• nepalkuwait.com




  • photos

  • Advertise Here

अर्घाखाँचीमा परापुर्वकालदेखि सिलाई पेशामा आवद्धहरु विस्थापित हुँदै


 

– उमाकान्त पाण्डे गाउँले /गणेश खनाल( अर्घाखाँची टाईम्स) 

    अर्घाखाँची २७ फाल्गुन – अर्घाखाँची जिल्लाका ग्रामीण भेगमा परपूर्वकालदेखी सिलाई पेशामा आवद्ध हुदै आएका दलित समुदायका मानिसहरु आफनो पेशाबाट विस्थापित हुन थालेका छन् । पेशाबाट विस्थापितहरु अहिले वैकल्पित पेशाको रुपमा विदेश र छिमेकी जिल्लाहरुमा जानेक्रम बढ्दो छ। परपुर्वकालदेखी सिलाई पेशा गर्नेहरुको संख्या एक दुई वर्ष अगाडि निकै थियो तर अहिले त्यसमा ठूलो संख्यामा कमी आएको छ भन्नुहुन्छ-२० वर्षदेखी सिलाई पेशामा आवद्ध जुनी परियार । केही वर्ष अगाडि सिलाई पेशा परम्परागत रुपमानै दलित जातीले गर्दै आएकोमा अहिले लोकतन्त्र सँगसँगै अन्य जातिले पनि यो व्यवसायलाई अंगाल्न थाले पछि दलित परिवारका मानिसहरु वाध्य भएर रोजगारका लागि विदेश वा छिमेकी जिल्लाहरुमा जान वाध्य भएका हुन् ।

             घर गृहस्थीहरुले घरको काम सिध्याई फुर्सदको समयमा सिलाई बुनाइ सिकेपछि उनिहरुले त्यसलाई पेशाको रुपमा अगाडि बढाउन थालेपछि परम्परागत रुपमा गदै आएका दलित परिवारको संख्या घट्न थालेको हो । यो पेशा अहिले महिला पुरुष सबैले गर्ने गर्छन् भने पुरुषको तुलनामा महिलाहरुको संख्या भने चार भागमा तिन भाग नै रहेको पाइन्छ ।

           कुनै पनि काम कोही समुदायव्यति विशेष कुनै एउटा जातले मात्र गर्नु पर्छ भन्ने चेतनाबाट माथि उठेकाले पनि यो पेशामा सबै जातिको सहभागीता बढेको बताईएको छ । यो सोचलाई सकारात्मक रुपमा लिए पनि परापुर्वकाल देखि यहि पेशामा संलग्नताले आफुहरु भने विस्थापित हुनपर्ने अवस्था आएको साईला परियार बताउँछन् ।

         नयाँ पिडीहरुले नयाँ नयाँ प्रबिधि संगै काम गर्ने हुदाँ नयाँ पिडी संग प्रतिस्पर्धा गर्न नसक्दा आफुहरु विस्थापित हुन पुगेका २० वर्ष देखी सिलाई पेशामा आबद्ध जुनि परिवार बताउछिन् । जिल्लामा अहिले धेरै व्यति सिलाई पेशामा आबद्ध भएपछि प्रतिस्पर्धाका कारण सिलाईको ज्याला दरमा भने अत्यतै कमि आएको छ । चारै तिर महँगी तर समय अनुकुल हाम्रो ज्याला फिक्स नहुदाँ हामीलाई हातमुख जाडे्न पनि समस्या  आउन थालेको व्यबसायीहरु बताउँछन्

उमाकान्त पाण्डे गाउँले

अर्घाखाँची टाईम्स मध्यपुर्व प्रतिनिधी

नेपाली समाचारपत्र पाक्षिक विशेष सम्वाददाता – यूएई

टिप्पणी छोड्नुहोस्