फेरि अर्को चड्कन काण्ड


चड्कन काण्ड भाग चार बजारमा

माधवकुमार नेपाल नेतृत्वको सरकारका मन्त्रीले फेरि चड्कन काण्ड मच्चाएका छन्। तर यसपालि चाहिँ समावेशीकरणको नमूना देखिएको छ। ४४ जनाको जम्बो मन्त्रिमण्डलमा करिमा बेगम, चन्दा चौधरी र कलावती पासवान तीन तीन जनाले हात चलाएर काण्ड मच्चाइसक्दा पनि पुरुष मन्त्रीहरु भने चुप बसिरहेका थिए। आज भने पालो पुरुष मन्त्रीको आएको रहेछ। यी बहादुर तथा पुरुष जातिको ‘नाम राख्‍ने’ मन्त्री हुन् पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी। वाह, क्या गज्जब

करिमा र कलावतीले सीडीओको र चन्दाले गाडीको सिसा चर्काएका थिए तर शत्रुधनज्युले त एलडीओका भान्सेलाई पो हातपात गरेछन्। कारण ? उही क्या त हाम्रा मन्त्रीहरुको सदाबहार बहाना- गाडी। हाम्रा मन्त्रीहरु गाडी भनेपछि हुरुक्कै हुन्छन् नि, उनलाई पनि त्यही भएको त रहेछ। कुरा के परेछ भने शनिवार बिहान उनी सिरहामा थिए। राज्यमन्त्री जस्तो मान्छे यार ख्यालख्यालको हो र। मन्त्रालयमा कुनै काम मन्त्रीले दिँदैनन् अनि अलि रवाफ पनि देखाउन नपाए त यत्रोको राज्यमन्त्री बनिटोपल्नु ! म त्यहाँ हुन्छु गाडी पठाइदेऊ त भनी उनले आदेश दिए। सीडीओ वीरेन्द्र यादवले गाडी त पठाइदिए, तर त्यो पिकअप भ्यानले उनको चित्त बुझेन। जिविसमा एउटा विलासी गाडी थियो, त्यही लेऊ भनी उनले एलडीओ लालमणि ओझासित मागे। तर ओझाले फिल्डमा पठाएको छ गाडी भनी छुच्चो भइटोपले। जिविसको ग्यारेजमा पुग्दा त गाडी त्यहीँ छ। अनि त यी सिरहा क्षेत्र नं ४ बाट फोरमबाट निर्वाचित सभासदलाई कम्ता रिस उठेन। आफ्ना सहयोगीसहित उनी पुगे एलडीओ निवासमा। तर एलडीओ त्यहाँ थिएनन्। चिच्चाए- खोई एलडीओ। बिचरा भान्से बिरिराम दाहालले ‘थाहा छैन मलाई हजुर’ के भनेका थिए, रिसले चुर राज्यमन्त्री ज्युको हात चलिहाल्यो। बिचरा रुँदै कराउँदै भागेर ज्यान जोगाए।

कारबाही ? सीडीओलाई कुट्दा त केही गर्न नसकेको देशमा जाबो भान्सेलाई कुट्दा केही हुन्छ भन्ठान्ने कत्रो आँट हँ तपाईँको ? घटनापछि सीडीओ, एलडीओलगायत राज्यमन्त्रीसहितको बैठक बस्दा मन्त्रीज्युले गल्ती महसूस गरे रे। त्यही भएर कारबाही नगर्ने सहमति भो रे।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: