प्रहरी नै चन्दा असुलीमा


            विक्रम लुइँटेल, (मोरङ), नागरिक सुरक्षा कोषका नाममा पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गैरकानुनी रूपमा ५० लाखभन्दा बढी रकम उठाउने अभियान शुरू गरेको छ। नागरिक सुरक्षा कोषमा रकम उर्ठाई त्यो रकम सुराकीलाई दिने पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरी नियमावली र वर्तमान कानुनमा प्रहरीले नागरिकसँग पैसा मागेर सुराकीलाई दिने प्रावधान नभए पनि सो कार्यालयले मनोवैज्ञानिक त्रास पारेर व्यवसायी र उद्योगीसँग रकम उठाउन शुरू गरेको हो।

मगलबार पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भीष्मराज प्रसाईंले पत्रकार सम्मेलन गरी रकम उठाउने घोषणा गरेका हुन्। यसअघि बिहान उद्योगी-व्यवसायीसँग पैसा उठाउनेबारेमा छलफल गरेका थिए। छलफलमा सहभागी एक व्यवसायीले मनोवैज्ञानिक रूपमा त्रासमा पारेर रकम माग गरेको जानकारी दिनुभयो। रकम कसरी, कुन कानुनी हैसियतमा उठाउने हो, त्यो प्रस्ट नपारी गरिएको यो कामले कानुनी राज्यको उपहास गरेको व्यवसायीको आरोप छ।

चन्दा आतंकवादबाट आजित भएका व्यापारी र सर्वसाधारणलाई राज्यले सुरक्षा दिनुको साटो उल्टै पैसा उठाएर सुरक्षाको प्रबन्ध गर्ने कुरा असम्भव भएको उनीहरूको भनाइ छ। एक व्यवसायीका अनुसार विराटनगरबाट पाँच जना उद्योगी-व्यवसायीले एक-एक लाख रूपियाँ दिने प्रतिबद्धता जाहेर गरिसकेका छन्।
केही उद्योगी-व्यवसायीसँग सम्बन्धित संस्थाले पैसा दिने पनि बताएका छन्। यस्तो रकम ५० लाख रुपियाँभन्दा बढी हुने अनुमान प्रहरीले गरेको छ।

व्यवसायी गिरेन्द्र कार्कीले सरकारको ठूलो रकम विशेष सुरक्षा योजनामा खर्च भइरहेका बेला नागरिक र व्यवसायीसँग रकम माग गर्नुले सन्देश राम्रो नजाने बताउनुभयो। नीतिनियमबिना यस्ता काम गर्न नहुने उहाँको तर्क थियो।

पत्रकार सम्मेलनमा भने प्रहरी नायब महानिरीक्षक प्रसाईंले नागरिक कोष कसरी सञ्चालन गर्ने भन्ने खाका बताउनुभएन। तर, रकम हतियार या हतियारसहित मान्छे पक्राउ गर्ने प्रहरी वा सूचना दिनेलाई दिइने जानकारी दिनुभयो। उहाँका अनुसार एके४७ राइफल बरामद गराएमा १ लाख, हतियारसहित अपराधी पक्राउ गराएमा १ लाख ५० हजार रुपियाँ सुराकीलाई गोप्य रूपमा दिइनेछ।

त्यस्तै इन्सास र एसएमजी बरामद गराएमा ७५ हजार, अपराधीसहित गराएमा १ लाख, चाइनिज पेस्तोल बरामद गराएमा २५ हजार, अपराधीसहित गराएमा ३५ हजार, पेस्तोल सिक्सर बरामद गराएमा ८ हजार, अपराधीसहित गराएमा १२ हजार, फ्याक्ट्र मेड पेस्तोल बरामद गराएमा ४ हजार, अपराधीसहित गराएमा ७ हजार, होम मेड कटुवा पेस्तोल बरामद गराएमा ३ हजार र अपराधीसहित गराएमा ६ हजार रुपियाँ दिने घोषणा पत्रकार सम्मेलनमा गरियो।

उहाँले यो अभियान बुधबारदेखि नै लागू हुने बताउनुभयो। उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो- ‘यो रकम कसरी सञ्चालन गर्ने निधो भएको छैन तर सुराकीको नाम गोप्य राखेर पैसा दिने अधिकारचाहिँ म आफैमा हुन्छ। यसका लागि पत्रपत्रिका र एफएममा पनि विज्ञापन दिएर रकम खर्च गरिने जनाइएको छ।’
नागरिक सुरक्षा कोषको नाममा कानुन कार्यान्वयन गर्ने निकायले नै गैरकानुनी रूपमा रकम उठाउन मिल्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो- ‘केही गल्ती भए टालटुल गरेर लेखिदिनुहोला, मैले गृहमन्त्रीसँग कुरा गरेरै यो काम गरेको हुँ।’ पत्रकार सम्मेलनमा प्रसाईंले पूर्वाञ्चलको सुरक्षा अवस्था सुध्रिएको बताउनुभयो।

उहाँले सात महिनाको अवधिमा गतवर्षको तुलनामा अपराध घटेको जानकारी दिनुभयो। अघिल्लो वर्ष२ सय ७८ वटा अपहरणका घटना भएकामा यस वर्षसात महिनाको अवधिमा ४२ वटा मात्र भएको र अधिकांशको प्रहरीले उद्धार गरेको जानकारी दिनुभयो।
अघिल्लो वर्ष२ सय ६८ दिन आंशिक बन्द भएकोमा यस वर्षको सात महिनामा २३ दिन मात्र बन्द भएको दाबी उहाँले गर्नुभयो।
– केही गल्ती भए टालटुल गरेर लेखिदिनुहोला, मैले गृहमन्त्रीसँग कुरा गरेरै यो काम गरेको हुँ

One Response

  1. Sampadak ju
    Namaskar tapai Haru Lay Kuwait ma Nepali Patrika Sanchalan Garnu Bhaya ko ma khusi Lago tas ko lagi Thanks, nepali Daju Bhai didi Bauni Haru ko dukhayso pokhnu Paunay Chan. Hertly Thanks.
    Chhatra Shrestha
    Hal New Delhi
    9911206496

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: