श्रमिक रेमिट र टे्रड भिजन ईन्भेष्टमेण्ट बीच ब्यापारिक सम्झौता


 
कुमार कार्की
दोहा कतार १४ मार्च २०१०

गैरआवासिय नेपाली श्रमिकहरुको आपसी लगानीमा स्थापित नेपालकै प्रथम रेमिट कम्पनी श्रमिक रेमिट कम्पनी तथा ट्रेड भिजन ईन्भेष्टमेन्ट कम्पनी बीच गत शुक्रवार एक ब्यापारिक सम्झौता सम्पन्न भएको छ ।सो सम्झौता पत्रमा श्रमिक रेमिट कम्पनीको तर्फबाट कम्पनीका प्रेसिडेन्ट तारा मंगोल र ट्रेडभिजन ईन्भेष्टमेन्टको तर्फबाट म्यानेजिङ डाईरेक्टर युवराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।सम्क्षौतापत्र अनुसार दुबै कम्पनीहरुले एक आपसमा मित्रवत सम्बन्ध स्थापित गरी भविष्यमा भैपरि आउने सम्पुर्ण ब्यापारिक कार्यहरुको लागी एक आपसमो सहयोग गरि सम्पुर्ण नेपाली श्रमिकहरुको हक हितका कार्यहरु गर्नेकुरा उल्लेख गरिएकोछ । आप्रवासी नेपाली श्रमिकहरुलाई एकताको मालामा समाहित गराउदै एककिृत लगानीको सिद्धान्तको आधारमा लगानीलाई ब्यवस्थित गरी श्रमिकहरुद्धारा अनुत्पादक क्षेत्रमा हुदै आईरहेको लगानीलाई उत्पादनशिल तथा प्रगतीशिल क्षेत्रमा प्रवाह गराई नेपाली श्रमिकहरुकै जीवनमा परिवर्तन ल्याउने महान लक्ष्य रहेको कुरा सम्झौतामा हस्ताक्षरपछि श्रमिक रेमिटका प्रेसिडेन्ट तारा मंगोलले बताउनुभयो । सकारात्मक विचारधाराद्धारा ओतप्रोत भएका जुझारु तथा आर्थिक रुपमा सबल बन्न चाहने तरुणहरुद्धारा संचालित यी दुबै कम्पनीहरुले नेपाली श्रमिक देश र देशवासीहरुको वॄहत्तर हितको लागी अत्यन्तै महत्वकांक्षी कार्यक्रमहरु अगाडि सारेका छन् ।

मनी ट्रान्सफर उद्योगमा बिल्कुलै फरक अवधारणासाथ जनमानसमा उपस्थित श्रमिक रेमिटको लोभलाग्दो तथा अतिनै आकर्षक सिद्धान्तले सम्पुर्ण श्रमिक वर्गमा आशाको किरण छाएको कुरा हस्ताक्षर पछि ट्रेड भिजन ईन्भेष्टमेन्टका म्यानेजिङ डाईरेक्टर युवराज श्रेष्ठले बताउनु भएको छ । साथै उनले सम्पुर्ण श्रमिक बर्गलाई श्रमिकहरुकै आफ्नै कम्पनीहरु श्रमिक रेमिट कम्पनी तथा ट्रेड भिजन ईन्भेष्टमेन्टमा आवद्ध हुन पनि आग्रह गरेका छन् ।

स्मरण रहोस श्रमिक रेमिटले दोहा स्थित सिटी एक्सचेन्ज बाट आफ्नो कारोवार शुरु गरिसकेको छ भने ट्रेड भिजन ईन्भेष्टमेन्ट कम्पनीले पुर्वी नेपालको मोरङ्ग सुनसरी र झापा जिल्लावाट आफ्नो लगानी अगाडि बढाइसकेको छ जस अनुसार सुविधा वचत तथा ऋण सहकारी संस्था सुविधा ईन्टरप्राईजेज के।एस। डिस्ट्रिव्युसन सुविधा प्यालेस होटल तथा सुविधा कन्स्ट्रक्सन कम्पनीको अवधारणा ल्याईसकेको छ । भविष्यमा देशका विभिन्न मेगा प्रोजेक्टहरुमा सामुहिक लगानी गर्ने उद्धेश्यले स्थापित सो कम्पनीले हाल व्यापारिक लगानीका क्षेत्रहरुको अध्ययन गरिरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: