दादागिरी नदेखाऊ सभासद् बबन सिंह , तिम्रा धम्कीले पत्रकार डराउँदैन


केदार नाथ खरेल, बारा

              विगत केही समय यता नेपालमा पत्रकार भनेपछि देख्नै नहुने भएको छ, “कहीं नभएको जात्रा हाँडी गाउँमा” भने झै सभासद् देखि सुटेरा, लुटेरा सबैलाई पत्रकार आँखाको कसिङगर भएको किन होला ? फाल्गुन २९ आफ्नो बारेमा समाचार लेखेको भन्दै रौतहटका सभासद् बबन सिंहले पत्रकार महासंघ रौतहटका सचिव राजेन्द्र क्षेत्रीलाई शनिबार साँझ ज्यान मार्ने धम्कि दिएका छन् ।  क्रमैसँग श्रृंखलाबद्ध रुपमा पत्रकारहरुको हत्या,   कुटपिट र ज्यान मार्ने धम्किले वास्तवमै देश अराजक अवस्थामा गुज्रीरहेको भान हुँदैछ। यसैलाई भन्छन् विना मियोको दाँइ भनेर। हाल जुन किसिमले दैनिक रुपमा दानविय रुपमा भैरहेको चरम हिंसाले देशलाई अधोगति तिर नधकेल्ला भन्न सकिंदैन। यो अवस्थामा सरकारले तिनिहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै पीडित पक्षलाई दबाउने कोसिस गर्दछन् यसले गर्दा अपराधिहरुलाई झन प्रोत्हसाहन हुन्छ,जसले गर्दा न्यायको तराजु विवश भएर पैसाको मुठो तिर ढल्कन बाध्य हुन्छ र सत्य र न्याय सँधै ओझेलमा पर्छ। 

             पत्रकार महासंघ रौतहटका सचिव राजेन्द्र क्षेत्रीलाई क्राईम एक्सप्रेस दैनिकको शनिबारको अंकमा ‘सभासद बबन सिंहको गाडी प्रहरीको कब्जामा’ शिर्षक समाचार प्रकाशित भएपछि पत्रिकाका प्रकाशकसमेत रहेका क्षेत्रीलाई सभासद सिंहले धम्की दिएको शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए । सभासद सिंहले सार्बजनिक रुपमा माफी नमागे चरण बद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् ।

             शुक्रबार साँझ सदरमुकामस्थित दाल मिल अगाडि रहेको शसस्त्र प्रहरीले चेकजाँचका क्रममा बा ४ प ३९८६ नम्बरको टिभिएस मोटरसाइकल बरामद गरेको थियो। उक्त मोटरसाइकल सशस्त्रले जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बरामद गरेको मोटरसाइकल सभासदको हो या होइन भन्ने अनुसन्धान भइरहेको बताए ।

             आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै सभासद सिंहले अपशब्द प्रयोग गर्दै धम्की दिएको प्रकाशक क्षेत्रीले बताए । प्रहरीले सभासद सिंहको गाडी पक्रेको भनेर सुचना दिएकाले आफूले समाचार प्रकाशित गरेको प्रकाशक क्षेत्रीले बताए । यदि आफ्नो नभए मेरो होइन भनेर सफाई पेश गरे त भैहाल्यो नि, ज्यानै मार्ने धम्कि नै दिनु उचित हो त ? के सभासद् जस्तो जिम्मेदार ओहदा ओगटेको व्यक्तिले गर्ने व्यवहार यस्तै हो त ?देशको भाविश्यको लागि कानून बनाउन भनेर जनमतबाट विजयी भएर गएको व्यक्तिले जनमतको कदरलाई तिलाञ्जली दिंदै नाना-भाँती धम्कि दिनु उपयुक्त होला ? खबरदार सभासद् ज्यु,यसरी आफ्नो पदको दुरुपयोग गर्दै धम्कि नदिनुहोस् “नाँग्लो ठटाएर हात्ती तर्सिदैन”। सावधान। नत्र तिमीलाई भोट दिएर जिताएर अबिर र फूलको माला पहिर्याउने तिनै हातले जुत्ताको माला र कालो मोसो लगाएर गाउँबाट खेद्लान् समयमै  होस पुर्याउनु नै बुद्धिमानी होला।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: