वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको खर्च-सीमा तोकिने


काठमाडौं, २६ फागुन, सरकारले वैदेशिक रोजागारीमा जाँदा नेपाली कामदारका लागि लाग्ने अधिकतम खर्चको हद खण्डीकरण गरी तोक्ने भएको छ ।सरकारले वैदेशिक रोजगारमा जाने कामदारलाई ठगिनबाट रोक्न यसअघि रहेको एकमुष्ट रकम लिन पाउने व्यवस्था खण्डीकरण गरी विभिन्न शीर्षकमा खर्चको हद तोक्न लागेको हो ।यसअघि समग्रमा बढीमा यति शुल्क लिन पाउने भनी तोकेकोमा अब नयाँ व्यवस्था लागू भएपछि विभिन्न शीर्षकअन्तर्गत खर्च-सीमा तोकिनेछ ।

नयाँ नियमअनुसार निःशुल्क भिसा र टिकट उपलब्ध हुने कम्पनीमा रोजगारीका लागि जाने कामदारले कम शुल्क तिरेर जाने पाउनेछन् । यसैगरी, विभिन्न देशका लागि अन्य शीर्षकमा पनि दर तोकिने हुनाले कामदारबाट व्यवसायीले अनावश्यक रकम असुल्न नपाउने श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐनमा कुनै मुलुक वा कम्पनीका लागि प्रतिकामदार सेवा शुल्क र प्रवर्द्धन खर्चसहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्ने व्यवस्था छ । ऐन कार्यान्वयनमा आएको दुई वर्ष पुगिसक्दा पनि सरकारले अहिलेसम्म यो व्यवस्था लागू गर्न सकेको थिएन ।

पहिलो चरणमा रोजगारीका नयाँ पहिचान गरिएका मुलुकमा कामदार पठाउने कम्पनीलाई यो व्यवस्था लागू गरिनेछ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले खर्चको हद पहिलो चरणमा रोजगारीका लागि नयाँ मुलुकबाट माग ल्याउने कम्पनीलाई लागू गरिने बताए । उनले भने, ‘यो व्यवस्था अन्य रोजगारीका लागि स्वीकृत दिइएका मुलुकमा माग ल्याउने कम्पनीमा पनि बिस्तारै लागू गरिनेछ ।’

सो व्यवस्थाअनुसार कामदार माग ल्याउने कम्पनीहरूले सेवाशुल्क, प्रवर्द्धन खर्च, भिसा शुल्क, टिकट शुल्क र अन्य शीर्षकमा लाग्ने खर्चको विवरण सरकारले तोक्नेछ । अन्य शीर्षकमा स्वास्थ्य खर्च, कल्याणकारी कोष, बिमा र अभिमुखीकरणमा लाग्ने शुल्क सरकारले तोक्नेछ ।

वैदेशिक रोजगार कम्पनीहरूले कामदार पठाउँदा आफूखुसी रकम लिन थालेपछि सरकारले यसलाई व्यवस्थित गर्न खर्चको हद तोक्न लागेको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: