघाटमा कोइरालालाई अन्तिम श्रद्धाञ्जली  अर्पण गर्न संवैधानिक अंगका प्रमुखहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु,कुटनीतिक नियोगका प्रमुखहरु,कांग्रेससहित विभिन्न दलका कार्यकर्ताहरु र सर्वसाधारणको उल्लेख्य उपस्थिति छ ।

यसअघि  श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित सहिद रंगशालामा राखिएको शव दिउँसो ३ बजे शव यात्राका लागि उठाइएको थियो । दिउँसो तीन बजे सुरु भएको शव यात्रा सुन्धारा-रत्नपार्क-डिल्लीबजार-मैतिदेवी-पुरानो बानेश्वर-गौशाला हुँदै पशुपतिमा पुगेर अन्त्य भएको थियो ।

हजारौंको समुदायको शव यात्रामा सहभागी थिए । शव यात्रामा सहभागीहरुले वीर गिरिजाप्रसाद कोइराला-जिन्दावाद, गिरिजाबाबुको अभियान, शान्ति र संविधान, गिरिजाबाबु अमर रहून् जस्ता नाराहरु लगाइरहेका देखिन्थे ।

बाटोको दायाँ-बायाँ, घरको कौशी, छत तथा ओभरहेड ब्रिजहरुमा मानिसहरु फुल गुच्छा हातमा लिएर उभिएका थिए । शव यात्रामा अप्रिय घट्ना हुन नदिन सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: