राष्ट्रिय स्वाभिमानको एजेन्डा समर्थन गर्न सेनालाई प्रचन्डको आग्रह


दश बर्षको सशस्त्र युद्ध र जनआन्दोलनका उपलब्धिहरु संस्थागत हुनेमा आशंका व्यक्त गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले तोकिएको मितिभित्र संविधान बन्न नदिए खुला रुपमा जनविद्रोह गर्ने उद्घोष गरेका छन् । उनले पार्टीले गर्ने जनविद्रोह नै अन्तिम विद्रोह हुने दाबी पनि गरेका छन्। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पार्टीसम्बद्ध महिला संगठनद्वारा सोमबार राजधानीमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले भने नेपाली जनताका वैरीहरुलाई समाप्त पार्न पनि जनविद्रोह आवश्यक बनिसकेको छ जनविद्रोह हाम्रा लागि खुला चुनौती हो ।

१४ जेठभित्र संविधान नबन्ने स्थिति आए आफैं संविधान निर्माण गर्ने चेतावनी पनि उनले दिए । उनले संविधान निर्माण र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन पार्टीद्वारा सन्चालित तीनमहिने अभियानमा सक्रिय रुपमा लाग्न कार्यकर्तालाई आह्वान समेत गरे । आगामी तीन महिनामा ठूलाठूला प्रतिक्रान्तिकारी खतरा उत्पन्न हुने सम्भावना पनि देखिन्छ प्रतिक्रान्ति रोक्न पनि आउँदो तीन महिना सबै नेता-कार्यकर्ता सक्रिय रुपमा लाग्नुपर्छु माओवादी अध्यक्षले भने । नयाँ संविधान निर्माण गर्न र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने अन्यथा संविधान नबन्ने प्रचण्डको कथन थियो । उनले सो कार्यक्रममा विगतमा झैं नेपाली सेनाको आलोचना गरेनन् बरु सेनाकै पक्षमा अभिव्यक्ति दिए । नेपाली सेनालाई भड्काउन खोजिएको भन्दै आक्रोश पोखेका प्रचण्डले नेपाली सेनाको संरचना ध्वस्त पार्ने र सेनालाई कमजोर पार्ने आफ्नो पार्टीको कुनै मनसाय नभएको अभिव्यक्ति दिए । उनले आफुले भन्दै आएको राष्ट्रिय स्वाभिमानको एजेन्डा समर्थन गर्न सेनालाई आग्रहसमेत गरे । नेपाली सेना जनताको परिवर्तनको आकांक्षालाई आत्मसात् गर्न लाग्यो राजतन्त्र बचाउनतिर सेना लाग्नु गणतन्त्र स्थापनामा सेनाले सहयोग गरेको आशय व्यक्त गर्दै प्रचण्डले भने । राजतन्त्र बचाउनतिर नलाग्ने सेनाले अब कांग्रेस र एमालेलाई समेत बचाउन नलाग्ने भन्दै प्रचण्डले व्यंग्य गरे । शक्तिखोरमा जनविद्रोहका लागि लडाकूहरुलाई दिएको निर्देशनसम्बन्धी राजधानी दैनिकमा प्रकाशित समाचार झूटो भएको बताउँदै प्रचण्डले माओवादी नेताहरुविरुद्ध प्रचारबाजी सुरु भएको आरोप लगाए । तर जनविद्रोह गर्ने अभिव्यक्तिको भने उनले खण्डन गरेनन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: