माओवादी आन्दोलनलाई जनस्तरसम्म विस्तार गर्न जनताको घर दैलो कार्यक्रम


सिताराम बराल-काठमाण्डौ

राष्ट्रिय स्वाधिनताको आन्दोलन सन्चालन गरिरहेको एकिकृत नेकपा माओवादी आन्दोलनलाई जनस्तरसम्म विस्तार गर्न जनताको घर दैलोमा पुग्ने भएको छ । अहिलेसम्मको आन्दोलन पार्टी समर्थक र कार्यकर्तास्तरमामात्र आन्दोलन सीमित रहेको ठहर गर्दै माओवादीले आन्दोलनलाई जनस्तरसम्म विस्तार गर्ने योजना अनुरुप घर दैलो कार्यक्रम सन्चालन गर्न लागेको हो ।
निर्धारित मितिमा सम्बिधान नबने बिद्रोहमार्फत् सत्ता कब्जा गरी आफै सम्बिधान बनाउने तैयारीमा रहेको माओवादीको बृहद घरदैलो कार्यक्रममा केन्द्रीय सदस्यदेखि गाउँ र वडा तहका कार्यकर्तासम्म परिचालित हुनेछन् । यसरी लाखौं कार्यकर्ता परिचालन गरी बिद्रोहमा लाखौं जनता उतार्ने योजनामा माओवादीले बनाएको छ ।

बिद्रोहको विस्तृत योजना सार्वजनिक नगरेपनि पहिलो योजना अनुसार माओवादीले यही चैत्र २४ गते ७५ वटै जिल्लामा बृहद सभा गर्ने भएको छ । ‘त्यसपछि लगातार रुपमा आन्दोलनका कडा कार्यक्रम आउनेछन् र नयाँ सम्बिधान नबनुन्जेलसम्म पार्टी आन्दोलनमा हुनेछ’ श्रोतले भन्यो- ‘यसैकालागि त्यस अबधिसम्म केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्ताहरुलाई जनताको घरदैलोमा पठाउन लागिएको हो । एकिकृत माओवादीको गत माघ २१ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले फागुन १ देखि चैत्र २४ सम्म राष्ट्रिय स्वाधिनताको आन्दोलन सन्चालन गर्ने निर्णय गरेको थियो । यस अन्तर्गत राष्ट्रिय कार्यकर्ता प्रशिक्षण र क्षेत्रीय प्रशिक्षण पनि तय गरिएको थियो । फागुन ५-७ मा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भैसकेको छ भने क्षेत्रीय प्रशिक्षण कार्यक्रम हुँदैछन् ।राष्ट्रिय कार्यकर्ता भेलाको समापनपछि फागुन २७ ललितपुरमा भएको नेवा राज्यस्तरीय कार्यकर्ता भेलालाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिएका छन् भने कोचिला राज्यस्तरीय फागुन २९ को कार्यकर्ता भेलामा सचिव सीपी गजुरेलले प्रशिक्षण दिएका छन् । माओवादीले बिद्रोहकालागि प्राथमिकता राजधानी काठमाडौं वरिपरि र उसको उदगमस्थल रोल्पा लगायतको मगराँत क्षेत्रलाई दिएको देखिएको छ ।मगराँतमामात्र माओवादीले राज्य समितिस्तरीय ४ वटा प्रशिक्षण राखेको छ । जसअनुसार शनिवार र आइतबार मगराँतको बाग्लुङ्गमा एउटा प्रशिक्षण भैसकेको छ । त्यहाँ महासचिव रामबहादुर थापा मगर ‘बादल’ ले प्रशिक्षण दिएका थिए । यसका अलवा बादलले नै चैत्र ४ मा पाल्पामा, चैत्र ६ मा प्यूठानमा प्रशिक्षण दिँदैछ भने मगराँतकै सल्यानमा हुने चैत्र ६ को कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ ले प्रशिक्षण दिनेछन् ।राजधानी उपत्यकालाई घेरेको र बिद्रोहद्धारा सत्ता कब्जाकालागि सबैभन्दा महत्वपूर्ण मानिएको ताम्सालिङ्गमा माओवादीले ३ वटा राज्य समितिस्तरीय प्रशिक्षण राखेको छ । जसअनुसार मकवानपुरको हेटौंडामा महासचिव ‘बादल’ ले नै प्रशिक्षण दिइसकेका छन् । यसका अलवा चैत्र २ नुवाकोटमा र चैत्र ३ सिन्धुपाल्चोकको खाडीचौरमा बादलले नै प्रशिक्षण दिँदैछन् । यस्तै प्रशिक्षणहरु अन्य राज्य समितिमा भैसकेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: