परपुरुषसँग यौनसम्बन्ध राखेको आरोपमा गाउँ निकाला गरे


        

 समाजमा व्याप्त कुरिती र कुसंस्कारको सिकार बन्न वाध्य, विवस   भएकि   नारी हुन ललितादेवी मण्डल।   परपुरुषसँग यौनसम्बन्ध राखेको भन्दै गाउँकै अगुवाले सप्तरीकी विवाहित महिलालाई निर्घात कुटपिट गरी गाउँ निकाला गरेका छन् । देउरी-८ स्वर्ण टोलकी ३० वर्षीया ललितदेवी मण्डललाई स्थानीय युवकसँग यौनसम्बन्ध राखेको आरोपमा पूर्व गाविस अध्यक्ष समेतको समूहले लाठीले कुट्दै कपाल काटेर गाउँबाट निकालेको हो ।

           देउरी गाविसका पूर्वअध्यक्ष सूर्यनारायण साह, स्वर्णटोलका सुरज मण्डल, झोली मण्डल, पहाडी भन्ने बालेश्वर मण्डल, सुरजप्रसाद मुखिया, जुक्ति मण्डलसहितको समूहले मंगलबार घरमै आएर कुटपिट गरेको ललितादेवीले बताइन् । ‘राति शौचालय जान बाहिर निस्केका वेला घरमा आएर जबर्जस्ती ताला लगाए,’ ललितादेवीले भनिन्, ‘गलत आरोप लगाउँदै निर्घात कुटपिट गर्दै निकाले ।’ कुटपिटबाट ललिताको पिठ्युँमा नीलडाम छन् ।

         घरमा ताला लगाएपछि लछार्दै सूर्यनारायणको घरमा लगेको उनले बताइन् । ‘उनको घरमा पुर्‍याएपछि पुनः बेस्सरी कुटे, मेरो कपाल काटिदिए र परपुरुषसँग यौनसम्बन्ध राखेको स्वीकार गर भने,’ ललितादेवीले भनिन्, ‘मैले नमानेपछि गाउँबाट निकालेको घोषणा गरे ।’ 

        गाउँनिकाला भएपछि सोही दिन ललितादेवी पीडकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बोदेबर्साइन पुगेकी थिइन् । ‘तर, मंगलबार प्रहरीले मेरो कुरा सुन्न मानेन, बुधबार आउन भन्यो,’ उनले भनिन्, ‘बुधबार घटना’boutमा जानकारी गराउनुका साथै पीडकमाथि कारबाही गर्न किटानी जाहेरी दिएँ ।’

         किटानी उजुरी दिए पनि प्रहरीले पीडकहरूमाथि कारबाही अघि नबढाएको ललितादेवीको आरोप छ । उनले भनिन्, ‘बुधबार प्रहरीले मेरो घर पुगी ताल्चा फुटायो, तर कसैलाई पक्राउ गरेको छैन ।’ बुधबार राति प्रहरीमा उजुरी गरेको भन्दै आफूलाई ज्यान लिने धम्की दिएको ललितादेवीले बताइन् । ‘प्रहरी गाउँमै बस भन्छ, तर उनीहरू मार्ने धम्की दिन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ ?’ उनको प्रश्न छ  

          ललितादेवीले बिहीबार नै आफूलाई न्याय दिलाइदिन र पीडकहरूमाथि कारबाहीको गर्न पहल गरिदिन एकल महिला समूह राजविराजमा निवेदन दिएकी छिन् । एकल महिला समूह सप्तरीकी अध्यक्ष विमला पराजुलीले ललितादेवीलाई न्याय दिलाउन पहल गर्ने बताइन् ।

        ललिताका श्रीमान् विनोद मण्डल रोजगारीका सिलसिलामा नौ महिनादेखि मलेसियामा छन् । उनको घरमा हाल ७० वर्षिया वृद्ध सासू र दुई नाबालक छोरा छन् 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Advertisements

One Response

  1. विनोद मण्डल ji yadi tapaile yo news hernu bhayo bhane turuntai nepal farkinus.
    Rajesh

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: