प्रधानमन्त्रीको लहलहैमा पत्रकारहरु यसरी लागे?


सिताराम बराल – काठमाडौं

– सरकार र सत्तारुढ दलहरुले अनमिनविरुद्ध कस्तो षडयन्त्र गरेका रहेछन् र जनतालाई सुसूचित गर्नुपर्ने आम सन्चारका माध्यमहरुले सरकारको लहैलहैमा लागेर कसरी नियोजित रुपमा समाचार प्रवाह गर्दा रहेछन् भन्ने कुराको खुलाशा भएको छ । यही फागुन १७ गते चितवनको शक्तिखोरमा रहेको जनमुक्ति सेनाको तेश्रो  डिभिजनमा आयोजित प्रशिक्षण कार्यक्रमका सम्बन्धमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जे बोले भनी ठूला दैनिक पत्रिकाले जस्तो समाचार प्रवाहित गरेका थिए, त्यो प्रधानमन्त्री निवास बालुवाटारले नियोजित रुपमा प्रवाह गरेको समाचार थियो भन्ने पुष्टि भएको छ ।यही फागुन २४ को गोर्खापत्र, नेपाल समाचार पत्र र राजधानी दैनिकले प्रचण्डले शक्तिखोरमा बोलेको भनी प्रचण्डको एकै खालका भनाई सार्वजनिक गरेका थिए । यी तीन वटै ठूला आकारमा दिइएको समाचार अनुसार शक्तिखोरमा निम्न कुरा बोलेका थिए-

-अब हामी जंगल पस्दैनौं, बरु प्रतिकृयावादीहरुले काम गर्न नदिए जनबिद्रोह गरिने भएकाले त्यसकालागि जनमुक्ति सेना नै सबैभन्दा ठूलो शक्ति हो । नेपाली कांग्रेस र एमाले सम्बिधान बनाउन बाधक भएकाले जनविद्रोह मार्फत नै सत्ताकब्जा गरीअगाडि बढ्ने पार्टीको सोच छ।सामुहिक रुपमा सेनामा समायोजन गर्ने उद्धेश्यले नै पार्टीले अहिले संविधान निर्माण सँगसँगै सेना समायोजन गर्नुपर्छ भन्ने बिषय अघि सारेको हो । सेना समायोजन गर्दा हामीले पहिलो पद लिँदा अन्तर्राष्ट्रिय समुदायले किचलो झिक्ने भएकाले हामी दोश्रोदेखि विभिन्न महत्वपूर्ण पद लिने बिचारमा छौं ।सेना समायोजनपछि क्रमश पुरै सेना नियन्त्रणमा आइहाल्ने भएकाले पार्टी कछुवाको गतिमा अघि बढेको हो ।२०६७ जेठभित्र सम्बिधान बन्दैन । त्यसपछि कांग्रेस र एमालेबाट समय थप्ने प्रस्ताव आउँछ । त्यतिखेर जनविद्रोहको उपयुक्त माहौल बन्नेछ । त्यसबखत हामी आफै सेना समायोजनको पोको हातमा लिई काम गर्नेछौं। अनमिन प्रमुख करिन ल्याण्डग्रेनले हाम्रो पार्टीलाई भित्री ह्दयदेखि सहयोग गरिरहेकाले विदेशकासमेत हाम्रो विषयमा राम्रो सन्देश गएको छ ।।

श्रोतका अनुसार, प्रचण्डले शक्तिखोरमा बोलेको भनी बालुवाटारबाटै एउटा गोप्य टिपोट बनाएर पत्रकारहरुलाई बाँडिएको थियो । खासगरी राजनीतिक मामिला हेर्ने राष्ट्र संघका उपमहासचि बी. लिन पास्को नेपाल भ्रमणमा आउन लागेकाले माओवादी बिद्रोहको कुरा गर्दैछन् र अनमिनपनि माओवादीलाई सहयोग गर्दैछ भनेर कन्भिन्स गर्नकालागि नियोजित रुपमा प्रचण्डले बोलेका कुरा भन्दै प्रधानमन्त्री नेपालले तैयार पारेको सो टिपोट पत्रकारहरुलाई बाँडिएको थियो । खासगरी अनमिन प्रमुख करिन ल्याण्डग्रेन माओवादी पक्षधर हो भनेर आक्षेप लगाउनकालागि सो टिपोट तैयार पारिएको थियो । कम्युटरमा टाइप गरेर पत्रकारहरुलाई गोप्य रुपमा बाँडिएको सो टिपोटमा रहेका अस्पष्टहरुमा हातले लेखेर स्पष्ट पार्न खोजिएको छ । त्यहाँ देखिने हस्तलिखित अक्षर प्रधानमन्त्री माधब नेपालको हो । (हेर्नुहोस्-बाँडिएको सो गोप्य टिपोट)

उपरोक्त पत्रिकाहरुले प्रचण्डले शक्तिखोरमा बोलेको भनी समाचार दिनु अघिल्लो दिन बालुवारटारमै प्रधानमन्त्री नेपालले आयोजना गरेको सरकार समर्थक १० दलको बैठकमापनि सो टिपोट सत्तारुढ दलका नेताहरुलाई दिइएको थियो । केही सत्तारुढ दलहरु सरकारको बिकल्प खोज्नुपर्ने पक्षमा भएकाले माओवादीहरुले विद्रोहमा जाँदैछन् भन्ने डर देखाएर बर्तमान सरकारकै पक्षमा उभ्याइराख्न प्रधानमन्त्री माधब नेपालले यस्तो योजना बनाएका थिए । ‘माओवादी सेनाका शिविरहरुमा एमालेलाई समर्थन गर्ने कमाण्डरहरु छन्, उनीहरु एमालेमा आउँदैछन् यो विवरण उनीहरुबाटै प्राप्त भएको हो’ भन्दै प्रधानमन्त्री नेपालले कन्भिन्स गर्न खोजेका थिए । त्यसपछि एमाले समर्थित विश्वस्त पत्रकारहरुलाई बोलाएर सो टिपोट दिइएको थियो । ती पत्रिकाहरुले चाहिँ माओवादीबाटै प्राप्त समाचार भनी बालुवाटारले बाँडेको टिपोटको आधारमा समाचार दिएका थिए ।यो घटनाले नेपाली पत्रकारहरु आफै कसरी दुरुपयोग हुँदा रहेछन्, उनीहरुले कसरी नियोजित रुपमा यस्ता समाचार प्रवाहित गर्दा रहेछन्’ भन्ने कुरा छर्लङ्ग पारेको छ । केही समय यता पत्रकार सुरक्षाका कुरा जोडतोडले उठेका छन् । जव पत्रकारहरु नै यसरी नियोजित रुपमा समाचार छाप्छन्, आफूलाई नियोजित रुपमा प्रयोग गर्न खोजिँदैछ भन्ने जान्दाजान्दै राजनीतिक आग्रह-पूर्वाग्रहबस प्रयोग हुन चाहन्छन् भने आम जनताले उनीहरुलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न उठेको छ ।

2 Responses

  1. Sitaram baral ji
    Its so lucky that our name is same but what did you wrote about the artical its impresed by Maoist so we have to believe that this magazine too conected to maoist or maoist news letter????

  2. यी सबै पैसा कमाउने खेल हो / जहाँ २ ठाउँ बाट हारे को मान्छे प्रधानमन्त्री भएको पनि कहाँ हुन्छा र नेपाल को सबिन्धन मा अयोग्य मान्छे लै प्रधानमन्त्री दिनु भनेको देश लाई गिरिजा ले जस्तै गिराउनु हो / के गर्नु नेपाल को हालत बुरी हालत भयो है / सबै येस्तई छन् नया नेपाल मा /
    पैसा कमाउ माधब कुमार नेपाल जी साएद आउदो समय मा यो न हुन सक्ला / मौका पनि न मिल्ला है /सहि समय लाई सदुपयोग गर्नुस ल/

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: