कुवैतमा नेपाली राजदुतावासले १०० दिन पुरा गर्यो


चन्द्र सुनुवार
कुवैतका लागि नेपालका प्रथम राजदुत मधुवन प्रसाद पौडेल उहाँको धर्मपत्नि सिता पौडेलका साथ ०७ डिसेम्वर २००९को दिन साँझको ९ बजेर ३५ मिनट जाँदा कुवैत एयरर्पोटमा कतार एयरको फ्लाईट नं. क्यू आर १३६ बाट काठमाण्डौ हुँदै कुवैत आगमन भएको सय दिन पुरा भएको छ ।
विभिन्न संघ संस्थाको प्रयासपछि नेपाल सरकारले कुवैतको लागि श्री पौडेललाई राजदूत नियुक्त्त गरेको समाचार सम्प्रेषण भएदेखि नै कुवैतमा कार्यरत नेपाली दाजु-भाइ दिदी-वहिनीमा खुशीको लहर छाएको थियो नै । नव नियुक्त राजदूत र उहाँको श्रीमतीलाई स्वागत गर्न विभिन्न संघ संस्था र संगठनका पदाधिकारी तथा स्थानीय पत्रकारहरु कुवैतको अन्तराष्ट्रिय विमान स्थल पुगेका थिए ।
कुवैतमा करीव करीव ३०।४० हजारको संङख्यामा नेपालीहरु विभिन्न पेशामा कार्यरत होलान् । यहाँ काम गर्ने दाजु-भाइ दिदी-वहिनीहरुको विभिन्न समस्याहरु छन्। विभिन्न पत्र-पत्रिकामा नव नियुक्त राजदूतवाट विभिन्न समारेाहमा नेपालीहरुको समस्य निराकारण गर्न प्रतिद्धता गरी सक्नु भएको छ । समस्याको निरकार हुन्छ भन्ने सबैमा विश्वास छ ।
विभिन्न प्राविधिक कारणबाट आजसम्म नेपाली राजदतवासले आफ्नो सेवा प्रदान गर्न गर्न नसकेको स्पष्ट गरेको छ । प्राविधिक कारणहरु समाधान भईसक्यो होला किनभने राजदूतवासलाई चाहिने पूर्वधारहरु समायोजन गर्ने समय पर्याप्त भइ सकेको छ । अगामी दिनहरुमा राजदतवासले सेवाग्रहीलाई विभिन्न वहान देखाएर उम्काने स्थिति उपयुत्त हुँदैन । नव नियूक्त राजदुतलाई कुवैतमा कार्यरत नेपाली दाजु-भाइ दिदि-वहिनीहरुकेा समस्या समधान गर्न सफलता मिलेास् यही शुभ-कामना छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: