यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले, कहिले


शुभद्रा खरेल, बारा-डुमरवाना-७, आदर्शनगर

                 मैले घरको  धन्दा सिध्याउँदा रातको दश बजेको थियो, कामको थकाइले छिट्टै   मस्त निद्रामा परेछु । एकोहोरो फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचो्टि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ,यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो-भाउजु  दाईलाई फोन दिनुन भनेर सर्लाहीबाट कान्छा देवरको फोन आयो,वहाँ पल्लो कोठामा केही लेखा-पढीमा व्यस्त हुनुहुन्थ्यो । मैले वहाँलाई बोलाएर फोन दिएँ । पक्कै केही अप्रिय घटना भइरहेछ जस्तो लागेर म वहाँले कुरा गर्दै गरेको हेरिरहेँ । उहाँले फोनमा ‘हेलो’ भनेको बाहेक अरू कुरा बोलेको सुनिनँ । उहाँको हात त लगलग काम्न थाल्यो भने आँखाबाट आँसु र्झन थाल्यो। मलाई आश्चर्य लागेर ‘हजुर कसको फोन ?’ भनी सोधेँ । वहाँका ओठहरू बोलिरहेका छन् तर बाहिर आवाजले चाहिँ उहाँलाई साथ दिएको छैन । फोनको रिसिभर यत्तिकै छोडेर हड्बडाउँदै मलाई आएर घम्लङ्ग अँगालो हालेर रुन थाल्नुभयो। म पनि कुरै नबुझी आत्तिएर रुन थालेँ । ‘हजुर के भयो ?किन यसो गर्नुभएको ? किन फोन गरेको रहेछ ?’ वहाँ त झन् डाँको छोडेर रुन पो थाल्नु भयो । हामी दुईजनाको रुवाइ र कराइले घरका सबै जना उठेर बैठकमा जम्मा भइसक्नु भएको थियो । आमाबुबाले आश्चर्य र त्रासपूर्ण स्वरमा सोध्नु भयो ‘कान्छा के भयो ?’ बूढा बुबाआमा भर्खर मात्र महिली छोरीको मृत्यु भएकाले त्यस घटनाबाट बाहिर निस्कन सक्नु भएको थिएन । फेरि अर्को बीभत्स घटना सुनाउन कान्छो छोरालाई निकै गाह्रो परेको थियो तर पनि यथार्थ लुकाउन मिल्ने पनि त थिएन ।

             माहिली छोरी अचानक विमारी भएर मृत्यु भएको केही दिनमै साइलो अंकलको एउटै छोरा थियो यस संसारबाट बिदा लिएको कुरा कसरी व्यक्त गर्ने, वहाँलाई साह्रै गाह्रो पर्‍यो तर पनि वहाँले आफूलाई सम्हाल्नु अति आवश्यक थियो । आफ्नो मनलाई दह्रो बनाएर फेरि फोनकै रिसिभर समाउन पुग्नु भयो। कामेको हात,त्रासदीपूर्ण अनुहार बत्तीको उज्यालोले प्रस्टै देखाउँथ्यो । भटाभट फोन नम्बरहरू थिच्न थाल्नु भयो । पहिला नजिकका छिमेकी दाइहरूलाई फोन गर्नुभयो अनि आफन्तलाई फोनमा मात्र ‘दाइ छिटो आउनुहोस् न’ भन्दै फोन थपक्क राख्दै अर्को नम्बर थिच्दै गरेको बुढा बाबु, आमा अनि मैले टुलुटुलु हेरी मात्र रहेका छौं ।

           रातको  पैने एघार  बज्न लागेको थियो, पृथ्वी मस्त निन्द्रामा निदाइरहेको थियो । मात्र कुकुर, झ्याउँकीरीको आवाज एकोहोरो सुनिइरहेको बेलामा वल्लो, पल्लो र तल्लो घरका छिमेकी र इष्टमित्र आत्तिदै एकैचोटि जस्तो हाम्रो घरभित्र प्रवेश गरे । ‘केदार के भयो हँ ?” सबैको एउटै प्रश्न एकचोटि खस्न पुग्छ । चुपचाप लागेर सन्नाटालाई चिर्दै वहाँ रुन थाल्नु हुन्छ । ‘हामी बर्बाद भयौँ । हाम्रो सर्वस्व लुटियो ।’ आएका पाहुनाहरू छक्क पर्दै उहाँलाई सम्झाउने पाराले मायालु हातले सुम्सुम्याउन थाल्नु भयो । रामहरिदाइले भन्नुभयो “के भएको हो कान्छा ?” प्रस्ट भन त बा तिमीले मुख नखोले के भयो भनेर हामीले कसरी थाहा पाउने ? ।” वहाँ रामहरिदाइको आड पाएर झन् रुन थाल्नुभयो र आफूलाई सम्हाल्दै भन्नुभयो,साइलो अंकलको छोराले पनि अब हामीलाई छोडेर गयो रे ……….दाइ ‘त्यति कुरा सुनेपछि मेरा त आँखाले संसार नै घुमेजस्तो देख्यो अनि म डङ्रङ्ग ढलेँछु । भोलिपल्ट ब्यूझिंदा त घरभरि मानिसको गल्याङ्ग मल्याङ्ग आवाज सुन्छु । के ?किन ?विस्तारै आँखा उठाएर हेरेको त बाहिर तुलसीको मोठमा पिताम्बरले ढाकेर सुताइरहेको मानिस अनि उतापट्ट बेहोस भएर लडिरहेका सासूससुरा । भगवान् ममाथि किन यति धेरै कठोर भएका होलान् । कुनै त्यस्तो अरूप्रति अनादर र अनास्था त कहिल्यै गरेको थाहा थिएन भन्दै म अलाप विलाप गर्न थाल्छु ।  धेरैबेर रोएपछि मैले आफ्नो मनलाई आफैं बुझाउन थालेँ । के गर्नु ? दैवले हानेपछि केही लाग्दैन भन्थे । साँच्चै रहेछ । ती बूढा भएका सासूससुराले आफ्नो किरिया गर्ने बेलामा छोरोको किरिया कसरी गरेर बस्ने? मानिसलाई एउटा मात्र घटनाबाट त कति आहत हुन्छ । उहाँहरूको त दुई महिनाको बीचमा दुईवटा घटना घटेको हेर्नु परेकोछ । एउटी छोरी र एउटा भतिजोको मृत्यु भएको हेरेर बाँच्नु पर्दा उहाँहरूको मन कस्तो हुँदो होला भन्ने लागेर म त उहाँहरू बेहोस भएर सुताइरहेको ठाउँमा गएर पानी छम्काई उहाँहरूलाई होसमा ल्याउने प्रयत्न गर्न थालेँ । मलाई हेरेर उपस्थित सबै आफन्तजन मुखामुख गरिरहेका थिए । म चाहिँ सासूससुरालाई निरन्तर पानी छम्किरहेकी थिएँ ।

6 Responses

  1. what kind of writing is this? plz don’t give space for such cheap article. if you publish such article, your online new portal is just like your house newspaper. Ki yo patrika sampaadak ko khaja khane charcha garne patrika ta haina? plz yesto third grade ko article nikalne ho bhane, we will not read your news. Your patrikaa will be murdaabaad.

  2. millinons of people died in the world and everybody has story for the death. u want to give place for every death in your news? what a joke? yesto pani literature hunchha? yesto third grade ko writing ta i have never seen and never read in my life before. yesto third grade ko news nikalne editors n reporters ko grade pani sarai jhur ra sarai third classs hune kura kunai shankaa chhaina, plz carry out edition before u put here. Otherwise, you and your family members only read your news, no one will read this news portal. timro ghar ko patrika ho yo?

  3. शुभद्रा जि ले लिनु भएको बिसएबस्तु एथार्त होला, उहाँलाइ गहिरो पिडा पनि होला तर पनि यस्ता घटना हरु कुनैन कुनै रुपमा सबै माथि बित्छ नै, सिर्शक अनुसार बिसय सान्दर्भिक् होला तर उहाँले आफु र घटना सँग सम्बन्धित बाहेक अरुले पनि उहाँको पोस्ट पढ्ने कुरा उहाँले शायद ख्याल गर्नुभएन होला। प्रकिर्ती चित्रन र घटना सँग ताल्मेल गराउने कोशीस गर्नु भये शायद तपाईंले येस् किसिमका कमेण्ठरुको सामना गर्नुनपर्ला ।

  4. sabi and anapkoirala ji tapai haruko comment le malai sahi margadarshan garchha.dhannyabad chha tapai haru lai ra good artical ko aasha gari rahane chhu tapai haru ko pani.bye

  5. जसले चार लाइन कमेन्ट लेख्दा चालीस ठाँउ भन्दा ज्यादा अशुद्ध लेख्छ भने उहि व्यक्ति अरुको गल्ति देखाउँन थाल्छ भने यस्तालाई के भन्छन् भने आफ्नो टाउकामा हात्ती हिंडेको नदेख्ने अरुको टाउकोमा जुम्रा हिंडेको देख्ने भन्दछन् बुझ्नु भो महाशय Sabi & Anapkoirala ji.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: