• nepalkuwait.com




  • photos

  • Advertise Here

राष्ट्रिय पानी सप्ताहा शुरु


               काठमाण्डौँ, चैत ४ गते । राजधानीवासीले खानेपानी र जलविद्युत्को हाहाकार भोगिरहेका बेला बुधबारबाट औपचारिक रूपमा राष्ट्रिय पानी सप्ताह सुरु गरिएको छ । स्वस्थ्य विश्वका लागि सफा पानी भन्ने मूल नाराका साथ सुरु भएको सो पानी सप्ताहको उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले आगामी दिनमा स्वच्छ पानीको अभाव विकासका लागि प्रमुख चुनौतीका रूपमा हुनसक्ने बताउनुभयो ।

              पानी मानव सम्मुन्नतिका लागि दोहन गर्दा स्रोतको संरक्षणप्रति पनि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल सङ्घीयतामा जाने क्रममा रहेको र यसबाट आगामी दिनमा जलस्रोतको विषय प्रादेशिक विवादको विषय हुनसक्ने बताउनुभयो ।उहाँले आगामी दिनमा पानीमाथिको समानुपातिक पहुँच कायम गर्नेतर्फ आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो । मन्तव्य व्यक्त गर्दै जल तथा उर्जा आयोग सचिवालयका सचिव किशोर थापाले अहिले एकीकृत जल व्यबस्थापनको विषय उठेको यस ’bout धेरैलाई यसलाई आम जनताले बुझ्ने ढाँचामा विकास गर्नु पर्ने  बताउनुभयो ।

              सो अवसरमा मन्तव्य व्यक्त गर्दै जलस्रोत विकास संस्थाका इश्वरराज वन्तले नेपालको उत्तरी भेगमा रहेका हिम टाकुरा जलस्रोतको ठूलो भण्डार रहेकाले तिनको समुचित उपयोग गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पूर्वमन्त्री गणेश साहले स्वच्छ पानी आमा मानिसको नैसर्गिक अधिकार भएकाले नयाँ बन्ने संविधानमा यसलाई मौलिक हकमा राख्नु पर्ने बताउनुभयो । सरकारी तथा गैर सरकारी संस्थाहरूले संयुक्त रुपमा आयोजना गरेको सो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उपत्यका भित्र र उपत्यका बाहिर पानी’bout जनचतना जगाउने विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । गोपस

टिप्पणी छोड्नुहोस्