राजनीतिक खेलाडी गिरिजा बाबुलाई दिल्ली लैजाने तयारी!


स्वास्थ्यमा नियमित समस्या देखिन थालेपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ । चिकित्सकहरुसँग मंगलबार साँझ परामर्शपछि परिवारका सदस्यहरु सो निष्कर्षमा पुगेका हुन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुसँग बुधवार बिहान थप परामर्शपछि कोइरालालाई दिल्ली लैजाने मितिबारे टुंगो गरिनेछ । कोइरालाको उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताललाई मंगलबार साँझ फ्याक्समार्फत जानकारी गराइसकिएको छ । टाढा लाने अवस्था छैन कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले राजधानीसँग भने डाक्टरहरुको परामर्शपछि भोलि बिहान टुंगो लाग्नेछ ।
पारिवारिक जमघटमा बुधबार बिहान ११ बजे उपचारका लागि कोइरालालाई दिल्ली लैजाने र छोरी सुजातालाई उतै बोलाउने कुराकानी भएको थियो । परराष्ट्रमन्त्रीका रुपमा सुजाता मानवअधिकारसम्बन्धी सम्मेलनमा भाग लिन जेनेभा पुगेकी छन् । कोइराला लामो समयदेखि स्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित छन् । क्रोनिक ब्रोङकाइटिस रोगबाट पीडित कोइरालाको फोक्सोमा पानी जमेका कारण पटक-पटक स्वासप्रश्वासमा समस्या देखिएको छ । उपचारमा संलग्न चिकित्सक डा। जगदीश अग्रवालले पछिल्लो समयमा कोइरालामा शारीरिक कमजोरीसमेत बढ्दै गएको बताए । अग्रवालका अनुसार उनलाई लगभग २४सै घन्टा अक्सिजन दिएर राख्नुपरेको छ । कोइरालालाई थप उपचारार्थ कहाँ लाने भन्ने विषयमा परिवारका सदस्यले टुंगो लगाउने जानकारी अग्रवालले दिए । उपचारमा संलग्न सबै चिकित्सकबीच मंगलबार साँझ सामूहिक छलफल हुन नसकेपछि बुधबार बिहान त्यसबारे निर्णय लिने बताइएको छ । कोइरालाको उपचारमा अग्रवालका अतिरिक्त मनबहादुर केसी र अर्जुन कार्की संलग्न छन् भने सिङ्गापुरबाट आएका डा.लान ली पनि तीन सातादेखि काठमाडौंमै छन् । कोइरालाको गत कात्तिकमा सिङ्गापुर ग्लेनिगल्स अस्पतालमा दुई साता लामो उपचार भएको थियो । फर्केपछि उनी महाराजगन्जस्थित निवासबाट बाहिर निस्केका छैनन् । २४ पुसमा आफ्नो नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएयता सकि्रय बनेका कोइराला अघिल्लो बिहीबारदेखि पुनः अस्वस्थ बनेका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: