घरेलु कामदार स्वदेशी विमानस्थलबाटै


काठमाडौ, चैत्र १ –
                       वैदेशिक रोजगार एजेन्टले स्वदेशको विमानस्थलबाटै खाडी मुलुकमा घरेलु काम -हाउसमेड) का लागि महिलालाई पठाउने गरेको तथ्यहरू भेटिन थालिएको छ ।  असुरक्षाको कारण देखाउँदै सरकारले खाडीका मुलुकमा घरेलु काममा महिला कामदार जान रोक लगाएको छ । सरकारले स्वदेश विमानस्थलमा कडाइ गरेपछि दलालहरूले हाउसमेडमा जान खोज्ने महिलाहरूलाई भारतीय नाकाबाट पठाउँदै आएका थिए । घरेलु काममा पुगेका महिलाहरू असुरक्षाका कारण भागेर नेपाली नियोगहरूमा शरण लिन पुगेपछि यस्ता तथ्यहरू भेटिन थालेको हो ।  

पछिल्लो तीन सातामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गएका तीन महिला कामदार दूताबासको सम्पर्कमा पुगेका छन् । त्यसरी जानेमध्ये साउदीमा दुई र संयुक्त अरब इमिरेट्स एक जना महिला रहेका छन् ।

साउदीमा भोजपुरकी रेनुका तामाङ, जनकपुरकी हसिना खातुन र यूएईमा झापाकी रीता थापा -नाम परिवर्तन) स्वेदशको विमानस्थलबाटै उडेका हुन् । उनीहरू हाल नेपाली दूतावासहरूको आश्रय केन्द्रमा बसिरहेका छन् ।

अवैध रूपमा जाने कामदारलाई रोक्न वैदेशिक रोजगार विभागले विमानस्थलमा छुट्टै श्रम डेस्क खडा गरेको छ । दूतावासका अधिकारीहरूका अनुसार श्रम र अध्यागमन विभागका कर्मचारीहरूको मिलोमतो भएपछि मात्रै हाउसमेड भिसा भएका महिला कामदारहरू स्वदेशीकै विमानस्थलबाट आउन सक्ने बताए । 

१७ कामदार पक्राउ यसैबीच त्रिभुवन विमानस्थलमा रहेको श्रम डेस्कले वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका १७ नेपाली कामदारको कागजात नक्कली हुन सक्ने आशंकामा पक्राउ गरेको छ ।

‘उनीहरूसँग भएका श्रम स्वीकृतिपत्र नक्कली भएको अनुमान गरिएको छ,’ विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग भने, ‘यससम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।’

सापकोटाको अनुसार पक्राउ गरिएका कामदार हेटौंडाबाट फिर्ता पठाइएकाहरू हुनसक्ने अनुमान गरिएको छ । शनिबार भारतीय नाका हँुदै मलेसिया हिँडेका ४२ जना कामदारलाई हेटौंडाका प्रहरीले स्वदेशी विमानस्थलबाट जानुपर्ने भन्दै फर्काइएको थियो । ती कामदार एसियन इन्टरनेसल कम्पनीमार्फत मलेसिया हिँडेका थिए

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: