कुवेत स्थित एसिया लिग फूटबल टुर्नामेण्टमा नेपाल र ईण्डिया चुर्चिल बीच प्रतिस्पर्दा


सुजन के. सी.           

              १८ मार्च कुवेत , एसिया लिग फूटबल टुर्नामेण्ट सिजन वन अन्तर्गत शुक्रबार नेपाल र ईण्डियन क्लब चुर्चिल बीच प्रतिस्पर्धा हुने छ । शोयख फूटबल मैदानमा खेलिने यो गेम नेपालको लागि निकै चुनौतीपूर्ण रहेको छ । यदी नेपालले ईन्डियालाई हराउन सफल भयो भने क्वाटर फाईनलमा प्रवेश गर्ने छ, प्रतियोगितामा कायम रहनको लागि ड्र खेल्नु पर्ने छ । हारसँग नेपालको यात्रा समप्ती हुने छ । 

               नेपाली टिमको प्रतिनिधित्व गरिराखेको माउण्ट एभरेष्ट क्लबका उपाध्यक्ष तथा नेपाली फूटबल टिमका संयोजक धर्मराज गिरीका अनुसार नेपालले यो गेम कुनै हालतमा जित्नु पर्ने बताउनु हुन्छ । वहाँ भन्नु हुन्छ, ईण्डियन टिमको फर्वाड राम्रो भएता पनि डिफेन्स कम्जोर छ । हामी डिफेन्स बलिओ पारेर खेलियो भने जित हाम्रो हुने छ । कोच जगत मगर भन्नु हुन्छ नेपाली खेलाडीले उत्कृष्ट पर्दशन गर्नु पर्छ । ईण्डियन टिम निकै राम्रो छ । हामी जितलाई निरन्तरता दिन चाहन्छौ । हाम्रा खेलाडीहरु आफ्नो प्रतिभा अनुसारको खेल देखाउन सके भने जित हाम्रो हुने छ ।

              नेपालको लागि यो लिगको तेस्रो गेम हो । नेपालले पहिले गेम बंगलादेशसँग बराबरी खेलेको थियो भने दोश्रो गेममा श्रीलंकालाई ५ गोल ठोकी ऐतिहासिक जित प्रदर्शन गरेको थियो । युवा हिमालयन हिरो भरिएको नेपाली टिम नयाँ जर्सी र नयाँ जोशमा छ । यदी रणनिती सहि हुने हो भने कुनै पनि टिमलाई हराउन सक्षमा छ । यो गेम जित्नको लागि जर्मेनीको सिद्धान्त आपनाउन पर्ने देखिन्छ । Attack is the Best Defence । ईण्डियन टिमको डिफेन्स कमजोर छ । नेपालले उनिहरु माथि लगातार आक्रमण गरी उनिहरुलाई अगाडि बढन दिनु हुँदैन । उनिहरुलाई आक्रमण गर्न नदिएर रक्षात्मक खेल्न वाध्य गर्न सकियो भने जित नेपालको हुने छ ।

१९ मार्च २०१०, शुक्रबार बेलुकी ५:०० बजे Shuwaikh Fire Station Football Ground

 

3 Responses

  1. if we play with the same winning combination we can them a tuff chance even we can win.so my advice is that play with the same and lets see tomorrow or the result.SO ALL THE BEST FOR OUR TEAM 7 pray for a win tomorrow.

  2. सम्पूर्ण खेलडी मित्रहरु राम्रो सँग खेल्ने झगडा गर्नु हुँदैन
    आफु बचेँर र् अरुलाई पनि बचाएर खेल्नु होला है बेस्ट अफ लक kaluman rai jhapa 55403413

  3. mero pani mathiko sathi kaluman & hima rai ko jasto comment ra sandesh cha sabai kheladi lai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: