कालीगण्डकी बचत समुह नेपाल, कुवेतको “सार्वजनिक जानकारी”


 कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

तपाईंहरुको सहयोग एवं अथाह ममताबीच हालसालै यस नगरीमा संगठित कालीगण्डकी बचत समुहको एक जिम्मेवार पक्षबाट यस समुहको सैद्दान्तिक एवं नितिगत कार्यक्रमका टिका-टिप्पणीहरु बारे आज आम प्रवासी नेपालीहरुबीच सार्वजनिक गराउन चाहन्छौं । जसलाई निम्न बमोजिम ३ पृथक ढंगमा वर्गिकरण गरी सार्वजनिक गरिएको छ ।

) कालीगण्डकी बचत समुहबारे छोटो परिचय :-

कालीगण्डकी बचत समुह २०१० साल जनवरी १५ तारिखको दिन कुवेत नगरीमा गठन भएको सँस्था हो । सानो बचत ठुलो सृजना भन्ने मुल उद्देश्यको साथ गठन भएको यो समुहमा हालसम्म १८ जना सदस्यहरुको सदस्यता रहेको छ । प्रत्येक महिनाको १५ तारिखमा मासिक बैठक बसी, प्रत्येक सदस्यबाट १० कुवेती दिनारको दरले रकम संकलन गर्ने र सो संकलित रकम जरुरी/आवश्यक परेको व्यक्तिले ऋण स्वरुप व्याजमा लिने व्यवस्था गरिएको छ । ऋण दिंदा कालीगण्डकीले आफ्नै नियम र बिधान अनुसारको कागजपत्रको आधारमा दिने प्रचलन राखेको छ । र जुन व्याज स्वरुप रकम संकलन हुन्छ सो रकम कुनै समाजसेवी काममा अथवा कल्याणकारी कार्यमा प्रयोग गर्ने हाम्रो सँस्थाको प्रतिवद्दता रहेको छ । साथै भविष्यमा यो सानो बचतबाट नेपालमा गएर पनि कुनै घरेलु कलकारखाना या गैरसरकारी सँस्था स्थापना गर्ने मनसाय यस कालीगण्डकी समुहले राखेको छ ।

) कालीगण्डकी समुह गठन हुनुको मूल उद्वेश्य :-

हामी आफ्नो जान्मभूमी र घर-परिवार छाडेर केही कमाउनको लागि अनी भविष्यको लागि केही बचत गरौंला भन्ने उद्देश्यले विदेशिएका हुन्छौं, तर विदेश आईसकेपछी सबैको सपना साकार हुन्छ भन्ने छैन, किन भनें हाम्रो जागीरमा न त पेन्शन नै छ, न त भत्ता नै, कतिपयको कमाई नेपाल पठाएर घर व्यबहारमा नै सकिने हुन्छ भनें कतिपयको रकम दुरुपयोग भएर पनि सकिएको छ । यस्तो परिस्थितीमा एउटा समुह गठन गरी मासिक १० दिनारको हिसाबले रकम जम्मा गर्दा भविष्यको लागि केही रकम पनि जम्मा हुने र वर्तमानमा समेत केही समाजसेवाको काम पनि गर्न सकिने मनशायले यो सँस्थाको गठन गरी, जसको कालीगण्डकी बचत समुह भनी नामांकरण गरिएको हो ।

) कालीगण्डकी बचत समुहको सामाजिक कार्य योजना :-

वास्तवमा बचत समुह भन्ने वाक्यले कुनै आर्थिक कारोबारको काम गर्ने सँस्था भन्ने जनाउँछ तर हाम्रो सँस्थाले आर्थिक कारोबारको साथसाथै सामाजिक कार्य पनि गर्ने योजना बनाएको छ । जस्तै: खेलकुदको आयोजना गर्ने, साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने, दैवीप्रकोप र पिडितहरुलाई आफुले सकेको राहत उपलब्ध गराउने रहेको छ । र आगामी वार्षिकोत्सव पश्चात यस समुहको पुन: नामांकरण गरी कालीगण्डकी बचत समुहबाट कालीगण्डकी कल्याणकारी बचत समुहमा रुपान्तरण गरिने पनि हाम्रो कार्यकारीणी समितिको निर्णय रहेको सार्वजनिक गर्दछौं ।

धन्यवाद । 

 

सचिव/संयोजक/लेखक                                                     अध्यक्ष            
आशिष कुँवर                                                                     चेतराम मगर
संपर्क: ६५९९९११२                                                             संपर्क: ५५९१६२५५      
ईमेल: unique7799@yahoo.com

 

(कालीगण्डकी बचत समुह नेपाल, कुवेत)

 

 

3 Responses

  1. Dear all.Kaligandaki members,
    First of all Congrachulation to Kaligandaki Organiger and members,
    Every human being havingprogress who have posetive thinking , who like to help other, and who have Ideas to do somthing new ,those are pioners for society.
    Iam verry happy to see this news ours nepali community will do more good thing in feture.
    I wish and pray for your first steep which you ars starting for good thing. you will be successes.
    thank you.
    Thakur prasad paudel
    kuwait.
    & Pokhara Gandaki.

  2. la la thek 6 ani yes bachat samuha bata jasle pani pisa lina paune ki matra 18 member la matra ho
    hajjur la suva kama na 6 naya kaam ko suruwat garnu ma,
    ani intrest kati ni? kunai pani nepali le yes santha bata paisa paune ki nahi?

  3. कालिगण्डकीले त भली बल खेल मात्रा खेलाउथियोत एस्तो पनि पो थियो लौ है राम्रो हो कोशीस गर्नु पर्छ है नेपाली दाजु भाई हो बधाईछ kaluman rai chaaure

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: