सय दिन वितीसक्दा पनि कुवेतमा दूतावास क्रियाशिल हुन सकेन


बिक्रम दाहाल

           नेपाली दूतावास कुवेतले सय दिन पुरा गरेको छ तर अझै सर्वसाधारण प्रवासीको कामको थालनी भएको छैन । अरु कतिदिन पर्खन पर्ने हो त्यस कुराको समेत आधिकारिक कुरा बाहिर आएको छैन । मन्त्रि आएपछि मात्रै उदघाटन गर्न दुतावासले पर्खेको नै हो भने त्यो पनि ठिकै छ बल्लबल्ल खुल्न लागेको दुतावासले तामझाम गर्नै पर्ने परम्परा भए त्यसलाई पनि स्वीकार्नै पर्ला नस्वीकारेर गर्नै पो के सकिन्छर जे होस नेपालमा ईतिहासकै जम्बो मन्त्रिमण्डल बन्दा पनि कुवेतमा आएर ध्वजो काट्ने फुस्रद कुनै मन्त्रिलाई नहुनु स्वाभाविक नै मान्नु पर्छ किनकि यो न त अमेरिकन राज्य पर्यो न त युरोपियन नै,  कुवेतको तातो हावा चल्ने सिजनमा यहाँ रहेका श्रमिकसँग मिल्ने हतारो र फुस्रद कसले निकाल्ने परराष्ट्रमन्त्रिको पेवा विभाग र उनको यो निजी भाग हो भने पक्कै पनि अर्को हनिमुन दूतावास कर्मचारीले मनाए पनि केही फरक पर्दैन । हामी पनि प्रवासीहरुलाई भनि दिन्छौ प्राविधिक समस्या बाँकी नै छन् । यसरी नै ढाटी दिन्छौ, दूतावास नखुलेर के भो ? उद्धार र राहातका काम प्रसस्तै भईरहेकै छन । यहाका राजा महाराजालाई भेटने काम भई नै रहेको छ आदी आदी ……कुवेतवासी प्रवासी जती लामो समय पनि धैर्य गर्न तयार छन र सक्दछन । बर्षौ विना दूतावास यहाँ रहेका नेपालीहरु दुःख लुकाएर होस् वा आँसु पिएर होस् जीएकै थिए । दूतावास बस्दैमा आकाश नै फर्किन्छ वा कुवेत नै थर्किन्छ की जस्तो गरेर सोच्ने गरेका प्रवासी कुवेतवासीहरु विस्तारै निराश बन्दै गईसकेका छन् र दूतावास प्रतिको अघात आस्था र अपेक्षा मनवाट निकालेर भन्न थालिसकेका छन की हामी थोरै बुझ्ने र धेरै सोच्ने गर्दारहेछौ । हो वास्तवमा भोकोले छिटो खान हतार गर्छ तर अघाएकोलाई त डर्कान आरमको जरुरत हुन्छ नै । सय दिन वितीसक्दापनि कुवेतमा दुतावास क्रियाशिल हुन नसक्नु वास्तवमै विचित्रकै कुरा भईसक्यो । गर्नेलाई कहाँसम्म भएको होला र यी तर्कहरु प्रति तिब्र असन्तिुष्टिी पनि रहला तर त्यो भन्दा ज्यादा असन्तिुष्टि तिनीहरुले व्यक्त गरिरहेका छन् जसरी स्यालले साँढे पच्छ्याएर थाकेथ्यो ।
          जे होस एक विश्वस्त श्रोतका अनुसार दूतावास तेश्रो सातावाट सुचारु हुदैछ भन्ने सुन्दा खुशी नै लाग्यो । उदघाटनको पूर्वसंध्यामा सम्पूर्ण कर्मचारीको कार्यकालको अग्रिम शुभकामना चढाऔं र शुरुवाती अवस्थामा नै दुतावासको लामो तयारीबाट तयार गरिएको प्रवासीहरुको सुरक्षित भविश्यको संकेत अपेक्षा गर्न पाईयोस न की दूतावासवाट वरको र परको व्यवहारको अनुभूती । प्रवासमा रहेका पत्रकार हुन या स्वदेशका पत्रकार हुन स्वभाविक हो यो छुचो जातबाट हैरानी महसुस गर्ने गरिन्छ । यो क्षेत्रलाई आफ्नो पक्षमा जोताईरहने वा भरयाङ्ग बनाएर चढिरहने सोच राखिन्छ र त्यो हुन नसके मनोवैज्ञानिक शारिरीक वा मानशिक दवाव समेत दिईन्छ । नव स्थापित दूतावास कुवेतबाट यहाँ कार्यरत संचारकर्मी सहयोगात्मक र संयोजनकारी भूमिकाको अपेक्षा राखेका छन, हेरौ नेापली दूतावास कुवेतले कस्तो अपेक्षा राख्नेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: