बाँकेमा देखियो बर्डफ्लु


             बाँके, (नेस), बाँकेमा बर्डफ्लुको संक्रमण देखिएको छ। जिल्लाका आधा दर्जनभन्दा बढी गाविसमा धमाधम कुखुरा मर्न थालेपछि फत्तेपुर, नेपालगन्ज नगरपालिका र कोहलपुरको चप्परगौडीबाट पठाएको नमुनामा बर्डफ्लुको संक्रमण देखिएको हो। फत्तेपुर-९ छटकपुरमा सेतु विकको निगरानीमा रहेको सहकारीमार्फ सञ्चालित पोल्ट्रीफार्ममा २ सय ५५, नेपालगन्ज फुल्टेक्राका राजविक्रम शाहको फार्ममा २५ वटा र कोहलपुर-४ चप्परगौडीका नन्दलाल चौधरीको घरमा पालिएका दुई दर्जनभन्दा बढी कुखुरा मरेपछि त्यहाँबाट नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो। माघ २३ गते संकलन गरेर पठाइएको नमुनामा एच१एन९ पुष्टि भएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा. पुष्पप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। यसअघि पोखरा र झापामा एच५एन१ देखिएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: