स्वर्गीय नेतामा श्रद्धाञ्जली तथा सर्वत्र शान्तिका लागि छाएको चिन्ता


तोयानाथ दाहाल
मृत्यू पनि थरीथरीको हुन्छ । कसैको मृत्यु एउटा खुशीको खबर बनेर आउँछ भने कसैको मृत्यु एउटा राष्ट्रिय तथा अन्तराष्ट्रिय शोक बनेर आउँछ । वास्तवमा मान्छेले कमाउने भनेको असल र स्थायी संम्पति नै त्यही हो जसले मृत्यूलाई नभूलीकन जीवित छँदै मान्छेका लागि केही गर्ने कुरा सोच्ने गर्दछ । नेपालका शिर्ष पुरुष गिरिजा प्रसाद कोईरालाले चैत्र सातका दिन, दिनको बाह् बजेर दश मिनट जाँदा छोरी सुजताको निवास मण्डीकटारमा देह त्याग गर्नु भएको छ । उहाँ नेपाली काँग्रेसका सभापती लगातार तीन वटा कार्यकालमा सभापतित्व गर्दै काँग्रेसलाई नेतृत्व प्रदान गरिरहनु भएकै अवस्थामा देहत्याग गर्नुभयो । शुरुमा कम्युनिष्ट विचारबाट प्रभावित भई राजनीतिमा लाग्नु हुने स्वर्गीय कोईरालाले २००१ साल बाट राजनीति परिवर्तन गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भयो र कट्टर कम्यूनिष्ट विरोधी नेताका रुपमा चिनीन थाल्नु भयो । पटक पटक गरी पाँच पटक सम्म नेपालको प्रधानमन्त्रि बन्नु हुने कोईराला निडर, निर्भिक र सशक्त प्रजातान्त्रिक योद्धा पनि हुनुहुन्थ्यो । छिमेकी मुलुक भारतका लागि नेपालका सबै भन्दा नजिकका विश्वास पात्र स्वर्गीय गिरिजा प्रसाद नेपाली कांग्रेसका सर्वाधिक शक्तिशाली सभापति मात्र नभई पार्टी भित्र निरंकुश नेताका रुपमा पनि चिनिनु हुन्थ्यो ।
सन १९८१ मा भारतको विहार स्थित सहरसाको टेडीमा जन्मनु भएका स्वर्गीय नेता गिरीजा प्रसाद कोईरालाले नेपाली राजनीतिमा लगातार आफूलाई साठी वर्षसम्म लगाईरहनु भयो । २०४६ सालको जन आन्दोलन पछि तत्कालिन राजा विरेन्द्रद्वारा प्रधानमन्त्रीको निम्ता सर्वमान्य नेता गणेशमान सिंहले अस्वीकार गरेपछि नेपाली कांग्रेसका अर्का बृद्ध नेता कृष्ण प्रसाद भटटराईले सो मौका प्राप्त गरेपनि नेता गिरिजा प्रसाद कोईरालाले भट्टराईलाई पछि पार्दै नेपाली राजनीतिमा आफ्नो प्रभाव र प्रभुत्व अविछिन्न रुपमा हत्याउन सफल भए । नेपाली कांग्रेसका अर्का नेता शेर बहादुर देउवाको विद्रोहलाई समेत अन्तत सहमतिमा ल्याएर नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन सफल नेता गिरीजा प्रसादको अनुपस्थितीले नेपाली कांग्रेसमा ठूलै धक्का लाग्ने निश्चित देखिन्छ । नेपाली कांग्रेसमा बहुधु्र्विय नेतृत्वको प्रतिस्पर्धाले नेपाली कांग्रेसमा विभाजन र विग्रहको चिन्ता समेत गिरिजा प्रसाद कोईरालाको निधनले ल्याउने कुरामा कांग्रेसपार्टीमा निराशाको माहौल देखिएको छ । माओवादी जन्माउने काम गिरिजा प्रसादबाट नै भएको भन्नेहरुलाई गिरिजा प्रसादले नै शान्तिको प्रयत्न गरेर जंगलमा रहेका लडाकु तीनका नेता र हतियार समेत क्यान्टोमेन्टमा थन्काउने काम गर्नुले स्वर्गीय नेता गिरिजा प्रसाद कोईरालालाई मुलुकको अभिभावकत्व ग्रहण गर्ने नेताका रुपमा सबैले स्वीकारेका थिए । नेता गिरिजा प्रसाद कोईरालालाई जीवनको उत्तरार्धमा पुत्री मोहले विवेक शुन्य बनाएको भन्दै कांग्रेस भित्रबाटै गिरिजा विरोधी लवी तयार भए पनि अन्तत कसैले सिधा र सामुन्ने गिरिजाका अगाडि पर्ने हिम्मत गरेनन् यहाँसम्म कि शुशिल कोईराला र शेर बहादुर देउवा समेतले ।
माओवादी आन्दोलन र शान्ति प्रक्रिया दुवैमा उतिकै जस-अपजस बोकेका नेता गिरिजा प्रसादले आफ्नो पार्टीले चुनाव हार्ने अवस्थाको बोध हुँदाहुँदै पनि संविधान सभाको चुनाव गराएर एउटा त्यागी नेताका रुपमा मात्र आफ्नो परिचय स्थापीत गरेनन उनी माओवादीका समेत एक प्रकारको आस्था र दुःख विसाउने अभिभावक थिए भन्ने कुरा पछिल्ला दिनमा प्रचण्डले सिङ्गापुर पुगेर गरेको भेटले पुष्टि गरेको थियो । माओवादीमा मात्र नभएर सम्पूर्ण नेपाली जनतामा गिरिजा प्रसाद कोईरालाको मृत्यूले एक अज्ञात भय पैदा गराएको छ कीनकि पछिल्लो पुस्ताका नेताहरु शेर बहादुर देउवा रामचन्द्र पौडेल र शुशिल कोईराला तिनै जना माओवादीका कट्टर विरोधी मानिन्छन भने यसैगरी एमालेमा हावी बनेका नेता केपी शर्मा ओली भारतका लागि गिरिजा प्रसाद पछिका सबैभन्दा नजिकका विश्वास पात्र हुन ।
आफ्नो मृत्यूको आभास गरेका नेता गिरिजा प्रसाद कोईरालाले प्रचण्ड र माओवादी नेतृत्वलाई मुलुकको उदियमान शक्तिका रुपमा बुझेका र मुलुक राम्ररी चलाउन दिएको सल्लाहले पनि उनमा रहेको दुरदर्शी सोचलाई माओवादी नेताहरुले गंभिरतापूर्वक ग्रहण गर्दै जिम्मेवार बन्न प्रेरणा दिएको पाईन्छ ।
नेपाली मात्र नभई अन्तराष्ट्रिय संचारमाध्याम पनि यतिबेला गिरिजा प्रसादको मृत्यूको खबरले भरिएका छन । भारतिय संचारमाध्यामहरु विविसी तथा सीएनएन ले समेत समाचारका प्राथामिकतामा गिरिजा प्रसादको निधनको खबर प्रसारण गरेर सम्मान गरेका छन । स्वीर्गिय कोईरालाको पार्थीव शरिरलाई आज रातभरी निजकी पुत्री सुजता कोईरालाका घरमा राखेपछि भोली अर्थात एक्काईस मार्च विहान आठ बजे नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने र त्यसपछि सर्वसाधरणका लागि रंगशालामा राखिने जनाईएको छ । भोली नै तीन बजे उहाँको दाहासंस्कार गरिने भएको छ । स्वर्गिय नेताको छोरा नभएपनि उहाँकी छोरीले दाग बत्ति दिनुहुने भएको छ । हिंन्दू परम्परामा दागबत्ति छोराले नै दिन पर्छ नत्र स्वर्ग पुगिन्न भन्ने अन्धविश्वासलाई पनि यति उच्चस्तरका नेताको छोरीबाट शुरुवात गरेर नयाँ परम्पराको थालनी हुनेभएको छ यो महिलाहरुले प्राप्त गरेको कानुनी लडाई लडेर प्राप्त गरेको भन्दा ठूलो उपलब्धी हुनेछ । अब छोरा नहुनेले दाग बत्तिकै लागि छोरी हुँदाहुँदै कसैको छोरा खोज्ने अवस्थाको पनि अन्त्य हुने विश्वास गरिन्छ । शान्तिका लागि प्रजातन्त्रका लागि र लोकतन्त्रका लागि अहम भूमिका निभाएका तथा नेपालका कार्यकारी राष्टपति समेतको भूमिका निभाउने भूतपूर्व प्रधानमन्त्री गिरिजा प्रसादको पार्थिब शरिरलाई राजकीय सम्मानका साथ दाह संस्कार गर्ने र राष्ट्रिय शोकका रुपमा एक दिन मुलुक भरी सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । नेपाल कुवेत डट कम तथा मरुभूमिको कोसेली परिवार यस शोकाकुल घडीमा राष्ट्रका सबै जिम्मेवार शक्तिहरुलाई संयम र धैर्यतापूर्वक सबै खाले चुनौतीको मिलेर सामना गर्न बल मिलोस् भन्ने कामना गर्दै स्वर्गीय नेताको मृत आत्माको चिर शान्तिको कामना गर्दछौं तथा शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दर्छौ ।

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: