युएईमा संघियता विरुद्धको हस्ताक्षर अभियान,होटल देखि मजदुर क्याम्पसम्म पुग्यो टोली


  उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधी

        आखिर देशको माया सबैमा हुन्छ,र पनि विविध कारणले गर्दा विदेशिएका हामी नेपाली आफ्नो देश प्रती माया र चिन्ता गरिरहेका हुन्छौ भन्नुको राम्रो उदाहरण अहिले प्रवासमा रहेका नेपालीहरुको स्वतन्त्र समूहले नेपाललाई संघिय गणराज्य घोषणा गर्ने अनुरुप देशलाई प्लटिङ गर्दै बिक्री गर्न लागेको भन्दै ‘देश टुक्राउन पाइदैन,सघिंयता चाहिदैन’ भनेर नेपाल सरकार र देशका अन्य राजनितिक पार्टीहरुलाई दवाब दिने योजना अनुरुप चलाएको संघियता विरुद्धको हस्ताक्षर अभियानले यूएईमा तिब्ररुप लिएको छ ।

       यूएईका गल्ली,गल्ली अनि नेपालीहरुको जमघट हुने खुल्ला पार्कहरु,साथै कम्पनीहरुकै मजदुर(लेवर)क्याम्पहरुमै गएर आम सर्वसाधारण नेपालीहरुलाई संघियता र देशमा हुन सक्ने अप्रिय घटनालाई प्रस्ट्याउँदै संघियता विरुद्धको स्वतन्त्र अभियानलाई साथ दिन र निडर भएर हस्ताक्षर गर्नका लागि यूएईमा रहेका स्वतन्त्र विचार राख्ने र सामाजिक सेवामा समर्पित व्यक्तिहरुको भिन्न भिन्न टोलीले हस्ताक्षर अभियानलाई तिब्र रुपमा अगाडि बडाएका छन् ।   

      युएईमा हस्ताक्षर अभियानलाई तिब्रता दिने क्रममा यूएईको राजधानी आबुधाबीमा कृष्ण जिसिको नेतृत्वमा टेक हरी न्यौपाने र गुप्ता के. सी. (टिका) को एक टोलिले नेपाली कामदार कार्यरत विभिन्न कम्पनीहरुका मजदुर क्याम्पहरुमा नेपालीहरुलाई संघियताको बारेमा बहस र छलफल चलाउदै हस्ताक्षर अभियानलाई नेत्रित्व गरीरहेका छन् ।

      यसै क्रममा आबुधाबीको  मुसफा साबियामा रहेको अलडार कम्पनिको क्याम्पमा टेक हरी न्यौपाने र गुप्त के. सी.(टिका)र सनैयामा रहेको पार्क इन्टरनेश्नलको क्याम्पमा कृष्ण जि. सी. ले संघियताको बारेमा स्पष्ट पार्दै यो राष्ट्रको अत्यन्तै महत्वपुर्ण सबाल भयको हुदा सम्पुर्ण प्रबासि नेपालिहरुले हातेमालो गर्दै यो अभियानमा सहयोग गर्नुहुन अनुरोध गर्दा त्यसमा  अधिकांश नेपालीहरुले जायज माग भएको भन्दै आफ्नो सदैव साथ रहने बताए ।

       प्युठानका इन्द्र बहदुर घर्ति मगर संघियताको नाममा जनतालाई जात-भातको नाममा उचालेर झुक्काउने अर्को एउटा अस्त्र मात्रै हो भन्दै ,यदि साच्चिकै रुपमा दबाव र उत्पिडनमा रहेका जात जातिहरुको उत्थानको लागि हो भने खोइ कामि,दमाई,सार्कि,दनुवर लगायतका त्यस्ता जातिहरुको सबाल? अनि अहिलेको युग मा पनि राउटेहरु जगंलमै छ्न खै तिनिहरुको राज्य? त्यसैले यो सबै जनतालाई झुक्काउने खेल् मात्रै भएकोले आफु यो अभियनमा पुर्ण रुपमा सहयोग् गर्ने बताए ।

          अझ स-सक्त र व्यवस्थित बनाएर नेपालीको प्रत्येक क्याम्प क्याम्पमा पुग्नकोलागि सहजहोस् भनि कृष्ण जिसीको नेतृत्वमा सघियता बिरुद्धको हस्ताक्षर अभियान संघर्ष समिति आबुधबिको गठन समेत गरेको बताईएको छ । सो समिती अन्तर्गत बलु पाण्डे, टेक हरि न्यौपाने, गुप्ता के सी (टिका),  हेम के सी,  चिना राउत, योगेन्द्र थापा, चन्द्र परियार, खल बहदुर जि सी, रामु के सी र इन्द्र बहदुर् घर्ति मगर रहनु भएको छ। सो समितिले आ-आफ्नो कार्य बिभाजन समेत गरी हस्ताक्षर सकंलन अभियानलाई तिब्ररुपमा लैजाने भएका छन ।
 
        आबुधावीको मुसफा आईकाड क्याम्पमा – टेक हरि न्यौपाने र गुप्ता के सी (टिका), सनईया एरियामा-चन्द्र परियार,इन्द्र बहदुर् घर्ति मगर र रामु के सी, साबिया एरियामा-योगेन्द्र थापा, हेम के सी र खल बहदुर् जि सी, शेख प्यालेसमा – बलु पाण्डे, तबेला एरिया र अलफाया एरियामा- कृष्ण जि सी र चिना राउतलाई जिम्मा दिईएको छ । साथै अलऐन क्षेत्रमा-धुर्ब बहादुर कुँवर र चुमान सिंह काउछा अनि अजमान, रासलखेमा र फुजेरको जिममा कृष्ण के सी लाई दिईएको छ।

        यता यूएईको अर्को शहर सोनापुरमा यम बहादुर पुन र लाल बहादुर पुनको एक टोलीले हस्ताक्षर अभियानलाई डोहोराएको छ । यूएईमा रहेका करीव डेढ लाख नेपाली मध्ये कम्तीमा पनि एकलाख सम्मको हाराहारीमा पुराउने उदेश्य  अनुरुप संघियता विरुद्दको हस्ताक्षर अभियान यूएई समितीका सदस्य लागि परेका छन ।  

        अचम्म छ , जनमत जुटाउन नेपालमा त झुट्टा आश्वासनका खेती गरिन्छ, तर प्रवासमा बस्ने नेपालीहरुको यो सकृयातालाई झिनो ठान्नु आँफैमा भुल गरे सरह हुने छ भन्छन एक सर्वसाधारण अर्घाखाँची बल्कोटका रेनु प्रसाद खनाल,उनी यूएईमा सामान्य मजदुरी गर्दै आएका छन । उनी नेपालमा रहँदा नेकपा एमालेको जिल्लास्तरिय केन्द्रिय सदस्य समेत थिए । अहिले सत्ताका लागि संघियतालाई आफ्नो पार्टीले स्वीकारेकोमा चिन्ता गर्छन् । संचार माध्यमबाट यूएईमा हस्ताक्षर अभियान चलाइएको छ भन्ने सुने पछि पत्रकार धर्मेन्द्र कुमार यादवसँग सम्पर्क गरि उनी हाम्रो सम्पर्कमा आएका हुन । अहिले उनी दुबइका लागि अत्यधिक मजदुर बस्ने क्षेत्र अल्कुजमा अभियानलाई नेत्रित्व गरिरहेका छन ।        

            कहिले दुबइको अती ब्यस्त र अत्यधिक नेपालीको जमघट हुने बरदुबई स्थित नेपाली चोक नजिक रहेको क्यारिफोर पार्कमा त कहिले मजदुर क्याम्पहरुमा गएर छलफल र अपिल जारी गर्दै स्वईच्छामा हस्ताक्षर अभियान चलाऊन प्रमुख भूमिका यूएईमा रही लामो समय समाजसेवामा आफ्नो समय खर्चिएका समाजसेवी कृष्ण ढकाल, अन्तराष्ट्रिय एकता समाजका उपाधक्ष्य तथा एकता समाज यूएईका अधक्ष्य मान बहादुर थापा, अन्तराष्ट्रिय नागरिक समाज यूएईका यसके भण्डारी,पत्रकार शकंर ज्ञवाली, धर्मेन्द्र कुमार यादब लागि परेका छन । त्यसै गरी दुबइ को बरदुबई,डेरादुबइमा शिब कुमार जोशी र तर्क बहादुर पुन लागि परेका छन भने सतुवा क्षेत्रको नेत्रित्व पुस्कर रिजालले गरेका छन ।

           हस्ताक्षर अभियानको एक टोली कृष्ण ढकालको नेत्रित्वमा दुबइका विभिन्न स्थानहरुमा हस्ताक्षर सकंलन गर्दै अत्यन्तै विकट भित्री बसाईहरुमा पुगेका छन् । ति स्थानहरुमा बसोबास गर्ने नेपालीहरुको संघियता विरुद्दको अभीयानमा रहेको प्रतिकृया र विचार समेट्नका लागि अर्घाखाँची टाईम्सका लागि मध्यपुर्व प्रमुख प्रतिनिधि स्वयं समेत पुगेका थिए । प्रतिकृया लिने क्रममा अधिकांश नेपाली मजदुरहरुले होटल र ठुला ठुला भवनमा पैसा खर्चेर गरिने अन्य कार्यक्रमको तुलनामा सो अभियानलाई  देश छोडि विदेशिन वाध्य पारीएका आफुहरुको समेत मत लिन घर-घर(मजदुर क्याम्प)मा आएको टोलीलाई धन्यवाद व्यक्त गरे भने सक्दो स्वागत सत्कार समेत गरे ।      

           टोलीले आफुहरु कुनै राजनितिक विचारधारा तथा दलको झण्डा बोकेर नहिडेको साथै नेपालमा संविधान सभामा सहभागी जम्मा २५ दल मध्ये एक मात्र दलको एक सभसदले राखेको बिचारलाई समर्थन गर्दै आफुहरु पनि देश प्रती माया गर्ने र राष्ट्रका लागि आफ्नो आहुती दिन तयार भएकोले दवाब स्वरुप प्रवासबाट आफुहरु लागि परेको बाताए । हस्ताक्षरका लागि सहभागि केही सर्वसाधारणको जिज्ञासामा टोलीले यसरी सकंलित हस्ताक्षरलाई सकेसम्म नेपाल पुगेर सभाअध्यक्ष्य सुबास नेवाङ मार्फत नेपाल सरकारलाई बुझाउने अन्यथा नेपाली दुतावास यूएई मार्फत नेपाल सरकारसम्म पुराउने प्रतिबद्धता जनाएका छन् । 

               अहिले नेपालमा मात्रै नभई नेपालीहरु भएका संसारका अन्य मुलु हरुमा संघियता विरुद्दको हस्ताक्षर अभियान विभिन्न रुपमा अगाडि बढाईएको छ । नेपा मा संघीयताको नाममा जात जाती,धर्म संस्कृती र एक आपसमा रहेको सहीषुणतालाई बिगारी देशलाई जातिय द्वन्दमा लैजाने षडयन्त्र भएको भन्दै त्यस तर्फ सचेत गराउन दवाब स्वरुप यस्तो अभियान चलाइएको हो । अहिले हामी विदेशमा रहदा शानले भनिने नेपाली शब्द नै आउने दिनमा मेटिने हो कि भन्ने चिन्ताले सबै लाई छोएको छ । आफु प्रदेशमा आउँदाको बखत कुनै जिल्ला र अञ्चल हुँदै आएको अब फर्किदा कुन राज्यमा फर्किनु पर्ने हो? भन्ने पिरलोले प्रदेशिएका नेपाली लाई सघिंयता बिरुद्दको अभियानमा हस्ताक्षर गर्न असहज नहुने सबैको बुझाइरहेको छ भने सोही अनुरुप अभियानमा उत्साहजनक जनसह-भागिता रहेको छ ।

          स्मरण रहोस अहिले मध्यपुर्वका खाडी राष्ट्र ॉहरुमा मात्र होइन युरोपको बेल्जियम लगायत अन्य नेपाली रहेका देशमा यस्तो खालको अभियान चलाईएको छ भने नेपालमा सघिंयताको विरुद्धमा गठित विभिन्न संघ-संस्था र प्रतिनिधिहरुको सहभागीतामा अब एक जुट भएर लड्नका लागि सम्युत्त मोर्चा बनाउने उद्देश्य अनुरुप यसै हप्ता एक खुल्ला अधिवेशन समेत गरिन लागेको समाचार हरुमा जनाईएको छ।   

 
उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रतिनिधि
नेपाली समाचारपत्र पाक्षिक बिशेष सम्वादाता-यूएई 
Mobile:+971-559104336
www.arghakhanchi.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: