अल बिदा मजदुर पिता स्व.गिरिजा प्रसाद कोइराल ज्यु


 बालकृष्ण घिमिरे,साथमा:उत्तम कुमार न्यौपाने, कुवैत 

नेपाली जनताका पिताको रुपमा स्थापित हुन सफल गिरिजा प्रसाद कोईराला आजै मात्रै हाम्रो प्रत्यक्ष सम्पर्कबाट टाडिनु भएको छ | उहाँको राजनैतिक जीवनको सुरुवात नै बिराटनगरको जुट मिलको मजदुर आन्दोलनबाट भएकाले उहाँ जुनसुकै राजनीतिक पार्टीमा लागेर आफ्नो राजनीतिक जीवनको सुरुवात गर्नु भएको भएता पनि उहाँलाई मजदुरहरुका पिताको रुपमा नलिई रहन सकिंदैन | उहाँले आफ्नो राजनैतिक यात्रामा कुनै समय आफ्ना दाँया बायाका आसेपासेहरुको गलत सल्लाहाका कारण छिट्पुट रुपमा कहिंकतै कमि-कम्जोरी गर्नु भएको भएता पनि समग्रमा नेपाली राजनीतिमा उहाँले पुर्याउनु भएको योगदानको उच्च कदर नगरी रहन सकिंदैन | नेपालमा श्रमजिवीहरुका लागि आन्दोलन गर्नेहरुले सबै भन्दा बढी गरी खाने वर्गहरुकै बिचल्ली मात्रै बनाएनन उनिहरुकै हत्या गरी, गराइ खाने वर्गकै पक्ष पोषणमा लागे र हाल पनि लागि रहेकै छन् | गरीवहरुको उत्थानमा लाग्नेहरुले कहीं पनि सामन्त र शोषकहरुको सफाया गरेनन, गरे त केवल गाउँका सोझा साझा गरीब जनता एवं उनिहरुको गलत विचारका विरुद्ध आवाज उठाउने जन प्रतिनिधी तथा उनिहरुको आस्थामा विश्वास नराख्ने अन्य राजनैतिक पार्टीका कार्यकर्ताहरुको | त्यो हत्या हिंसाको राजनीतिबाट देशलाई छुट्कारा दिलाउन आफ्नो बल-बुत्ताले भ्याएसम्मको पटक-पटकको प्रयाशबाट कहीले पनि बिचल्लित नबनी अन्तमा हत्यामा विश्वास राखी बन्दुकको नालबाट सत्ता कब्जा गर्ने सपना बोकेका जत्थाहरुलाई शान्ति पुर्वक राजनीति गरी जनविश्वासमा विश्वास गर्न वाध्य पार्ने कार्यमा गिरिजा प्रसाद कोइराला नलागेका भए आजसम्म थप हजारौं गरीब नेपालीहरुको ज्यान समाप्त भईसक्ने थियो | राष्ट्र पिताको यो दु:खद निधन पश्चात स्वर्ग जस्तो हाम्रो मुलुकमा संविधान बन्न नदीएर भाँड भैलो मच्चाई सत्ता कब्जा गर्ने सपनामा रहेको नेकपा माओवादी पार्टी नामको जत्था वा जनताहरुबाट तिरस्कृत भएको तर गिरिजा प्रसाद कोइरालाकै आशिर्वातबाट हाल सत्ताको प्रमुख हिस्सेदार बनेको र संविधानसभालाई विघटन गराइ माओवादीहरुको शेखी झार्न तल्लिन नेकपा एमाले पार्टीको एउटा जत्था वा जुनसुकै पार्टीमा लागेर भएपनी सत्ता बाहिर रहन नजानेका तराइवादी दलहरु हुन वा गिरिजाको स्वर्गारोहण पश्चात नेपाली काँग्रेस पार्टीको नेतृत्व आफैले नै पाउनु पर्छ भने होडबाजिमा लागेका नेकाँका नेताहरु हुन, यिनीहरुले स्वर्गिय राष्ट्र पिताले आफ्नो बल बुत्ताले भ्यायसम्म पुरा गर्छु भन्दा-भन्दै अधुरै छाडेर जानु भएको शान्ति प्रकृयालाई कुन भड्खालोमा हालेर पुनः नेपालीहरुले नेपालीकै रगतको होली खेल्ने कार्यको थालनी गर्ने हुन, त्यो त प्रतिक्षाको घडीमा नै छ | गिरिजा प्रसाद कोइरालाको यो दु:खद निधन पश्चात उहाँले अधुरै छाडेर जानु भएको शान्ति प्रकृयालाई निचोडमा पुराउने कार्यमा सबै पार्टीका नेताहरु कुर्सिको मोहबाट टाढा रही देश र जनताहरुको चाहना अनुसार नलाग्ने हो भने देखौटी रुपमा सबैभन्दा अगाडि शोक प्रस्ताप पारित गराउने नेकपा माओवादी होस् वा मनिखा टारमा भिड माथि भिड थप्न पुगेका अन्य राजनीतिक दलका नेताहरु हुन उनिहरुले उहाँ प्रती दिएको श्रदाञ्जली केवल गोहिको आशु मात्र हुने छ | अन्तमा गिरिजा बाबुले अधुरै छाडेर जानुभएको शान्ति प्रकृयालाई सफल बनाउन हामी सबै आ-आफ्नो ठाउँबाट लागेमा मात्रै सच्चा रुपमा उहाँको चाहना अनुसार देशले शान्तिको बाटो समात्ने छ र उहाँ प्रति दिएको श्रदाञ्जलीले साकार रुप लिनेछ | 

अल बिदा मजदुर पिता स्व.गिरिजा प्रसाद कोइराल ज्यु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: