नयाँ नेपाल क्लबका सदस्य श्री स्वर्गीय याम बहादुर रेशमी मगरको शब नेपाल जादै


     १० मार्च कुवेत, नयाँ नेपाल क्लबका सदस्य श्री स्वर्गीय याम बहादुर रेशमी मगरको शब आज साँझ १०:३५ बजे स्थानिय समयमा  Qatar  airways बाट नेपाल जादै छ ।  आज बिहान नयाँ नेपाल क्लबका प्रतिनिधि रन बहादुर रसैली, नब राज पराजुली,  दिल बहादुर पुन, आइता लिम्बू , उहाँको भाई नेत्र बहादुर रेशमी लगाएत उहाँका  आफन्तहरू कुवेतको सबाह हस्पिटलमा गएर उहाको शब लाई सफा गरि बॉक्स मा पेकिंग  गरियको हो  ।  ०३ फेब्रुअरी २०१० को दिन कुवेतको आदन हस्पिटलमा वहाँको निधन भएको थियो ।   सम्पूर्ण कुवेत बासी नेपाली दाजू भाई दीदी बहिनीहरुले वहाँ को परिवारको लागि चंदा संकलन गरि सहयोग गरि दिनु भएकोमा नयाँ  नेपाल क्लब कुवेतको तर्फ बात धन्यवाद ,

             साथै नेपाली दुताबास साउदी अरबियाको राजादूत लगाएत दूताबासका कर्मचारीहरूले वहाँको पेपर बनाउनुको लागि सकृय भएर सक्दो सहयोग गरीदिनु भएको मा नयाँ नेपाल क्लब कुवेतको तर्फ बाट मुरी मुरी धन्यबाद , साथै नेपाल कुवेत डट  कम का परिवारले वहाँको खबर संसार भरी फ़ैलाइदिनु भएको मा पनि नयाँ नेपाल क्लब कुवेतको तर्फ बाट नेपालकुवेत डट  कम  परिवार लाई धन्यबाद दिन चाह्न्छौ ।  नयाँ नेपाल क्लब कुवेतको सदस्य पदमा रहेर हाम्रो क्लब लाई ठुलो योगदान दिएर हामी बाट अलग हुनु भयो । सम्पूर्ण कुवेत बासी नेपाली दाजू भाई दीदी बहिनीहरू लाई यो जानकारी गराऊछौ कि तपाईहरूको सहयोग ले गर्दा कुवेतमा यो पहिलो रिकॉर्ड कायम भएको छ ।वहाँको कंपनी र हामी कुवेत बासी नेपाली  दाजूभाई दीदीबहिनी मा संकलन भएको पैसा लगभग नेपाली ५ लाखको हाराहारीमा पुगेको छ ।  संकलन भएको पैसा नयाँ नेपाल क्लब कुवेत र उहाँ कम्पनीको पहलमा मृतकको परिवारलाई नेपाल पठाउने योजना भएको छ ।   संकलन भएको पैसा नेपाल पठाई सके पछि जून जून संघ सस्था या  कम्पनीहरू बाट चंदा संकलन भएको छ ।  सो कम्पनी या संघ सस्थाहरू लाई पैसा पठाएको जानकारी गराई एक एक प्रतिलिपि नयाँ नेपाल क्लब कुवेत ले उपलब्ध गराउने छ । वहाँ को आत्मा सन्तुष्ती लाई प्रथाना गरौ । 

धन्यबाद 

नयाँ नेपाल क्लब कुवेत 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: