विश्वअर्थतन्त्रमा आर्थिक मन्दीको असर


सरोज अधिकारी

            आर्थिक मन्दीको असरहरूलाई न्यून गर्दै आर्थिक उन्नति हासिल गर्ने दिशामा सन् २००९ मा केही प्रगति देखिएको भए पनि विश्वव्यापीरूपमा छाएको आर्थिक मन्दीलाई चिर्न अझै केही वर्ष लाग्ने अनुमान विश्वका अर्थशास्त्रीहरूले गरेका छन् । आर्थिक मन्दीले प्रमुखरूपमा असर पारेको रोजगारी कटौतीलाई रोक्न विशेषगरी विश्वका आर्थिक महाशक्ति राष्ट्र औद्योगिक उत्पादन बढाउने,आन्तरिक खपतलाई बढावा दिने,उत्पादनमूलक र बढी रोजगारी दिलाइरहेको क्षेत्रलाई आर्थिक सुधारका प्याकेजहरू दिएर जोगाउने, भौतिक पूर्वाधार निर्माणमा ठूलो सरकारी धनराशि खर्च गर्दै पूर्वाधार विकास गर्ने र नयाँ रोजगारी सिर्जना गर्नेजस्ता रणनीतिमा लागेको पाइन्छ । तथापि उनीहरूलाई रोजगारीको गिर्दो क्रमलाई जोगाउने निकै हम्मेहम्मे परेको अवस्था छ । विश्वको प्रमुख आर्थिक महाशक्तिका रूपमा रहँदै आएको अमेरिकामा २६ वर्ष यताकै ठूलो बेरोजगारीको अवस्था सिर्जना भएर करिब १० प्रतिशतमा पुगेकोले त्यसबाट राहत पाउन निकै प्रयास भइरहेको छ । विश्वमा धेरै निर्यात गर्ने राष्ट्र चीनको निर्यात विश्वका अन्य राष्ट्रहरूको मागमा भर पर्छ तर त्यसमा कमी देखिएकोले चिनियाँ अर्थतन्त्रमा पनि निकै ठूलो असर पुगेको अवस्था छ । जसले गर्दा ठूलो जनसङ्ख्या भएको चीनमा पनि रोजगारी कटौती निकै भएको छ । यद्यपि चीनले आˆनो उत्पादनलाई बढावा दिए पनि त्यसको निर्यातमा कमी आएकोले आˆनै मुलुकभित्रको आन्तरिक मागलाई बढावा दिएर भए पनि उत्पादन नघटाउने र रोजगारी कटौती पनि कम गर्ने रणनीति लिएको अवस्था छ ।

          भारतले पनि आन्तरिक उपभोगलाई बढाएर अर्थतन्त्र सकारात्मक दिशातर्फ डोर्‍याउने प्रयास जारी राखेको भए पनि भारतीय अर्थतन्त्र ठूलो मात्रामा विदेशी लगानीसमेत भएकोले सो मुलुकको विश्वमा निकै बोलवाला रहेको क्षेत्र सूचना प्रविधिका क्षेत्रहरू प्रभावित बनेको, विश्वका विभिन्न मुलुकका कम्पनीहरूका लागि सस्तो गर्दै आएको आउटसोर्सिङ्गको कामहरूमा कटौती गर्नु परेको अवस्था कायमै छ । त्यसैगरी यूएईको दुबई बल्डजस्तो संस्थाको महìवाकाङ्क्षी योजना डुब्नाले ५९ अर्ब अमेरिकी डलरको ऋणमा फस्नाले यूएईमा काम गर्ने भारतलगायत दक्षिण एसियाकै घेरै कामदारको रोजगारी गुम्ने अवस्थामा छ ।

           नेपालको अर्थतन्त्रमा पनि रेमिट्यान्सको मात्र निकै बढ्दै गएको सन्दर्भमा यस क्षेत्रको योगदान निकै रहँदै आएको भए पनि गत वर्ष करिब ६७ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्षको पहिलो तीन महिनामा भने बढोत्तरीमा सङ्कुचन देखिएको र करिब ११ प्रतिशतको मात्र बढत कायम गर्न सफल भएको अवस्था छ तर कृषि प्रधान मुलुक भएको नाताले कृषिको क्षेत्रमा भने सम्भावनाहरू बढ्दै गएको देखिएको छ जसले विदेशमा मात्रै राम्रो आम्दानी हुन्छ भन्ने नेपाली युवाहरूको मानसिकतामा परिवर्तन आएर नेपालमै पनि तरकारी, फलफूल, माछापालनजस्ता थुप्रै क्षेत्रमा

          सम्भावनाको खोजी भइरहेको पाइएको छ । अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्समा आधारित रहेको भारतमा समेत विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रेमिट्यान्समा कमी आएको समस्याहरू भोग्नु परेको देखिएको छ । भारतको अर्थतन्त्रको ठूलो हिस्सा कृषिमा निर्भर रहेको र त्यस क्षेत्रमा विश्व आर्थिक मन्दीको असर खासै नपरेकोले भारतीय अर्थतन्त्रलाई विश्व आर्थिक मन्दीले खासै नकारात्मक प्रभाव पार्न सकेन र विश्व आर्थिक मन्दीको समयमा पनि भारतको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने अनुमान गरिएको छ ।

           विश्व आर्थिक मन्दीले गर्दा संसारभर धेरै मुलुकमा रोजगारी कटौती गर्नुपर्ने बाध्यताले गर्दा विश्वको एक स्थानबाट अर्को स्थानमा हवाइमार्गबाट काममा जाने यात्री र पर्यटकको रूपमा घुम्ने यात्रीहरूको सङ्ख्यमा करिब तीन प्रतिशतको कमी आएको तथ्याङ्कहरूले देखाएको छ । त्यस्तै, विश्वका होटल र पर्यटनसँग सम्बन्धित अन्य क्षेत्रमा समेत नकारात्मक प्रभाव देखिने क्रम जारी छ ।

          मन्दीको समयमा हवाइयात्राबाट काममा जानेको सङ्ख्यामा कमी र पर्यटकको रूपमा विश्व भ्रमणमा निष्कनेका सङ्ख्यामा कमी आएको तथ्याङ्कहरूले देखाएको भए पनि विभिन्न मुलुकको आन्तरिक उडानहरूमा भने खासै असर परेको देखिएको छैन । मन्दीको हवाइयात्राको क्षेत्रमा देखिएको असरले सन् २००९ सम्ममा निकै नकारात्मक प्रभाव पारेको देखिएको छ तापनि सन् २०१० को सुरुआतदेखि नै विमान कम्पनीहरूको नाफा बढ्ने अनुमान गरिएको छ ।

          त्यस्तै, नेपालको अर्थतन्त्रमा वैदेशिक लगानीको हिस्सा न्यून रहेकाले विश्व आर्थिक मन्दीको धेरै असरहरू नदेखिएको भए पनि घट्दो रेमिट्यान्स र पर्यटन क्षेत्रमा समेत असर देखिएको छ । विश्व आर्थिक मन्दीले गर्दा सन् २००९ मा नेपाल आउने पर्यटकको सङ्ख्यामा खासै सुधार आउने सङ्केत तथ्याङ्कहरूले देखाएको छैन तर विश्व परिवेशलाई बुझेर विश्वमा देखिएको जलवायु परिवर्तनले नेपाली हिमाली क्षेत्रमा देखिएको असरहरूको मुद्दा अन्तर्राष्ट्रियरूपमा नै उठान गर्नका लागि मन्त्रिपरिषद्को बैठकसमेत कालापत्थरमा बस्नुले विश्वमा नेपालको हिमालको अवलोकनप्रति निकै आकर्षण बढाएको छ । त्यसैगरी विश्व आर्थिक मन्दीको असर कम हुँदै गएको सन्दर्भमा नेपाली हिमशृङ्खलाको अवस्थाप्रति विश्वको बढ्दो चासो र चिन्ताले अध्ययनकै लागि भए पनि नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१० मा बढ्ने निश्चित छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: