प्रतिस्पर्धाले सस्तियो मोबाइल सेवा


काठमाडौ, चैत्र ४ – ‘सात वर्षअघि मोबाइल लिँदा उठाएको पनि पैसा तिर्नुपर्ने व्यवस्था थियो,’ न्युरोडका किरण बज्राचार्यलाई यो सम्झँदा आश्चर्य लाग्छ । ‘अहिले धेरै परिवर्तन भएको छ,’ उनी भन्छन् ।तर सुरुमा खासै विकास हुन नसकेको मोबाइल बजार पछिल्लो पाँच वर्षमा भएको प्रतिस्पर्धाले धेरै विकास गराइदिएको छ । उठाउँदा पैसा तिर्नु नपर्ने मात्र होइन फोन गर्दा लाग्ने शुल्कमा पनि उच्च गिरावट आएको छ । उपभोक्ताको संख्यामा उच्च वृद्धि भएको छ ।

तीव्र योजनाका साथ पाँच वर्ष आएको स्पाइस नेपाल र त्यसले बनाएको प्रतिस्र्धाको वातावरणले मोबाइल प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि गरिदिएको हो । कम्पनीले मोबाइलको प्रयोगमा थपेका सुविधा र मोबाइल सेट शुल्कमा आएको गिरावटले पनि प्रयोग सहज बनाएको उनको भनाइ छ ।

पाँच वर्षअघि मोबाइल प्रयोगकर्ताको संख्या ३ लाख ८५ हजार ९ सय ९६ रहेको थियो । यो अहिले बढेर करिब ६० लाख पुगिसकेको छ । २०५६ मा मोबाइल सेवा सञ्चालन सुरु गरेको टेलिकमले पहिलो पाँच वर्षमा अत्यन्त न्यून ग्राहक बनायो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पाँच वर्षअघि नेपाल टेलिकमले प्रदान गरिरहेको मोबाइल प्रयोगकर्ताको संख्या २ लाख ९९ हजार १ सय ४० थिए । स्पाइसले सेवा सुरु गरेको वर्ष आफ्ना ग्राहकको संख्या ८६ हजार ८ सय ४४ पुर्‍याएको थियो । त्यसबेला मोबाइल घनत्व १ दशमलव ५० प्रतिशत मात्र थियो । मोबाइल घनत्व अहिले बढेर २३ दशमलव २२ प्रतिशत पुगेको छ ।

आठ वर्षअघि युनाइटेड टेलिकमले आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएपछि टेलिकमको बजार एकाधिकार प्रतिस्र्धात्मक बजारतिर गएको थियो । तर युटिएलले मोबाइल सञ्चालनको अनुमति नपाएकाले प्रतिस्पर्धाको वातावरण सिर्जना हुन सकेन । जसले नयाँ सेवा र शुल्क कटौतीमा बजार एकाधिकार पाएको टेलिकम केही हदसम्म झस्किएको जानकारहरू बताउँछन् । उच्च प्रतिस्पर्धाको वातावरण भने स्पाइस नेपालले एनसेल (तत्कालीन मेरो मोबाइल) सुरु गरेपछि भएको थियो ।

यसबीचमा मोबाइलमा इन्टरनेट सेवा चलाउन मिल्ने सुविधा (जिपिआरएस) सुरु भयो । सेवा लिँदा लाग्ने शुल्क घटेकाले धेरैको आर्थिक क्षमता मोबाइल सिम लिन सक्ने भयो । यस्तै सस्तिएको मोबाइल सेटले पनि यसलाई सहयोग पुर्‍याएको हो । दस वर्षअघि बजारमा एकाधिकार पाएको नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवा लिँदा ग्राहकले ५० हजार रुपैयाँ तिर्नुपथ्र्यो । त्यसमा उनीहरूले सिम र सेट पाउँथे । अहिले केही हजार रुपैयाँमा सेट र सिम दुवै सहजै लिन सम्भव भएको छ ।

‘पाँच वर्षको अवधिमा प्रायः सबै उपभोग्य सामग्रीको मूल्य उच्चदरले बढेको छ,’ नियामक प्राधिकरणका प्रवक्ता कैलाश न्यौपाने भन्छन्, ‘तर मोबाइल शुल्क र उपकरणमा उल्लेख्य गिरावट आएको छ । यसले प्रयोगकर्ताको उच्च वृद्धिमा सहयोग पुर्‍याएको छ ।’

मुलुकको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सिडिएमए र जिपिआरएस मोबाइल सेवा मुलुकका सबै जिल्लामा पुर्‍याएको छ । सिडिएमए सिम अझै पनि आवश्यकताअनुसार उपलब्ध गराउन नसक्नुले बजार अझै ठूलो भएको देखाउँछ । कम्पनीका अनुसार अहिले यसले मासिक १ लाखको हाराहारीमा सिम बाँडिरहेको छ ।

एनसेलले पनि आफ्नो सेवा क्षेत्र विस्तारमा उच्च गतिमा लागेको छ । युरोपमा सफल कम्पनी टेलिया सोनेराले करिब डेढ वर्षअघि यसको स्वामित्व लियो । गत साता नाम परिवर्तनको क्रममा कम्पनीले यस वर्ष पूर्वाधार विकासमा धेरै लगानी गर्ने घोषणा गरेको छ ।

हाल ५२ जिल्लामा सेवा पुर्‍याएको स्पाइसले यस वर्षभित्र सबै जिल्लामा सेवा पुर्‍याउने जनाएको छ । पछिल्लो समयमा कम्पनीले बारम्बार ल्याउने गरेको नयाँ योजना र शुल्क कटौतीले बजार विस्तारमा सहयोग पुर्‍याउँछ ।  

मोबाइल गुणस्तरहीनताका कारण देखिएका विभिन्न समस्याले उपभोक्ता अझ बढिरहेको छन् । ‘कम्पनीले सेवा दिँदा गुणस्तरमा धेरै ध्यान दिनुपर्छ,’ तिनकुनेका

मोबाइल प्रयोग गरेका मोहन कोइराला भन्छन्, ‘सेवा क्षेत्र र ग्राहकको उच्च वृद्धिसँगै उपभोक्ताले पीडा पनि बढी पाएका छन् ।’

ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्न अनुमित पाएका स्मार्ट टेलिकम र एसटिएम टेलिकमले सेवा सुरु गरिरहेका छन् ।

प्रयोगकर्ताको वृद्धि

कम्पनी/प्रकार    २०६२ साल    २०६६ साल

टेलिकमका जिएसएम मोबाइल     २ लाख ९९ हजार     ३९ लाख ५५ हजार

टेलिकमका सिडिएमए मोबाइल     –    ६ लाख ११ हजार

स्पाइसको जिएसएम मोबाइल     ८६ हजार     २२ लाख १८ हजार

मोबाइल घनत्व दर     १.५२ प्रतिशत    २७.२२ प्रतिशत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: