बेलायतकी नेपाली सुन्दरी


लन्डन, चैत्र २ – सुन्दर नेपाल, झन् सुन्दर नेपाली । सायद आयोजकले त्यही ठम्याएपछि लन्डनमै जन्मे हुर्केकी नेपाली किशोरी प्रेना थापा ‘मिस युनिभर्स ग्रेट बि्रटेन’ को अन्तिम चरणमा पुग्न सफल भइन् ।इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका हजारौं सुन्दरीमध्येबाट छानिएर प्रेना अन्तिममा पुग्दा परिवार दंग छ । उनी त्यहाँ पुग्ने पहिलो नेपाली पनि हुन् । १८ वषर्ीया प्रेना वेस्ट लन्डनस्थित इलिङमा जन्मेकी हुन् । फाइनल पुगेका ५० सुन्दरीबीच अन्तिम प्रतिस्पर्धा आगामी २ मे मा बेलायतस्थित बर्मिङ्घम सहरमा हुँदै छ । ‘मिस युनिभर्स ग्रेट बि्रटेन’ उपाधि ग्रहण गर्न सके उनलाई अन्तर्राष्ट्रिय ‘मिस युनिभर्स’ मा भाग लिन ढोका खुल्नेछ । भाइव मोडल्स्ले गर्न लागेको यो तेस्रो इभेन्ट्स हो । यसअघि ‘मिस युनिभर्स ग्रेट बि्रटेन’ उपाधि लिजा लजारस् र क्लेयर कोपरको पोल्टामा गइसकेको छ ।

यसैबेला प्रेना आगामी २७ मार्चमा हुने ‘मिस टिन ग्यालेक्सी यूके’ प्रतियोगिताको समेत अन्तिम चरणमा पुगेकी छन् । उनलाई ‘मिस टिन वेस्ट लन्डन ग्यालेक्सी’ उपाधि प्राप्त भइसकेको छ र अन्तिम उपाधि जित्न प्रेना केही महिनादेखि विभिन्न च्यारिटी काममा व्यस्त छिन् जसले उनलाई विजय सुनिश्चित गर्न सघाउनेछ । उनी यतिखेर स्तनक्यान्सर पीडित महिलाको सहयोगार्थ च्यारिटीमा जुटिरहेकी छन् । लत्ताकपडा सहयोग र पसलमा भोलेन्टियर काम गरिदिनु उनको दिनचर्या बनेको छ । उनी पब्लिक भोटको पनि प्रतीक्षा गरिरहेकी छन् ।

‘ब्युटी पेजेन्टमा पुग्ने सानैदेखिको इच्छा अहिले पूरा भएको छ, साह्रै खुसी छु,’ उनले कान्तिपुरसँग भनिन् । ब्युटी पेजेन्टले आत्मविश्वास बढ्ने मात्र होइन, नयाँ कुरा समेत सिकिने प्रेनाको निष्कर्ष छ ।

प्रेनाकी आमा दीप्ति थापा पनि छोरीको सफलतामा दंग छिन् । ‘आफ्नी छोरीले प्रगति गर्दा मलाई गर्व महसुस भइरहेको छ,’ उनी भन्छिन् ।

प्रेनाका यसअघि दुई कविता संग्रह पनि प्रकाशित भइसकेका छन् । १३ वर्षको कलिलो उमेरमै कविता संग्रह निकालेकामा नेपाली साहित्य विकास परिषद् यूकेले उनलाई स्वर्णपदक प्रदान गरेर सम्मान समेत गरिसकेको छ ।

जीवनमा दुई पटकमात्र नेपाल टेकेकी प्रेनाको मातृभूमिसँग भने ज्यादै लगाव छ । देशको अस्थिर राजनीति, कलह, बन्द हडतालले आम नेपालीझैं उनको पनि मन कुँडिन्छ । ‘म नेपाली हुँ, मेरो देश नेपाल नै हो नि । केही नराम्रो कुरा हुँदा नरमाइलो लाग्छ,’ उनले भनिन् ।

प्रेनाको परिवार वर्षौंदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न भए पनि उनी फरक क्षेत्रमा आबद्ध छिन् । संगीतको सौखिन हुन् प्रेना । उनलाई पियानो बजाउन राम्ररी

आउँछ । संगीत महोत्सवमा रम्नु, नृत्य, वाद्यवादन, सपिङ र सिनेमा हेर्नु उनका अरू सोख हुन् । आत्मरक्षाका लागि हाल बक्सिङ समेत सिकिरहेकी प्रेनाको भविष्यमा नेपाल गएरै समाजसेवा गर्ने सोच छ ।अल द बेस्ट प्रेना

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: