कोइरालाको संघर्षमय जीवनी


राजन रिमाल

 नामः गिरिजाप्रसाद कोइराला

जन्म मितिः१९८१ साल असार १८ गते                                                

जन्मस्थानः बिहार, सहरसा, टेडी, भारत

पिताः कृष्णप्रसाद कोइराला

माताः दिव्या कोइराला

शिक्षाः आइए

 नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात वि.सं. १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कान्छा छोराको रुपमा भएको हो । त्यतिबेला कोइराला परिवारले जहानियाँ राणा शासनको विरोध गरेवाफ्त भारतको बिहार राज्यको टेडी, सहर्षामा निर्वासित जिवन बिताइरहेको थियो ।

उहाँ गर्भमा रहेका बेला उहाँका माता पिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो ।

उहाँले भारतबाट अङ्ग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाउनुभयो र अल्पायुमा नै राजनीतिमा लाग्नुभयो । सन् १९५०-५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरस्थित जुटमीलको मजदुर हडतालमा सकि्रय सहभागी हुनुभयो । राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति हुनुभयो । उहाँ नेपाल ट्रेड युनियन काङ्ग्रेस -नेकाको मजदुर एकताका लागि खोलिएको भातृ संगठन) को संस्थापक सदस्य एवं स्थापनाकालको अध्यक्ष हुनुभयो ।

२०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले तर्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरु सैयौं नेतासँग नजरबन्द र त्यसपछि ७ वर्ष लगातार जेल सजाय भोग्नुभयो । २१ दिन भोक हड्ताल गरी उहाँ सन् १९६७ मा जेलबाट छुट्नुभयो । सन् १९८६ मा उहाँकी धर्मपत्नी सुस्मा कोइरालाको निधन भयो ।

कोइरालाले सन् १९७१ देखि भारतमा निर्वासन बिताउनुभयो । सन् १९७६ मा भारतको पटनामा भएको नेकाको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उहाँ डेढ दशकसम्म -२०३३-४७) सो पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री -२०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म) रहनुभयो । प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री हुनुहुन्थ्यो ।

कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नं. १ सुनसरी क्षेत्र नं. ३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नं. १ र सुनसरीको क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभयो । २०५३ साल वैशाख २६-२८ मा काठमाडौंमा भएको नेकाको नवौँ महाधिवेशनमा उहाँ पार्टी सभापति हुनुभयो ।

सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । २०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको रुपमा स्थापित भयो । कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी माले सम्मिलित भयो ।

कोइराला नेपाली काङ्ग्रेसका सभापति तथा संसदिय दलका नेता हुनुहुन्थ्यो । अल्पमत सरकारका प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रोपटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । काङ्ग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । उहाँले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिनुभयो ।

जनआन्दोलन २ पछि २०६३ वैशाखमा उहाँ फेरि पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो ।

लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ ।

०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो ।

माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसँग राजतन्त्रबिरुद्ध सहमति गरेपछि काङ्ग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो ।

पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै हुनुभयो ।

कोइरालाकी एकमात्र छोरी सुजाता हाल एमाले नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । नेपाली काङ्ग्रेसमा कोइरालावाद हावी भएको भन्दै कोइरालाले आलोचना पनि खेप्नु परेको थियो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: