बिहे नगरी दरबारमा सुसारे बसेका महिलाको विजोग


             चौबीसै घन्टा राजारानीको सेवामा खटिनुपर्ने भएकोले बिहे नगर्ने सर्तमा मात्रै सुसारे राखिन्थे, त्रिभुवनकी रानी सरलाका सुसारे पनि जिन्दगीभर अविवाहित बसे, तर सरलाको मृत्युपछि उनीहरूको बिचल्ली भएको छ पूर्वराजा ज्ञानेन्द्रकी जिजुआमा र त्रिभुवनकी भित्रिया सरला मानन्धरको मृत्युपछि उनका सुसारेको विजोग भएको छ । रानीको सुसारे भएपछि बिहेसमेत गर्न नपाइने नियमअनुसार अविवाहित बसेका महिलासँग अहिले न परिवार छ न जागिर नै । ९ फागुनमा सरलाको मृत्यु भएपछि उनका नौजना सुसारे यता न उता भएका छन् । तीमध्ये ६ महिला र तीन पुरुष छन् । राजप्रासाद सेवाको नियमअनुसार सुसारे महिला अविवाहित छन् । उनीहरू २२ वर्षदेखि ८० वर्षसम्मका छन् । राजसंस्था हुँदा उनीहरूलाई चौबीसै घन्टा ‘मौसुफ’को सेवामा खटिनुपर्ने भएकोले बिहे गर्न दिइएन । राजसंस्था गएपछि ठूला कर्मचारीलाई निजामती सेवामा स्थानान्तरण गरियो भने सुसारेको बिचल्ली भएको छ । राजसंस्था विघटन भएपछि राजप्रासाद सेवाका सबै ठूला कर्मचारी निजामती सेवामा स्थानान्तरण भएका हुन् ।

 तर, सरला र रत्नको स्याहार-सुसार गर्ने कर्मचारी मात्र सरकारी कर्मचारीमा रूपान्तरित भएनन् । सरलाका अविवाहित महिला कर्मचारीमा काठमाडौं फुटुङकी २२ वर्षीया नानी कमला खड्का, काठमाडौं रामकोटकी ३६ वर्षीया धिता घले, काठमाडौं चाबहिलकी ६० वर्षीया द्वारे राधा तामाङ र ७० वर्षीया बज्यै जानकी ढकाल छन् । यसैगरी सिन्धुपाल्चोककी ६० वर्षीया बज्यै सुभद्रा पौडेल र काठमाडौं नैकापकी ८० वषर्ीया बज्यै प्रभावती रेग्मीका लागि पनि सरकारले कुनै व्यवस्था गरेको छैन । पुरुष कर्मचारीमा खरिदार दिलीप तन्डुकार, कोते जंगबहादुर गुरुङ र डोले मानबहादुर तामाङ छन् । सरला ज्युँदो छँदै आफ्ना कर्मचारीको भविष्य सुरक्षाका लागि प्रयास गरेकी थिइन् । सरलाको सल्लाहअनुसार कर्मचारीहरूले प्रधानमन्त्रीको कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा निवेदन पनि दर्ता गराएका थिए । तर, कुनै सुनुवाइ भएन । राजसंस्था हटे पनि सरकारले ज्ञानेन्द्रकी आमा रत्न र हजुरआमा सरलालाई भने नारायणहिटीभित्रै बस्न दिएको थियो । रत्न नारायणहिटी दरबारको महिन्द्र मञ्जिलमा बस्छिन् भने सरला बम्बैचोकमा बस्दै आएकी थिइन् । प्यागोडा शैलीको नारायणहिटी दरबार बन्नुअघि बम्बैचोक राणाकालीन नारायणहिटीको एक अंश थियो । यो भवन जयनेपाल सिनेमाको उत्तरतिर पर्छ । सरलाको निधनपछि बम्बैचोक सरकारको मातहतमा आएको छ । कर्मचारीका लागि कार्यालय जाने ठाउँ पनि छैन ।

२२ देखि ८० वर्षसम्मका महिला कर्मचारी अब के गर्ने भन्नेमा अन्योलमा छन् । सरकारले ठूलालाई जागिर दिएर सुसारेलाई बेवास्ता गरेकोमा दरबारका पूर्वकर्मचारी पनि आश्चर्यमा परेका छन् । ‘त्यत्रो वर्ष दरबारमा सरलाको स्याहार-सुसार गरेका कर्मचारीलाई सरकारले जागिर दिनुपर्छ,’ राजा त्रिभुवनकी कान्छी श्रीमती ईश्वरीको दरबारमा काम गरेकी नमिता श्रेष्ठ भन्छिन् । दरबारको सेवामा बिहे गर्नसमेत नपाएका सानातिना कर्मचारीलाई नयाँ व्यवस्थाले पनि हेर्नुपर्ने उनको भनाइ छ । ‘दरबारको नियम नै त्यस्तो हुन्थ्यो । त्यहाँ काम गर्दासम्म बिहे गर्न पाइँदैनथ्यो । बिहे नगरेर आजीवन सेवा गरेका कर्मचारीलाई मानवीय नाताले पनि सरकारले हेर्नुपर्छ,’ श्रेष्ठ भन्छिन् । त्यसो त सरला ज्युँदै छँदा पनि ती कर्मचारीको तलब निकै कम थियो । राजा ज्ञानेन्द्रको परिवारले महिनाको करिब पाँच करोड तलब बुझ्दा पनि सुसारेको तलब जम्मा दुईदेखि दुई हजार पाँच सय मात्र थियो । सबैभन्दा बढी तलब खरिदार दिलीप तन्डुकारले बुझ्थे । उनको तलब तीन हजार आठ सय मात्र थियो, तर उनलाई रासनको व्यवस्था थिएन । सरला त्रिभुवनकी सबैभन्दा प्यारी रानी थिइन् । उनी कर्मचारीको रूपमा दरबारमा भित्रिएकी थिइन् तर निकै राम्री भएकीले त्रिभुवनले उनलाई भित्रिया बनाएका थिए ।

९२ वर्षको उमेरमा यही ९ फागुनमा उनको निधन भएको थियो । मानन्धर भएको कारण सरलाको निधनमा पूर्वराजपरिवारले पाँच दिन मात्र जुठो बारेको दरबार स्रोतको भनाइ छ । पैसा तिर्न नसकेकै कारण सरलाको ४४२२९५६ नम्बरको फोन लाइन करिब तीन महिनाअघि काटिएको थियो ।

One Response

  1. म सुनिता कंडेल (वर्ष २४, घरस् भण्डारा १ चितवन) करिब १ महिना देखि BLOOD CANCER रोगले ग्रस्त भई मेरो हाल भारत को राजधानिदिल्लीमा रहेको Rajib Gandhi cancer Institute And Research Centre मा डा. दिनेश भुरानी (Dinesh Bhurani) द्धारा उपचार भइरहेको र उपचारको लागि करिब भारु १५ लाख ( ३३ हजार डलर) जति खर्च लाग्ने र मेरो आर्थिक स्थिति नाजुक भएकोले तपाईहरुले तलका अमेरिका तथा नेपालमा रहेका बैंक खातामा र paypal बाट सकेको सहयोग गरी मेरो जीवन बचाइदिनुहुन हार्दिक अपिल गर्दछु।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: