थाहा पाई राख्नुहोस नेपाली दूताबास कुवेतको सम्पर्क नम्बर


सुजन के सि
                 १५ मार्च कुवेत सिटी ,कुवेतमा कार्यरत नेपालीहरुको तीन दशक लामो अनवरत संघर्ष र ब्यग्र प्रतिक्षा पछि कुवेत नगरिमा नेपाली दूताबासको स्थापना हुन लागेको छ । कुवेतको लागि प्रथम राजदूत नियुक्त भई व्यवस्थापनको जिम्मा लिनु भएका महामहिम मधुवन पौडेल कुवेत पुगेको १०० दिन बितीसक्दा पनि कुवेतमा नेपाली दूताबासको स्थापना हुन नसक्दा कुवेतमा कार्यरत सर्वसाधारणको लागि चासोको बिषय बनेको छ । तीन महिना बिती सक्दा पनि दूताबासले सेवा दिन नसक्दा नेपाली समाजको बीचमा मात्रै होईन, कुवेतबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्र-पत्रिकाहरुले पनि आलोचन गर्न थालेका छन् । हुन सक्छ वहाँहरुका पनि आफ्नै किसिमका कुटनैतिक समस्या छन होला । के हुँदै छ कहिलेबाट सेवा सुविधा लिन सकिन्छ भन्ने दुविधा भई राखेको बेला हामीलाई विशेष शुत्रबाट जानकारी प्राप्त भएको छ, कुवेतको जुनुबसुरा स्थिती जहारा गल्लीमा नेपाली दूताबास बसेको छ र यो नेपाली दूताबास कुवेतको सम्पर्क नम्बर हो ।

२५२४३२५४),00965 25243254

फोटोमा क्लिक गरी ठूलो बनाएर हेर्नुहोस् /किई बोर्डमा कन्ट्रोल र + थिची फोटो  ठूलो बनाएर दूताबास रहने ठाउँ हेर्नुहोस्

कुवैतमा कार्यरत नेपालीहरुको बीच चासोको विषय बनेको छ। दूताबास, कुन ठाउँमा बस्दै छ ? कहिले देखी सेवा सुबिधा दिन्छ ? जुनुब सुर्रा स्थित जहारा गल्लीमा नेपाली दुताबास बस्दै छ । माथिको नक्सामा देखाए जस्तै ६ नम्बरको हाईवय र एअरपोर्ट रोड क्रस भएको ठाउँ देखी नजिकै पर्छ । ३६० डिग्री सपिङ सेन्टरको ठीक पछाडि पर्छ । ३६० डिग्री सपिङ सेन्टरको दाँया अर्थात एअरपोर्ट रोड तर्फ  पेट्रोल पम्प पनि छ । पेट्रोल पम्प देखी सिधा पारी  खैतान तर्फ नेपाली दूताबास रहेको छ । बस वा ट्याक्सीमा जानेहरुको लागि ३६० डिग्रीमा उत्रिदा सजिलो देखिन्छ । ३६० सपिङ सेन्टरको पार्किङबाट  रोड क्रस गरी पैदल जाँदा सजिलो पर्छ । तर कार सवार हुनेहरुको लागि भने सजिलो छैन। एअरपोर्ट रोडबाट खैतानको पुल हुँदै जुनुब सुराको जहारा गल्ली हुँदै जानु पर्ने हुन्छ किन कि ३६० डिग्रीको तर्फबाट सवारी  साधन भित्र पस्ने ठाउँ छैन । बस वा ट्याक्सीमा जानेहरु ३६० डिग्रीको पार्किङ देखी पैदल दूताबासमा जान सजिलै सक्छन् । दूताबासलेकाम शुरु गर्न भने अझै 2/3 हप्ता लाग्ने देखिन्छ अहिले सम्म बिल्डिङको काम मात्र भई राखेको छ ।        

13 Responses

  1. धन्येबात् सुजन जी जानकारी को लागि । तर हाम्रो नेपाली दुताबस का कर्मचारी को मुख मा काम सुरुहुने दिन जहिले पनि २।३ हप्ता भन्दा अरु कुनै शब्द नै छैन कि केहो। किन कि आज भन्दा ५ हप्ता पहीला हाम्रो राज्दुत ले मालिय मा अबस्थित एसिया एसिया होटेल मा पनि २।३ हप्ता मा काम सुरु हुन्छ भन्नु हुन्थेयो अहिले ५ हप्ता पछी पनि २।३ हप्ता पछी काम सुरु हुने जानकारी । हाम्रो दुताबस का कर्मचारी कुवैत् मा धुम्न आउनु भएको हो कि नेपाली जनताको सहयोग को लगि हो । यो गम्भिर चिन्ता को बिसय भएको छ ।

  2. i know that any one coming they will go with the money matter , we don;t need any finalcial support but we need the document for for travel how we can travel even if am illegal. i know that illegal labour are travelling many many from KSA i read news from this site so that i just want to know how can embassy help such illegal person to travel to my country nepal.

  3. Nice to see this kinds of information….Thnaks Sujan sir and nepalkuwait.com Team…wishing all the best@

  4. सुजन सर, यो जानकारी दिनु भएकोमा विशेष धन्यवाद र नेपाली राजदूतावासको कार्य सफलताको अग्रिम शुभ-कामना।

    कृष्ण पाण्डे जी यदि तपाई राजदूत बनेर कुवैत आउनु भएको भए सायद आएकै भोलिपल्टबाट काम शुरु गर्नु हुन्थ्यो होला तर मधुवन प्रसाद पौडेल ज्यु कानून अनुसार चल्ने हुनाले ढिला भएको होला।

  5. Sujan ji
    Thanks a lot for your great effort that gives us easy way to find our Embassy.Anyway whatever help Embassy needs we are here to help out,just let us what can we for that.

    Thanks again

    sitaram chaulagain
    Agility

  6. खुल्यो खुल्यो बाटो खुल्यो दुताबास कहाँ जाने बाटो खुल्यो फोन दबाउन नबिर्सिनु होला बिर्सनु भयो भने जानुस् खोलाई खोला thank you

  7. केदार जि । निदाएको मान्छे लाई उठाउन सजिलो हुन्छ नकी निदाएको स्वान पर्ने लाई

  8. केदार जि । निदाएको मान्छे लाई उठाउन सजिलो हुन्छ नकी निदाएको स्वान पर्ने लाई

    कृष्ण पाण्डे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: