नेपाली समाचार केन्द्र यूएई – प्रेस बिज्ञप्ती


 

नेपालमा प्रजातन्त्र र लोक्तान्त्रिक आन्दोलन का लागि महत्वपूर्ण भूमिका खेलेका अग्रज नेपाली काग्रेशका सभापति स्व गिरिजा प्रशाद कोइरालाको निधन प्रती यूएईकै पहिलो नेपाली पत्रीका प्रकाशन गर्ने संचार सस्था नेपाल समाचार केन्द्र यूएईद्वारा श्रदान्जली अर्पण गर्दछौ । देश र जनताको नाममा राजनीति गरेका वरिस्ठ नेता श्री कोइराला बाबु को निधनको खबर प्रवासमा रहदा सुन्नु पर्दा हामी मात्रै होइन देश र राष्ट्र लाई माया गर्ने हामी सबै नेपालीको मन दुखेको छ । त्यसर्थ यो दु:खद घडीमा शोक शन्तप्त परिवारजन उनका आफन्तजन साथै अन्य उनका शुभेच्छुक सबैमा धैर्य धारण गर्न सक्ने क्षमता ईस्वरले प्रदान गरुन भन्ने पनि कामना गर्दछौ ।
लोकतान्त्रिक आन्दोलनका अग्रज गिरिजा प्रशाद कोइरालाको निधन प्रती हामी सबैको श्रदान्जली शोकसन्तप्त परिवारजन मा । साथै उनले सोचेका सबै सकरात्मक आकंक्षा आउने अन्य पिणी हरुले पुरा गरुन भन्ने कामना । ‘जिउदो रहे सम्म जती गद्दार नेता भने पनि मृत्‍यु पछी महान नेता भन्ने प्रचलन हाम्रो समाजमा अझै ब्याप्त छ’। यधपी नेपाल र नेपालीको लागि लोकतन्त्र र प्रजातन्त्र स्थापनार्थे उनले खेलेको भूमिका को हामी सबैले कदर गर्नुनै पर्छ । नेपालको राजनीतिक ईतिहासमा सबै भन्दा धेरै पटक प्रधानमन्त्री बन्न सफल एक होनहार नेताको यो निधनले राष्ट्रको एक गहना गुमाएको छ । राष्ट्रलाई नेपाली हरु आफ्नो समस्या आँफै समाधान गर्न सक्छन भनी विश्व सामु चिनाउने नेता को यो दु:खद निधनले नेपाललाई ठुलो क्षती पुराएको छ । राजनितिक घटनामा सधैं नाम जोडीएर आउने नेता गिरिजा प्रशाद कोइराला को यो निधनले झन अझै टड्कारो रुपमा उनको खोजी गरिरहने छ ।
 
 शारदा भट्टराई राजु                 उमाकान्त पाण्डे गाउले       
        (अध्यक्ष)                           (सचिव)                       
   एवम समस्त नेपाली समाचार केन्द्र (यूएई परिवार )
   
उमाकान्त पाण्डे गाउँले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रतिनिधि
नेपाली समाचारपत्र पाक्षिक बिशेष सम्वादाता – यूएई 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: