एउटा उदण्डता भित्र बाँचेको दासमनोबृतीको सरकार


 तोयानाथ उपेक्षित
               मुलुक सरकार विहिन हो  की ? सरकार मुलुक विहिन हो, केही बुझिनसक्नु भएको छ । सरकारको भित्री नियत र मनशाय सरकारले नभएर सरकारी अङ्गहरुले वोल्ने गर्दछन किन ? लामो समयदेखि संयुक्त राष्ट्रसंघको निगरानीमा शान्ति कायम गर्ने अभ्यास झनझन अधोगतीतिर बढिरहेको छ भने मुलुकको सरकार देशमा पूर्णतया असफल देखिदै गएको छ । प्रधानमन्त्रिय पद्धतीमा प्रधानमन्त्रि भन्दा बढि जिम्मेवार र जवाफदेही अरु मन्त्रिहरु वा सरकारका अंङ्ग वा त्यसमा कार्यरत कर्मचारी हुन सक्दैनन तर उनिहरु आफ्नो औकात र हैसियत भन्दा ठुला कुरा गर्न किन डराउदैनन, डराउन पनि कसरी ? कसैले केही भन्ने, केही गर्ने भए पो गठबन्धन सरकारको वाध्यता आफ्ना ठाउमा हुन्छन तर आफ्नै पार्टीका मन्त्रीहरु समेत छाडा बनेर जताततै बुर्कुसी मारिरहदा वा शान्ति संझैता भाड्न िसंगौरी हानिरहदा पनि चु सम्म बोल्न नसक्ने प्रधान मन्त्रिलाई के भन्ने ? कुनै लाज र शरम नभएपछि नैतिक जवाफ आउने कुरा नै भएन । चुनाव जितेको प्रधानमन्त्रि भए पो, के कसो भन्ने हुन्छ, हारेको मान्छेलाई हारेका मन्त्रिले त पत्याउन्नन झन जितेकाले त टेर्ने कुरा नै आउन्न । विचारा प्रमको नैतिकता देखाउन राजीनामा नै पहिलो कदम हुन्छ जब राजीनामालाई कुकुरले भेटेको हड्डी जस्तो गरेर छाड्दै नछाड्ने संकल्प मनमा पालेपछि कसको के लाग्छर
      मन्त्रिले सिडिओ कुटे पनि कसैललाई शरम लागेन । शान्ति संझैताको ठाडो उन्लंघन हुने पटक पटक अभिव्याक्ति दिने रक्षामंन्त्रीले बोलका कुरा उनका निजी बिचार हुन भनेर झारो टार्दै प्रधानमन्त्रिको कार्यलयले आफ्नो कतव्र्य पुरा भएको ठान्यो जब की यो सरकारको प्रथामिकता शान्ति प्रकि्रयालाई तार्किक निश्र्कषमा पुरयाउने र नयाँ संविधान तोकिएको समयमा जारी गर्ने भनिएको हो तर यी दुवै अनिश्चित र असम्भव प्राय देखिदै जादासम्म सरकार निर्लज्जतापुर्वक अरुलाई आरोप लगाएर आफ्नो लाचारी प्रर्दशन गरिरहेको छ । काठमाण्डौ देखि जनकपुरसम्मका संचारकर्मीहरु मारिए, पत्रकार महासंघ लगायत सवत्र गृहमन्त्रिको राजीनामा मागियो प्रधानमन्त्रि चुईक्क वोलेनन बरु गृहराज्यमन्त्रिले राजीनामा दिएर सरकारको लाज छोप्न कोशिष गर्दा समेत बर्तमान सरकारको नेतृत्वलाई कुनै मतलव भएको पाईएन । कांग्रेस नेतृ सैलजाले सरकार गठनसँगै माधव नेपाल सरकारको विरोध गरिरहेकी भएपनि कांग्रेसले पनि उनको साथ दिएको पाईन्न ।
आजभोली मुलुकको गृहप्रशासन अत्यान्त्यै नाजुक अवस्थामा पुगेको छ । शुरुका दिनमा शान्तिसुरक्षाका सवालमा गृहमन्त्रिले गरेका डंकाहरु सवै हावादारी गफ भन्दा अरु केही होईनरहेछन भन्ने कुरा प्रमाणित भईसकेपनि तीनसय एकको रट लगाएर मुलुकलाई अनिर्णयको बन्दि बनाउने काम भईरहेको छ । जनताले विकल्प सोच्ने वेला भईसकेको छ भने संघियताको विरोध गणतन्त्रको विरोध र राजतन्त्रका पक्षमा प्रतिक्रान्तिका कोशिषहरु शुरु भईसकेका छन जसका लागि यो सरकार जिम्मेवारी लेला र कदम उठाउला भन्ने त कता हो कता बरु तीनका लागि धरातल निर्माण गर्ने कारक र सहयोगी बन्दै गएको छ । सौताको रिसले पोईको काखमा के…… गर्ने भने झै माओवादीलाई सत्तामा आउन नदिन जे गर्न परेपनि तयार भने जस्तो गतिविधीमा कि्रयाशिल शक्तिहरुका कारण दिन दुईगुना रात चौगुना मुलुकको अवस्था चिन्ताजनक बन्दै गएको पाइन्छ । सेनाको गतिविधी होस वा प्रहरी कि्रयाशिलता अपराध रोक्ने तर्फ नभई अपराध गर्ने वा बढाउने दिशामा अग्रसरता देखिनु कस्तो अवस्थाको संकेत हो सवैले मनन गर्नै पर्छ । भरखरै मात्र एउटा दुःखद समाचार आयो एक वालिका सहित तीन गरिब महिलाको गोली हानी हत्या गरियो । बलात्कार गरेर हत्या गरिएको भन्ने समाचार झुठो प्रमाणित गर्न सरकारका सम्पूर्ण निकाय जतिसुकै कोषिसमा लागे पनि सत्य सत्य नै हुन्छ । नेपाली सेनाको उदण्डता तलदेखि माथिसम्म नै थियो छ र हुदैछ । हिजोका कटुवाल हुन या आजका गुरुङ एउटै भाषा वोल्दैछन । हिजो मैना सुनारलाई बलात्कार गर्ने सेना हुन या भरखरै आफै सहकर्मी सुन्तली धामीलाई बलात्कार गर्ने प्रहरी सवै उदण्ड छन जुन शक्तिको आडमा सत्ताको दिर्घायु देख्ने दासमनोबृतीले चलेको लाचारी सरकारबाट जनताले के अपेक्षा गर्ने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: