राष्ट्र बैंकको गर्भनर नियुक्त गर्न काँग्रेस र एमालेको भागबण्डा मिलेन


काठमाडौं, चैत्र ५ – राष्ट्र बैंकको गर्भनर र एमआरपी पासपोर्ट छपाइका बिषयमा निर्णय गर्न बस्ने भनिएको मन्त्रिपरिषदको बैठक बिहीबार अन्तिम समयमा स्थगित भएको छ । बैठकमा भाग लिन मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा पुगिसकेका थिए ।’सबै मन्त्रीहरु उपस्थित भएर पनि काँग्रेस र एमालेको भागबण्डा नमिलेका कारण आजलाई स्थगित भयो’ आपुर्तीमन्त्री राजेन्द्र महतोले संवाददाताहरुसंग भने ।

राष्ट्र बैंकको गर्भनरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाका बारेमा कांग्रेसको नेतृत्वले सहमति जनाएपनि सो पार्टीका मन्त्रीहरुले संबैधानिक अंगहरुसंगै प्याकेजमा नियुक्ति गर्ने भनेपछि मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) लगायतले पनि संबैधानिक समितिमा दावी गरेको छ । ‘संबैधानिक नियुक्तिमा हाम्रो पनि दावी छ’ उपप्रधानमन्त्री विजय गच्छेदारले भने, ‘सबैलाई एकै चोटी प्याकेजमा नियुक्ति गरिनु पर्छ ।’ दलहरुबीच भागवण्डा नमिलेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र महालेखा परिक्षकको कार्यालयमा पदाधिकारी नियुक्ति गर्न सकेको छैन । सत्तारुढ दल कांग्रेस र एमालेको विवादका कारण झण्डै दुई महिनादेखि रिक्त राष्ट्र बैंकको गर्भनरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त गर्ने सहमति दुई पार्टीको नेतृत्वबीच बुधबार साँझ भएको श्रोतको दावी छ ।

गर्भनर नियुक्त गर्न बुधबार बसेको मन्त्रिपरिषदको बैठक पनि कांग्रेस र एमालेको अडानका कारण अनिर्णित बनेको थियो । गर्भनर सिफारिस समितिले खतिवडासँगै अर्थसविच रामेश्वर खनाल र राष्ट्र बैंकका डेपुटी गर्भनर वीरबिक्रम रायमाझीको नाम सिफारिस गरेको थियो । कांग्रेसले भने खतिवडा पार्टीको मान्छे भएकाले रायमाझी र खनाल मध्ये एकलाई गर्भनर बनाउने अडान राख्दै आएको छ ।वित्तिय संकटका बेलामा मौदि्रक अर्थशास्त्री भएकाले केन्द्रीय बैंक हाँक्न सक्ने भन्दै एमालेले खतिवडालाई नै गर्भनर बनाउनुपर्ने अडान राख्दै आएको थियो । यसअघिका गर्भनर विजयनाथ भट्टराईको कार्यकाल माघ १७ गते सकिएपटि राष्ट्र बैंक नेतृत्वविहीन छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: