सिंगापुरसँग नेपाल पराजित


              काठमाडौ, चैत्र ४ –  नेपाली प्रशिक्षक रोय डायसले पनि माने, ‘सिंगापुर जितका लागि पूरा हकदार थियो ।’ एसीसी यू-१६ एलाइट कपमा सिंगापुरको उपाधि यात्रा डायसको भनाइले पूर्णतः बयान गरिरहेको थियो । मंगलबार कीर्तिपुरको मैदानमा भएको फाइनलमा नेपाली क्रिकेटको परम्परागत समस्या किशोर टिममा पनि देखियो । यसले सिंगापुरलाई जितसम्म पुग्न सहज बनाएको थियो । फाइनलमा नेपाल सिंगापुरसँग ६८ रनले पराजित भयो । यो हारसँगै नेपालको उमेर समूहका सबै प्रतियोगिता जित्ने सपना पूरा भएन । सन् १९९८ देखि आपmनो भूमिमा भएका एसीसी प्रतियोगिताका फाइनलमा नेपाल पहिलोपल्ट पराजित पनि रह्यो । हारमा दुःखी प्रशिक्षक डायसले वर्तमान किशोर टिम फाइनल पुग्नु नै महत्त्वपूर्ण भएको बताए ।उनले फाइनल यात्राको सम्पूर्ण श्रेय टिमका खेलाडीलाई दिए । उपाधि भिडन्तमा सेमिफाइनलसम्म अपराजित टिम भिड्दै थिए । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्‍यो । उसले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनायो । नेपाल २२ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।करिब ५ हजार दर्शक उपस्थित खेलमा सिंगापुरको सुरुआत सामान्य रह्यो । देवेन्द्र सोमारेले नेपाललाई पहिलो सफलता दिलाए । उनले एक रन जोडेका सिंगापुरका प्रारम्भिक ब्याट्सम्यान केशव सिसधरीलाई दोस्रो ओभरको अन्तिम बलमा आउट गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान आइसान शेखरले विकास राजगोपालसँग २० रनको साझेदारी गरे ।शेखर २१ रन जोडदा सतीश भगतको बलमा कप्तान स्विचन शाहद्वारा मिडअफमा समातिए । नेपालले पाँचौं ओभरदेखि स्पिनर सुरु गरेपछि सिंगापुरको रन गति केही कम भयो । उत्कृष्ट र्फममा देखिएका राजगोपालले कप्तान वरुण शिवरामसँग ३२ रनको साझेदारी गरे । वरुण राजीव शाहको बलमा कट एन्ड बोल्डभए । ‘बेस्ट ब्याट्सम्यान’ बनेका राजगोपालले चौथो अर्धशतक पूरा गरे ।उनी निश्चल पाण्डेको बलमा ५८ रन जोडदा हरि चौलागाईंको हातबाट समातिए । निश्चल बेस्ट बलर तथा ‘म्यान अफ द सिरिज’ भए । केही अस्वस्थ देखिएका निश्चलले आफ्नो विकेट संख्या १६ पुर्‍याए । सुसन श्रेष्ठको बलमा एलबीडब्लूको सिकार बन्नुअघि मोहित कुलकणर्ीले ९ रन जोडे । सिंगापुरले ३६ ओभर समाप्तिमा १ सय २१ रन जोडेको थियो ।त्यसपछि पावर-प्लेको उपयोग गर्दै २४ रन जोड्यो । विकेटकिपर साम प|mयाङ्क अन्तिम बलमा रनआउट भए । सिद्धार्थ शिख १२ मा नटआउट रहे । प्रत्युत्तरमा नेपालले राम्रो सुरुआत गरेको थियो । लञ्चअघिको पाँच ओभरमा प्रारम्भिक ब्याट्सम्यान शरद खडका र निश्चल पाण्डेले २९ रनको साझेदारी गरे । उनीहरूले सिंगापुरका पेस बलरको राम्रोसँग सामना गरे ।सिंगापुरले पाँचौं ओभरमा अविराज सिंहलाई स्पिन आक्रमणको सुरुआत गराएको थियो । अविराजले छैटौं ओभरको अन्तिम बलमा ८ रन जोडेका शरद खडकालाई आउट गरे । टिमले ३१ रन जोडदा शरदलाई विकेटकिपर सामले स्टम्पिङ गरे । सातौं ओभरको तेस्रो बलमा ‘म्यान अफ द फाइनल’ नवीन पारमले सिंगापुरलाई अर्को ब्रेक-थ्रु दिलाए ।उनको बलमा ११ रन जोडेका निश्चल विकटकिपरद्वारा क्याच- आउट भए । त्यसपछि नेपालको ब्याटिङ लाइन धर्मरायो । नेपाली कप्तान स्विचनको खराब प्रदर्शन कायम रह्यो । उनी दुई रन जोडदा नवीनको बलमा विपक्षी कप्तान बरुणको हातबाट समातिए । नवीनले दीपेन्द्र चन्द (९) र सनम श्रेष्ठ (१०) लाई थप सिकारबनाए ।निश्चल र सनमबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाएनन् । टिमले १९ रन अतिरिक्त पायो । सरिशेखर पोगारुले ३ विकेट लिए । शिवम आहुजाको नाममा अर्को विकेट रह्यो । डायसले सुरुदेखिको ब्याटिङ कमजोरी फाइनलमा पनि देखिएको बताए । ‘फाइनलसम्म पुग्नुको सम्पूर्ण जस खेलाडीलाई जान्छ,’ उनले भने ।विजयी टिम प्रशिक्षक अर्जुन मेननले फाइनलमा स्पिनरको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए । ‘सुरुमा हामी १ सय ८० रन बनाउने योजनामा थियौं । नेपाली बलरले राम्रो प्रदर्शन गर्दै त्यो पूरा हुन दिएनन्’, उनले भने, ‘त्यसपछि ४० ओभर टिकेर खेल्ने योजना पूरा गर्‍यौं ।’ निश्चलले भने आफूले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताए । 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: