मलेसियामा अझै लेबी


 योगेन्द्र योगेन मलेशिया
काठमाडौ, वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली कामदारको मासिक तलबमा अझै रोजगारदाता कम्पनीले ‘लेबी’ काटिरहेका छन् । 

मलेसिया सरकारले कामदारले तिर्नुपर्ने लेबी हटाए पनि कम्पनीहरूले यसको कार्यान्वयन गरेका छैनन् । कम्पनीहरूले मासिक एक सय रिङगट  लेबी काटिरहेको छ  ।

‘लेबी काटिएको भन्दै प्रत्येक दिन २० देखि ४० जना कामदार आफ्ना गुनासा लिएर दूतावास आउने गरेको मलेसियाका लागि नेपाली श्रम सहचारी सूर्यप्रसाद भण्डारीले बताए  । ‘लेबी तिर्न सरकारले कामदारलाई छुट दिएको छ । तर पूरै कार्यान्वयनमा आउन सकेको छैन ।’ भण्डारीले कान्तिपुरसँग भने, ‘कामदारले पाउने सुविधा दिलाउन अहिले सबैभन्दा ठूलो चुनौती देखिएको छ ।’

मलेसिया सरकारले गएको अपि्रलदेखि कामदारसँग लेबी लिन रोजगारदाता कम्पनीलाई रोक लगाएको थियो । सरकारले कामदारले तिर्नुपर्ने लेबी रोजगारदाता कम्पनीले दिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । ‘नयाँ कामदारको  हकमा कम्पनीले एकमुष्ठ वर्षमा प्रति कामदार १२ सय रिङरेट दिनुपर्ने र श्रम सम्झौता नसकिएको कामदारले भने आफैंले दिनुपर्ने व्यवस्था लागू गरेको थियो,’ उनले भने, ‘पुरानो कामदारको श्रम अनुमतिको नवीकरण गरेपछि भने रोजगारदाताले नै गर्नुपर्छ ।’  मलेसियामा प्रत्येक वर्ष कामदारको नवीकरण गराउनुपर्छ ।’

अन्तर्राष्ट्रिय श्रम संगठन

-आइएलओ) को सिद्धान्तअनुसार प्रवासी कामदारसँग लेबी लिन पाइँदैन । अन्तर्राष्ट्रिय दबाबपछि मलेसिया सरकारले कामदारसँग लिने लेबी हटाएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: