बयान प्यालेसमा नेपाली राजदुतको कुवेती राजकुमारसँग भेटवार्ता


तोयानाथ उपेक्षित
        

             कुवेतका लागि नेपाली राजदुत मधुवन प्रसाद पौडेलले आज बयान प्यालेसमा यहाँका राजकुमार शेख नवाफ अल अहमद अलसवाहसँग भेटवार्ता गर्नु भएको छ । दुतावासद्वार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कुवेती राजकुमारद्वारा चासोपुर्वक नेपालको राजनैतिक र आर्थिक अवस्थाको ’boutमा जानकारी लिनुभएको थियो । सो अवसरमा नेपालको उन्नती र विकाशका लागि सहयोग गर्न कुवेत सधै तत्पर रहेको कुरा समेत राज कुमारद्वारा ब्यक्त गरिएको बिज्ञप्तिमा जनाईएको छ । भेटका अवसरमा नेपाल र कुवेती सरकार बीच निकट भविश्यमा उच्च स्तरिय भेटघाट र भ्रमण गर्ने सम्वन्धमा समेत कुरा भएको बताईन्छ।

 राजदुत पौडेलले सो उच्च स्तरिय भेटका अवसरमा कुवेत सरकारद्वारा नेपाली दुतावास स्थापनार्थ गरेको सहयोग बापत नेपाल सरकारका तर्फवाट हार्दिकता पुर्वक धन्यवाद ज्ञापन गर्नु भएको थियो । विज्ञप्तिमा भनिएको छ नेपालको उच्च प्राथाकितामा कुवेतसँगको सम्बन्ध विकास गर्ने योजना रहेको र कुवेती जनताको पर्यटकीय यात्रालाई नेपालमा सहज र आर्कषक बनाईने भएको कुरा समेत शेख नवाफसँगको भेटमा राजदुत पौडेलले सुनाउनु भएको थियो । यसैगरी राजदुत पौडेलले शेख समक्ष नेपालमा उच्च दक्षता भएका तथा अर्ध दक्ष कामदारहरु प्रसस्त रहेको बताउदै कुवेत सरकारले चाहेमा उपलब्ध गराईने विषयमा कुरा राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्मरण रहोस राजदुत पौडेलले मार्च ४ तारिकका दिन मात्रै कुवेतका प्रधानमन्त्री शेख नासेर अल-अहमद अलसवाहसँग पनि सी-प्यालेसमा उच्च स्तरिय भेटवार्ता गर्नुभएको थियो ।
       यता आजै मात्र कुवेतवाट प्रकासित राष्टिय दैनिक कुवेत टाईम्समा नेपाली दुतावासको गतिविधी र प्रवासी नेपालीको समस्यालाई लिएर सो पत्रिकाकी स्तम्भकार मुना अल फौजीले नेपाली दुतावास माथि तिखो प्रहार गरेकी छन् । कुवेतमा नेपालीहरु र उल्झनका कुरा शिर्षक दिएको उनको लेखमा भनिएको छ नेपालीहरु लामो समयदेखि विभिन्न खालका समस्यामा गुज्रीररहेको भएपनि दुतावासले त्यतातिर ध्यान दिन नसकेको भन्दै दुतावासको आलोचना गरेकी छन र भनेकी छन आफना नागरिकका समस्याहल गर्न ध्यान दिईयोस । सोही लेखमा लेखिका फौजीले कुवेतका केही संवेदनशिल क्षेत्रमा नेपाली सुरक्षा गार्ड ल्याईने हल्ला सत्य भए त्यो निर्णय उपयुक्त नहुने भनि घुमाउरो पाराले कडा आपत्ति ब्यक्त गरेकी छन । उनी भन्छिन जुन काम विदेशीले गर्न सक्छन त्यो काम कुवेतीले नै किन नगर्ने ? वेरोजगार कुवेती प्रसस्त छन यसर्थ यो कुरा धेरै कुवेतीलाई स्वीकार्य हुने छैन, मुना लेख्छिन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: