सबै विधवाले भत्ता पाउने


२७ फागुन, काठमाडौं । सर्बोच्च अदालतले सबै विधवालाई भत्ताको व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको छ । जटिल सामाजिक स्थिति र रुढीवादी संस्कारलाई बिचार गरी ६० वर्षमुनिका विधवाले पनि विशेष भत्ता पाउने मापदण्ड निर्धारण गर्न सर्बोच्च अदालतले बुधबार सरकारका नाममा आदेश जारी गरेको हो । पतिको पेन्सनबाट विधवाले पाउने रकम, विधवाको नाममा भएको सम्पत्ति, आयस्रोतजस्ता विविध पक्षलाई दृष्टिगत गरी निर्देशिका बनाउनसमेत आदेश दिइएको छ । सबोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी र गिरिशचन्द्र लालको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, स्थानीय विकास, महिला बालबालिका, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका नाममा यस्तो आदेश दिएको हो । सरकारले ६० वर्षमाथिका विधवालाई मात्र मासिक पाँच सय रुपैयाँ विशेष भत्ता दिँदै आएको छ । विधवालाई दिइने सुविधामा उमेरको हद तोकेर हद तोकेर विभेद गरिएको बताउँदै गत वर्ष अधिवक्ता कविता पाँडे, महिलाअधिकारकर्मी लिली थापालगायतले रिट निवेदन दायर गरेका थिए ।

One Response

  1. This is good and right way to pay them who is widow below 60 years.They are all should havedecide to pay normal Rs.2000.monthly neither give them good job to yong widow.Somebody already they have kids also.But this also better then before…thank you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: