सेना बोल्यो की पोल्यो, फेरी उही पुरानो व्यथा बल्झियो


तोयानाथ उपेक्षित
          नेपाली सेना शान्ति प्रकि्रयामा किन तगारो बनिरहेको छ ? किन सैनिक जङ्गी अड्डालाई लगाम लगाउने काम हुदैन ? कसको आड भरोसामा सेनाले प्रजातान्त्रिक मुल्य र मान्यता नाघेर अभिव्याक्ति दिन्छ ? के नेपाली सेना छुटटै स्वतन्त्र निकाय हो ? सरकारको एउटा निकायको हैसियत सरकार भन्दा माथि रहन्छ भन्ने कुरा कुनै राजनैतिक शास्त्रका विधार्थीलाई ज्ञान होला ? यदि सेना सरकार भन्दा माथि रहेको अवस्था कही पनि देखिन्छ भने त्यो सैनिक सत्तामा मात्र भन्ने कसलाई थाह नहोलार ? तर नेताहरु नेपालमा प्रजातन्त्र र गणतन्त्रका कुरा गरेर थाकेका छैनन । यस्तो प्रजातन्त्र त शायदै संसारमा होला जहाँ नयाँ संविधान निमार्ण गर्ने उच्च स्तरको प्रजातान्त्रिक विधीको प्रयोग भईरहेको छ, त्यहिको सैनिक शक्ति भने सरकारको नियन्त्रणमा छदैछैन । अझ यसो भनौ लोकतन्त्रको वकवास मुलुकमा व्याप्त छ तर थाह छैन कसैलाई, लोकतन्त्र कहाँ छ ? को सँग छ ? कस्तो छ ? 
देश विखण्डन हुन्छ वा मुलुक बर्बाद हुन्छ भन्ने तर्क गरेर जंङ्गी अड्डा शान्ति प्रकि्रयामा तगारो हुनको मतलव के हो ? यो देशमा नेपालको भविश्य र राजनीती बुझ्ने नेपाली सेनामात्रै हो भन्ने अर्थ राजनैतिक दलहरुले सैनिक अभिव्याक्तिवाट बुझन सकेका छन की छैनन ? बुझेका भए सेनाले वोलेको कुरामा समर्थन जनाएर जान परर्यो र भन्न परयो हामी राजनितीमा बालक नै रहेछौ । सेनाले बोल्ने हरेक कुरामा हाम्रो समर्थन छ, होईन भने आज उचालेर कसैको विरुद्ध खनाएको सैनिक मनोवल भोली आफ्नै विरुद्धमा समेत प्रयोग हुन सक्छ भनि नबुझ्ने अदुरदर्शी दलहरु र नेताबाट केही आशा गर्न नसकिने कुरा निश्चितप्राय छ । माओवादी लडाकुको समायोजन कसरी गर्ने भन्ने कुरा सैदान्तिक रुपमा प्रष्ट छदैछ र अन्तरिम संविधानमा समेत सो कुरा उल्लेख गरिएको छ, यस्तो अवस्थामा सेना दवावको भाषामा किन हैसियत नाघेर वोल्दैछ यो अफैमा रहस्यपूर्ण र माओवादीले भन्दै आएको प्रतिक्रान्तिको सुनियोजित खेल नै त कतै होईन ? शंका गर्न पर्ने देखिन्छ ।
         संविधान सभाको निर्वाचन पश्चात बनेका हरेक सरकारको प्राथामिकता मात्र होईन, नगरिनहुने काम भन्नु नै माओवादी लडाकुको समायोजन र पुन स्थापना तथा नयाँ संविधान निर्माण नै हो तर यो दिशामा िसंकोभाची काम गर्न सरकार सक्षम देखिएको छैन बरु सरकार आफुलाई काम गर्न सजिलो बनाउन सकिन्छ भनेर हो, कसैले सिकाएर सेनालाई प्रत्यक्ष वा परोक्ष प्रयोग गरिरहेको छ । एउटा रहस्यपुर्ण कुरा के छ भने माओवादीका लडाकु र शान्ति प्रकि्रयाका सवालमा केपी शर्मा ओलीले जे बोल्ने गरेका छन त्यो कुरा रक्षामन्त्रि त्यसपछि सैनिक मुख्यालयले बोल्ने गरेको देखिन्छ । केपी शर्मा ओली कांग्रेस नेता गिरिजा प्रसाद कोईराला पछि भारतले बढि विश्वास गरेको र पत्याएको व्याक्ति हो भन्ने कुरा उच्चतहका नेताहरुमा वोध भएकै कुरा हो अनि उनी माओवादीका एक सामान्य कार्यकर्ताले हारेको छटपटीवाट मुक्त हुन सकेका छैनन भन्ने कुरा पनि त्यति नाजायज देखिन्न र उनको व्यवहारले पनि त्यही देखाएको छ । माओवादी नसिद्धयाए आफुहरु नै सिद्धिन सक्ने पुर्वाग्रहले नेपाली राजनीतीमा समस्या पैदागर्दोछ ।
        भरखरै मात्र संयुक्त राष्ट्रसंघका उप महासचिव भारत हुदै नेपाल आएका थिए उनले सरकार वा राजनैतिक दलसँग वातचित गरेपछि पुग्थ्यो तर नेपाली सेनासँग भेट गरे र सोधे । सेनाले माओवादी लडाकुको समायोजन स्वीकार गरेन, यसको मतलव शान्ति प्रकि्रया पुगेको छ कहाँ ? जहिको तही । सेनासँग त्यो अधिकार रहन्छ ? माओवादीले पहिले देखि नै भन्दै आएको छ सेना समायोजन गरिनु पर्छ त्यो पनि सम्मान जनक हैसियतमा, न की आत्मासर्मपणको विधीमा । अत पुन यो मुद्धा उछालिन पुगेको छ । प्रचण्डले नेपाली सेनालाई सहकार्यको निम्ता दिईरहेको अवस्थामा अर्का कटुवालको जन्म भएको छ र यीनको अभिव्याक्तिको जिम्मेवारी वा जवाफ दिने हिम्मत यो सरकारसँग छ कि छैन ? त्यो भने हेर्न वाकी नै छ । यसरी नै अर्का संचारमन्त्रि शंकर पोखरेलले भनेका छन, लडाकुको विवरण विना शान्ति प्रकि्रया अघि बढन सक्दैन । विवरण शन्ति संझौता मुताविक दिन नमिल्ने अन्मिनले बताईरहदा सरकार शान्ति प्रकि्रया भाड्ने र आयु लम्व्याउने खेलमा लागि सकेको प्रष्ट बुझिन्छ । भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण, दुई देशका सेनापतिलाई मानार्थ सेनापतिको सम्मान जस्ता कुराहरु देखि नै पैदा भएको शंका वास्तवमा माओवादी विरुदको गुरुयोजनाका अवयव निर्माण प्रकि्रया थियो भन्ने कुराहरु पछिल्ला घटना क्रमहरुले पुष्टि गर्दै गएको छ । तर विडम्वना यो देशमा प्रधान मन्त्रि छन की छैनन ? उनी हारेको मनस्थितीमा लाचार किन ? उनको जम्वो मन्त्रिमण्डल र सरकारका अङ्गहरु किन छाडा ? यस्तो लाचारीको एउटै कारण हो सत्ता मोह । हारेको वेलामा पाएको सत्ताको मोह जितको वेलाको सत्ता भन्दा प्यारो हुदोरहेछ बरु मुलुक भाडमा जाओस तर सत्ता चाहि नजाओस भन्ने चिन्ताले नै हुन सक्छ यो सरकार आफैमा मियो विनाको दाई भईरहेको छ । भो नेपाली जनताले आश नगरे हुन्छ न यो देशमा शान्ति प्रकि्रयाको नै कुनै भविश्य छ न नेपाल र नेपाली जनताको नै ।

One Response

  1. तोया सर तपाईंले लेखेको राजनितिक सम्बन्धी लेख मेरो लागि साह्रै रोचक लाग्छ ।
    तपाईंको लेख म खोजी खोजी पढ्ने गर्छु र म यस् नेपाल कुवेत डट कम को नियमित
    पाठक पनि हो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: