विशेष अधिवेशनको माग गर्ने तयारीमा -प्रचण्ड


केदार नाथ खरेल ,कुवैत

बर्तमान देशको जिर्ण आर्थिक,राजनीतिक र संविधान लेखन प्रतिको वाधा र अवरोधहरुलाई सहज बनाई छिटो-भन्दा छिटो संविधान तयार होस् भन्ने मनसायले यस अवस्थालाई मध्यनजर गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउनु भएको छ। उहाँले भन्नु भयो बर्तमान सरकार सबैतिरबाट असफल भइसकेका यस अवस्थामा देशको हित अनुकुल आफ्नो पार्टीले विशेष अधिवेशनको माग  गर्ने र कसरी छिटो भन्दा छिटो संविधान लेखन कार्यलाई पूर्णता दिई देशलाई यस जटिल अवस्थाबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने सम्बन्धमा बृहत छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । “महँगी र भ्रष्टाचार व्याप्त छ, सरकार सबैतिरबाट असफल भइसकेको छ । हामी विशेष अधिवेशन बोलाई सदनमा गम्भिर रूपमा छलफल गर्छौं”- क्रान्तिकारी पत्रकार संघले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले भन्नुभएको स्रोतले जनाएको छ । विशेष अधिवेशन बोलाउने’bout पार्टीमा छलफल भइरहेकाले यस सम्बन्धमा छिट्टै निर्णय हुने उहाँले बताउनुभयो ।  दलहरूबीच सहमति भए संविधान निर्माण र सेना समायोजनमा समस्या नरहेको र एकीकृत नेकपा माओवादी जेठ १४ मा संक्षिप्त नभई पूर्ण संविधान निर्माण हुनुपर्ने पक्षमा रहेको बताउनुभयो । समयमै संविधान निर्माणका लागि सरकार बाधक रहेको प्रचण्डको आरोप छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कुनै गोप्य सहमति नभएको उहाँले दाबी गर्नुभयो। साथै अनौपचारिक कुराकानीमा कहिलेकाहीँ गिरिजाबाबु तीन हजारलाई सेनामा समायोजन गर्ने भन्नुहुन्थ्यो, म दश बार हजार सेनामै हुनुपर्छ भन्थेँ- उहाँले भन्नुभयो ।  “समायोजनअघि लडाकुहरुसँग एकपटक सोध्नु पर्छ को सेनामा जान चाहन्छ, को प्रहरीमा, को पढ्न चाहन्छ, यि यावत कुराहरु उनीहरूलाई सोधेर मात्र गर्नुपर्छ, उहाँले भन्नुभयो । उहाँले समायोजना’bout सेना र विदेशीले जे भने पनि राजनीतिक सहमतिका आधारमा त्यसलाई टुङ्ग्याइने दाबी गर्नुभयो । उहाँले माओवादी लडाकू शिविरमा छैनन् भन्ने कुरा निराधार रहेको भन्दै हाम्रा लडाकू अहिले पनि सिविरमा छन् भन्नुभयो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: